• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्तो छ, युक्रेन विरुद्ध रूसले प्रयोग गरिरहेको आत्मघाती ड्रोन

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७९, शनिबार १०:००
  • १७६५

    वीरगंज । पछिल्लो समय रुसले युक्रेनविरुद्ध आत्मघाती ड्रोनमार्फत आक्रमण गरिरहेको छ । यो आक्रमणमा २५ भन्दा बढी व्यक्तिको निधन भइसकेको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।अक्टोबर १० मा रुसले सुरु गरेको यो ड्रोन आक्रमणमा युक्रेनका कम्तीमा १० क्षेत्र प्रभावित भएका छन् । विस्फोटक पदार्थले भरिएको कामिकाजे भनिएको यो ड्रोनलाई इरानले ‘शहिद १३६’ नाम दिएको छ ।

    के हो शहिद १३६ कामिकाजे ड्रोन ?

    कामिकाजे एउटा जापानी शब्द हो, जसको अर्थ आत्मघाती भन्ने हुन्छ । कामिकाजे भनिएको यो ड्रोनलाई इरानले ‘शहिद’ नाम दिएको छ भने रुसमा यसलाई ‘गेरानियम-२’ भनेर चिनिन्छ । यही शहिदको सिरिजमध्ये हाल रुसले प्रयोग गरिरहेको सिरिज शहिद १३६ ड्रोन हो ।यो इरानी ड्रोन अन्य ड्रोनभन्दा निकै भिन्न छ । अरु ड्रोन आक्रमणपछि फर्किएर आउँछ, तर यो ड्रोन फर्किएर आउँदैन । अर्थात् यो ड्रोन आक्रमण गरेको स्थानमा नै विस्फोट हुन्छ । त्यसैले पनि यो ड्रोनलाई आत्मघाती ड्रोन भनिएको हो ।आक्रमणकारीले यी ड्रोनहरूलाई लक्षित स्थानमा विष्फाेट गराउनुभन्दा अगाडि त्यो स्थानमा रेकी लगाउनका लागि पठाउन पनि सक्छ । यसपछि आफ्नो लक्ष्यको हेक्का राखी उक्त स्थानमा ड्रोन आक्रमण गरिन्छ ।क्रूज मिसाइलहरू जस्तै, यो ड्रोनले पनि सयौं किलोमिटर टाढाका लक्ष्यहरूमा प्रहार गर्न सक्छन् । क्रूज मिसाइलले जस्तै काम गर्ने हुँदा महँगो क्रुज मिसाइलको विकल्पको रुपमा पनि यो ड्रोन प्रयोग गर्न सकिन्छ । यो ड्रोन सस्तो भएपनि यसको निशाना भने निकै नै सटिक हुनेगर्छ । रुसले करिब २४ सय ओटा ड्रोन खरिद गरेको बताइएको छ ।

    यो ड्रोनले कति क्षति गर्न सक्छ ?

    यो ड्रोन झट्ट हेर्दा कुनै प्लेनजस्तै देखिन्छ । यसको टाउकोपट्टिको भाग रकेट जस्तै छ भने त्यसपछिको सम्पूर्ण भाग कुनै पखेटाजस्तै देखिन्छ, जसलाई विङ्स्पान पनि भनेर भनिन्छ र जुन २.५ मिटर लामो छ । सोही पखेटामुनि विष्फाेटक पदार्थहरू राखिएको हुन्छ ।यसको अधिकतम गति ११५ मिटर प्रति घण्टा हो भने यो ड्रोन २५०० किलोमिटरसम्म उड्न सक्छ । साथै यो ड्रोनलाई कुनै पनि रडारले ट्रयाक गर्न सक्दैन ।यो ड्रोनलाई आक्रमणको लागि निर्देशन नदिएसम्म लक्ष्यको वरपर घुमिरहन्छ । तुलनात्मक रूपमा सानो भएपनि शहिद ड्रोनहरू मिसाइलहरू बोक्न सक्षम छन् र यसले लगभग ५० किलोग्राम सम्मको मिसाइलहरू बोक्नसक्छ ।यसको अर्थ हो, यो ड्रोन निकै नै घातक हुनसक्छ र यसले ठूलो क्षति निम्त्याउन सक्छ । फलस्वरुप यो ड्रोनले युक्रेनमा धेरै क्षति पुर्‍याइसकेको छ ।

    कुनै पनि युद्धमा सबैभन्दा धेरै आवश्यकता भनेको लक्षित स्थानमा आक्रमण गर्न सक्ने हतियारको हुन्छ । लक्षित स्थानमा नै आक्रमण गर्नको लागि कहिलेकाही मानिस आफै पनि असफल हुनसक्छ । यस्तोमा यो ड्रोन निकै नै उपयोगी हुने विज्ञहरूको भनाई छ ।किनभने यो ड्रोनको लक्ष्य निकै नै सटिक हुन्छ । यसको अर्को विशेषता भनेको यसले लक्षित स्थानको अनुगमन गरेर कहाँनिर आक्रमण गर्ने भन्ने पनि पत्ता लगाउन सक्छ । यो ड्रोन आक्रमणले सर्वसाधारणलाई ठूलो असर पार्न सक्छ ।यसले गर्दा अन्तर्राष्ट्रिय रेड क्रसले पनि यो ड्रोनको प्रयोगको भर्त्सना गरिसकेको छ । यो प्रकारको आक्रमणले मानसिक र मनोवैज्ञानिक हानिका साथै जीवनलाई खतरामा पार्ने चोटहरू निम्त्याउने अन्तर्राष्ट्रिय रेड क्रसले अभिव्यक्ति दिएको थियो ।एउटा-एउटा गरेर भन्दा एउटा झुण्डमा गरिएको आक्रमणले कुनै ठूलो मिसाइल जत्तिकै क्षति पुर्‍याउन सक्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अनुसार एउटा शहिद ड्रोनको मूल्य २०,००० डलर सम्म पर्न जान्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑