वीरगंज । नेपाली कांग्रेसका उपसपभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जा–२ का कांग्रेस उमेदवार गुरुङ निर्वाचन प्रचारको क्रममा शुक्रबार दुर्घटनामा परेका हुन् ।
समाजिक सञ्जाल ट्विटरमार्फत उनले कालिगण्डकी–६ बाट फर्कने क्रममा गल्याङ बटुवामा दुर्घटनामा परेको जानकारी दिएका छन् ।
“सामन्य दुर्घटना !,” गुरुङले ट्विटरमा लेखेका छन्, “कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना ! हामी सबै सुरक्षित छौँ,” उनले लेखेका छन् ।