• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पद बढुवा भए पनि तलब नबढेपछि प्रहरीमा असन्तुष्टि, तलबी प्रतिवेदन पारित भएन

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७९, शुक्रबार १८:२७
  • १४९३

    वीरगंज । नेपाल प्रहरीमा तल्लो तहमा थपिएका तीन नयाँ दर्जामा सेवा सुविधामा विभेद भएपछि असन्तुष्टि बढेको छ । प्रहरीमा तल्लो दर्जामा १० वर्षभन्दा लामो समयसम्म पनि एकै दर्जामा बस्दा मनोबल र कार्यसम्पादनमा समेत असर परेको भन्दै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई गरी तीन पद सिर्जना गरिएको थियो । तर, सो पद अनुसारको तलब सुविधा कायम नभएपछि असन्तुष्टि बढेको हो । प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको हो । मन्त्रिपरिषद्ले प्रहरी नियमावली ०७१ लाई संशोधन गरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित भएको थियो ।सोही आधारमा गत चैतबाट तल्लो तहमा एक तह बढुवा प्रक्रिया सुरु भएको थियो । संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा भएको थियो । प्रर्याप्त अध्ययन र योजनाबिनै तह बढुवा अगाडि बढाइएको प्रहरी कर्मचारीहरूको गुनासो छ । तत्कालीन आईजीपी शैलेस थापा क्षेत्रीको कार्यकालमा यो व्यवस्था लागु भएको हो ।

    तलब र ग्रेड मिलान नहुँदा तलबी प्रतिवेदनसमेत पारित हुन सकेको छैन । यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । एक साताअघि गरिएको पत्राचारमा प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक हवल्दार र प्रथम स्तरदेखि पाचौँ स्तरसम्मका प्रहरी कार्यालय सहयोगीको गत आर्थिक वर्षका लागि तलब स्केल र ग्रेड रकम नतोकिएकाले किताबखानाबाट कार्य सम्पादन गर्न कानुनी कठिनाई परेको उल्लेख छ । बाह्रखरीलाई प्राप्त पत्रमा भनिएको छ, “०७९ साउन १ गतेभन्दा अगाडि बढुवा भई अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको हालसम्म उपदान रकम किटान तथा निवृत्तिभरण अधिकारपत्र जारी गर्न सकिएको छैन ।” राष्ट्रिय किताबखानाकी उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईद्वारा हस्ताक्षरित पत्रमा गत आर्थिक वर्ष तलव स्केल नतोकिएको र चालु आर्थिक वर्षदेखी तलब वृद्धि भएकाले चालु आवको लागि ७७ जिल्लामै सो पदहरूको अघिल्लो आर्थिक वर्षको खाईपाई आएको ग्रेड संख्या र तलब उल्लेख गर्न नसकिएकोले तलबी प्रतिवेदनसमेत पारित गर्न नसकिएको उल्लेख छ ।

    प्रहरीभित्रै विस्तृत अध्ययन र कार्ययोजना बिना हतारमा लोकप्रियताका लागि तह बढुवा गरिएको आवाज उठ्दै आएको छ । प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको थियो । सो आधारमा सइबाट वरिष्ठ सईमा १ हजार ४१८ जना, हवल्दारबाट वरिष्ठ हवल्दारमा ३ हजार ७४८ र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा अवसर पाएका थिए ।तर, सेवा सुविधा भने वरिष्ठभन्दा कनिष्ठकै बढी छ । हाल सईले ४२ हजार ६१३ रुपैयाँ प्राप्त गर्दछन् भने वरिष्ठ सईले ४० हजार ९०० रुपैयाँ प्राप्त गर्दै आएका छन् । बढुवा भएका सबै पदमा यो समस्या छ ।तह बढुवापछि निरास नभई थप उत्साह छाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राई दाबशी गर्छन् । उनले माथिल्लो दर्जाको सेवा सुविधा तल्लो दर्जाभन्दा कम नभएको दाबीसमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑