• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा ठोरीवासीको पिडा : १ सय ५० परिवारका लागि एउटा मात्रै धारा

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७९, शुक्रबार १२:००
  • १६६१

    वीरगंज । पर्सामा एउटा यस्तो गाँउ छ जहाँ १ सय ५० घरधुरीका लागि खानेपानीको जोहो गर्ने एउटा मात्रै धारा छ । त्यही धारोमा पनि साँझ ५ देखि ६ बजेसम्म एक घण्टा मात्र पानी आउँछ । त्यसैले सबै घरधुरीले धीत मर्ने गरी पिउने पानी समेत संकलन गर्न पाउँदैनन् । अन्य गाउँमा जस्तो बटुवाले पानी माग्दा वा घरमा आउने पाहुनालाई सहजै पानी दिन स्थानीय सक्दैनन् । आफैंलाई पानी नपुग्ने अवस्थामा बाँचिरहेका छन् ठोरी गाउँपालिका–३ ब्रह्मानगर टोलवासी । टोलमा रहेको एउटा समरसेवल पम्प चलाएर गाउँलेले खानेपानीको जोहो गर्छन्  । स्थानीय ४५ वर्षीय भरत श्रेष्ठले आफूले बाल्यकालदेखि नै यो पीडा भोग्दै आएको बताए ।

    ‘चार वर्षअघिसम्म टोलमा रहेको एउटा पम्पको मोटर २ घण्टाका लागि चलाइन्थ्यो, अहिले मोटर जल्ने डरले स्थानीयको सहमतिमै १ घण्टा मात्र चलाइन्छ,’ उनले भने, ‘१ सय ५० घरधुरीले यो पम्पबाट १ घण्टामा कति पिउने पानी संकलन गर्न सक्छन् होला ?’पम्पको व्यवस्थापन र सञ्चालन स्थानीयले आफ्नै साधनस्रोत जुटाएर गर्दै आएका छन् । उनले आफूहरूले वर्षौंदेखि टोलको खानेपानीको समस्या समाधान गर्न विभिन्न दलका नेताहरूलाई आग्रह गर्दै आए पनि पूरा नभएको गुनासो गरे । ‘नेताहरू फेरि भोट माग्न हाम्रो घरदैलो धाउन थालेका छन्,’ उनले भने, ‘हामीले एक स्वरमा पहिला टोलको खानेपानीको समस्या समाधान गर्नुस् अनि भोट माग्न आउनुस् वा जितेपछि अविलम्ब समस्या समाधानको प्रतिबद्धता जनाउनुस् भनी उम्मेदवारहरूलाई सचेत पारिरहेका छौं ।’

    अर्का स्थानीय भरत विश्वकर्माले टोलमा १ सय ५० मिटर तलसम्म चापाकलको पाइप गाड्दा पनि पानी नआउने समस्या रहेको बताए । ‘यहाँको भौगोलिक बनोटको कारण सम्भवतः जमिनमुनि पानीको सतह निकै तल हुनुपर्छ,’ उनले भने, ‘अब हामी उधारो भोट दिँदैनौं, खानेपानीको समस्या समाधान गर्ने गतिलो प्रतिबद्धता उम्मेदवारबाट चाहन्छौं ।’ पिउने पानीका लागि पम्पको धारामा आश्रित रहे पनि आफूहरूको नुहाउने, लुगा धुनेलगायत दैनिकीदेखि वस्तुभाउलाई खुवाउने पानीका लागि अझै पनि कुलोकै भर पर्नुपरेको विश्वकर्मा बताउँछन्  । ‘ओडार खोलाबाट ल्याएको कुलोको पानीमै पूर्ण निर्भर छौं,’ उनले भने, ‘त्यही कुलोको पानी पनि वर्षायाममा धमिलो हुने, वन्यजन्तुले फोहोर पार्ने समस्या छ ।’ खानेपानीको समस्या समाधान गर्न टोलमा कम्तीमा आधा दर्जन यस्ता पम्प जडान भइदिए राहत हुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑