• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतबाट वीरगन्जमा माछाको तस्करी बढेपछि वीरगन्जका व्यपारी समस्यामा

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७९, शुक्रबार ११:४५
  • १८६५

    वीरगंज । भारतबाट वीरगन्ज लगायत अन्य नाकाहरुबाट माछाको तस्करी बढेकाले यहाका माछा व्यपारी समस्यामा परेका छन् । भन्सार विभागको तथ्याङले पछिल्ला केहि महिना यता बैध रुपमा माछाको आयात घटेको देखिन्छ । तर व्यपारीहरु भने भन्सार विभागको तथ्याङकमा माछाको आयात घटेको देखिएपनि तस्करी भने बढेको दाबी गर्छन् । जसका कारण भारतबाट वैध रुपमा माछा आयात गरि कारोबार गर्नेहरु मर्कामा परेको गुनासो उनिहरुको छ । बिना भन्सार र बिना क्वारेन्टाइन गरि भारतबाट चोरी पैठारी गरी माछा भारी परिमाणमा माछा भित्रिन थालेपछि आफुहरुलाई बैध कारोबार गर्न कठिन भएको माछा आयातकर्ताहरु बताउछन् । तस्करी गरि ल्याइएका माछाले बजार अगोटेपछि यसले वैध रुपमा (भन्सार तिरेर र क्वारेन्टाइन गरेर ) माछा आयात गर्ने व्यपारीहरु समस्यामा परेका हुन् । भन्सार विभागको तथ्याङक अनुसार , हरेक वर्ष माछा आयातको परिमाण बढ्दो रुपमा रहे पनि चालु आर्थिक वर्षका पछिल्लो दुइ महिना ( साउन र भदौं ) मा निक्कै घटेको छ ।तस्करी गरेर ल्यायएका माछाका कारण , वैध रुपमा माछाको आयात गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमाको पछिल्लो दुइ महिनामा ७० प्रतिशतले घटेको छ ।

    बजारमा माछाको व्यपार र सेवन गर्ने उपभोक्ताको संख्या नघटेपनि पछिल्लो दुइ महिनामा गत आर्थिक वर्षको तुलनामा वैध रुपमा माछाको आयात ३०.११ प्रतिशतमा खुम्चिएको छ । यहि तथ्याङकले नै अहिले भारतबाट ७० प्रतिशत माछा अवैध रुपमा आयात भइरहेको पुष्टि हुने वीरगन्जका माछा आयातकर्ता विपिन साहको जिकिर छ । साह भन्छन्,‘ नेपालमा पछिल्ला केहि बर्ष यता माछाको सेवन बढेकाले बजार पनि बढेको छ , यसले आयात बढ्नु पर्ने हो,तर बढ्नुको सट्टा आयात त झन घटेको भन्सार विभागकै तथ्याङकले देखाएको छ , यसको मतलब तस्करी बढेको पुष्टि हुन्छ । तस्करी मार्फत त्रियायएका माछाका कारण वैध रुपमा कारोबार गर्ने व्यपारीहरु मारमा परेको उनि बताउछन् । गत आर्थिक वर्ष २०७८/०७९ नेपालमा भारतबाट १ हजार ६ सय ९३.७२ मेट्रिक टन विभिन्न प्रजातिका माछा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो तथ्याङकले गत आर्थिक वर्षको हरेक महिना औसतमा १ सय ४१ मेट्रिक टन माछा आयात भएको देखिन्छ । तर चालु आर्थिक वर्षको पहिलो दुइ महिनामा गरि कूल ८४ मेट्रिक टन माछा आयात भएको छ । यो भनेको महिनाको ४२.५१ मेट्रिक टन मात्र हो ।चालु आर्थिक वर्षको पहिलो दुइ महिना माछाको आयात गत आर्थिक वर्षको तुलनामा ६९.८९ प्रतिशतले ह्वातै घटेको तथ्यांकले नै देखाएको छ ।

    गत साउन यता आचानक नेपालमा बिना भन्सार र बिना क्वारेन्टाइन भित्र्याइएका माछाले बजारमा कब्जा जमाएको गुनासो साहको छ । यसका साथै तस्करी मार्फत स्वास्थ्यका लागि हानीकारक माछाहरु ठूलो परिमाणमा भारतबाट नेपाल आयात भइरहेको माछा व्यपारीहरु बताउछन् । स्वास्थ्यको लागि घातक मानिने फर्मालिन युुक्त माछा भारतबाट दैनिक ५० टन भन्दा बढी नेपाल भित्रिने गरेको नेपाल मत्स्य व्यवासायी संघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारी बताउछन् । तस्करी मार्फत क्वारेन्टाइन परिक्षण बिना भित्रिने माछाहरु स्वास्थ्यका लागि हानीकारक पनि हुने गरेको माछा विज्ञहरु बताउछन् । माछालाई लामो समय सम्म सद्दे राख्न केमिकल प्रयोग गरिन्छ । त्यस्ता केमिकल स्वास्थ्यका लागि हानीकारक हुने गरेको वीरगन्जको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनाराण सिंह बताउछन् । सिंह भन्छन्,‘ खासगरि भारतको सामुन्द्रिक क्षेत्रबाट आउने माछाहरुलाई लामो समय सम्म आलो राख्न विभिन्न किसिमका केमिकल माछा प्याक गरिएको बरफ सहितको बाक्सामा राखेको पाइन्छ , त्यो केमिकल माछाको भित्रिभाग सम्म पनि छिरेको हुन्छ जुन स्वास्थ्यका लागि हानीकारक हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑