वीरगंज। डेंगु संक्रमणका कारण अस्वस्थ भएपछि घरमै आराम गरीरहेका पर्सा क्षेत्र नम्बर १ का बागी उम्मेदवार अजय द्विवेदी घरदैलोमा निस्किएका छन् । वीहिवार वीरगञ्जका विभिन्न स्थानमा गएर द्विवेदीले मतदातासँग भेटघाटमा निस्किएका छन्। नेपाली कांग्रेसका नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति उनको साथमा देखिएको छ ।
आजको एक दिनकै जनताको उत्सा देखेर बिपक्क्षीमा रहेको प्रदिप यादवको होसला नै टुटेको छ। मदेश लाइ बेचने र सहादत प्राप्त गरेका मधेसीको लास माथिनै राजनीतिक गर्ने नेता यादव लाइ जनताले योपली पकै बताउनेछ्न भने बताउनु भयो बागी उम्मेदवार अजय द्विवेदी। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३, २१, ३० र ३२ ( परवानीपुर, चोर्नी, लालपर्सा, जगरनाथपुर, मनियारी र राधेमाई पिपरा लगायतका स्थानका मतदातासँग भेटघाट गर्ने क्रममा उनीसँग नेपाली कांग्रेसकी नेतृ एवम् उनकी श्रीमती डा. सुष्मा तिवारी, नेपाली कांग्रेसका नेता शमशुल हवारी, अर्विन्द गुप्ता, जुहार मियाँ,महेश्वर लाल महतो लगायत नेपाली कांग्रेसका धेरै जसो नेता कार्यकर्ताको भब्य उपस्थिती देखिएको छ ।
कांग्रेसी नेता कार्यकर्ता संगै स्थानीयकोपनि बाक्लो उपस्थिती देखिएको छ । नेपाली कांग्रेसका केहि नेता कार्यकर्ताले नाम गोप्य राखने सर्तमा भने ”पार्टीले गठबन्धनका उम्मेदवार बाहेक अरुलाई मतदान नगर्न ह्विप जारी गरेको कारणमात्र हामि बाहिर आउदैनौ तर अजय द्विवेदी बाहेक कुनै अर्को नेता लाइ भोट दिदैनौ। मधेशको नाम बेचुआहरु जुन पार्टीलाइ गाली गर्यो तेही पार्टी लाइ आज समर्थन गर्दा लाजे न लाग्ने नेता लाई बहिस्कार गर्ने छौं। पार्टीमा मात्र कुर्सिको खेल हुदै छ भने र बताए। झण्डै ४ दशकदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका द्विवेदीले स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएका हुन। उनको उमेदवारीले प्रदिप यादवको हार निस्चित हुन् भएको नेपाली कांग्रेसका नेता कार्यकर्ताले बताएका छन।