• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजनीतिमा इमानको सौदाबाजी

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार १३:०४
  • १५३७

    वीरगंज । मंसिर ४ मा निर्धारित प्रतिनिधि/प्रदेशसभाको निर्वाचनका लागि उम्मेवारीका सन्दर्भमा केही नाटकीय परिदृश्यहरू देखिए। जब राजनीतिमा मूल्य, निष्ठा र त्यागको अवसान हुन्छ। तब समाजमा सत्तास्वार्थ, दाउपेच र महत्त्वाकांक्षाले शिर उठाउँछ। सत्ताभोगी र सत्ताकांक्षी पात्रहरूको व्यवहारले प्रवृत्तिको आकार ग्रहण गर्छ। त्यो राजनीतिक संस्कृतिकै रूपमा विकास हुन्छ। अहिलेको परिदृश्यले संसदीय राजनीतिमा पदको सौदाबाजीलाई अरू बढी महत्त्व दिएको छ। यसले दलीय राजनीतिमा देखिँदै आएको चरम् सत्तामोहलाई प्रोत्साहित मात्रै गरेको छैन। राजनीतिक आचरण, सिद्धान्त र निष्ठाको विषयलाई झनै पेचिलो बनाइदिएको छ।यो परिघटना नेपाली राजनीतिमा सबैभन्दा बलियो शक्तिको रूपमा रहेको नेकपा (एमाले) लाई कमजोर बनाउन केही वर्ष अघिदेखि चालिएको नियोजित योजनाहरूको पट्टाक्षेप हो। यी प्रत्येक घटनाहरू एकअर्कासँग प्रत्यक्ष, अप्रत्यक्ष जोडिन्छन्। तसर्थ, यिनीहरूलाई अलगअलग ढंगले नबुझी एमालेविरुद्धको सिलसिलाबद्ध आक्रमणको रूपमा लिइनु उपयुक्त हुन्छ। एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएको भन्दै पार्टी परित्यागको घोषणा गरे। त्यस घटनालाई केहीले नेताहरूको सत्तामोह र शक्ति आर्जनको चाहनालाई जोडेर व्याख्या गरेका छन्। विचारक हुन् वा चिन्तक वा ज्ञाता नै किन नहुन्, केहीले यस घटनाप्रति कटाक्ष गर्दै सत्ताभोगका निम्ति आफ्ना राजनीतिक आदर्श र मूल्यहरूको सहजै अवमूल्यन गर्न सक्छन् भने उदाहरणको रूपमा लिए। केहीले चाहिँ अवसर प्रदान गर्ने कुरामा पार्टी नेतृत्व पूर्वाग्रही रहेको र राजनीतिक अस्थित्वको रक्षाका निम्ति पार्टी परित्याग गर्नु सही रहेको भन्ने तर्क गरेको पाइयो। कसैले चाहिँ उनलाई एमालेलाई कमजोर बनाउनका निम्ति प्रयोग भएका एक पात्र हुन्। टिकटको विषय त देखाउने फगत् बहाना मात्रै थियो समेत भनेका छन्।

    उनको पार्टी परित्यागको विषयलाई लिएर गरिएका अरू विश्लेषण त सामान्य नै देखिन्छन्। तर यदि उनलाई एमाले सक्ने हतियारका रूपमा निश्चित मिसनअन्तर्गत कसैले योजनाबद्ध प्रयोग गरेको हो भने त्यो चाहिँ उनको दशकौंको राजनीतिक जीवनमा उनीमाथि आइपरेको गम्भीर संकट हो। यस विषयप्रति उनी स्वयं प्रष्ट हुनु त पर्ने नै छ,। त्यससँगै उनले सार्वजनिक रूपमा जवाफ नदिई उम्कने छुट हुन्न। सत्य के हो भन्ने त समयक्रमसँगै खुल्दै जाला । जे होस्, उनको एमाले परित्यागपछि स्वतन्त्र भनिए पनि सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बन्ने विषयसँग जोडेर राजनीतिक वृत्तमा पक्ष विपक्षमा अनेकौ तर्कहरू उठ्नु अस्वाभाविक होइन। यद्यपि घनश्याम भुसालजस्तो एमालेको हस्तीले चुनाव लड्ने अवसर प्राप्त नहुँदैमा पार्टी जीवनको संकटपूर्ण र विशिष्ट क्षणमा सामान्य विषयमा कसरी पार्टी परित्याग गर्ने कठोर निर्णय गर्न पुगे भन्ने विषयले अवश्यै मुलुकको राजनीतिमा धेरथोर महत्त्व राख्ला। तसर्थ, आम जनमानसमा उनको राजनीतिक निर्णयका सम्बन्धमा व्यक्त भएका दृष्टिकोणहरू सही वा गलत के हुन् भन्ने छुट्ट्याउनु अगाडि उनको विगतको राजनीतिक जीवनमा फर्कनु उचित हुन्छ।घनश्याम भुसाल नेपाली वामपन्थी आन्दोलनका वैचारिक व्यक्तित्व र माक्र्सवादका व्याख्याता मानिन्छन्। उनी नेकपा (माले) निकट विद्यार्थी संगठनको महासचिवबाट पार्टी राजनीतिमा उदाएका हुन्। मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा (माले), सन् १९७८ र मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) सन् १९८७ बीचको एकतापश्चात् सन् १९९१ मा गठन भएको नेकपा (एमाले) को भुसाल संस्थापकमध्ये एक रहे। वामपन्थी आन्दोलनमा बौद्धिक र भौतिक हिसाबले उल्लेखनीय योगदान गरेका र तुलनात्मक रूपमा युवा पंक्तिले रुचाएका पात्र हुन्। पार्टी राजनीतिमा भने सधैंजसो विद्रोही नेताको भूमिकामा रहँदै आएका छन्। उनका प्रायजसो राजनीतिक वैचारिक दृष्टिकोणहरू पार्टीको संस्थापन निर्णयविपरीत खेमामा देखिन्छन्। एमालेले साढे चार दशकको पार्टी जीवनमा आन्तरिक र बाह्य दुवै हिसाबले थुप्रै चुनौतीहरूको सामना गर्दै आएको छ। पार्टी एकताको एक दशक पनि नबित्दै वि.सं. २०५४ मा वामदेव गौतम र सीपी मैनालीहरूको नेतृत्वमा एमाले विभाजन गरी नेकपा (माले) गठन गरे। पार्टी फुटाउने वामदेवहरूको कदममा घनश्याम भुसालले पूर्णत साथ दिएका थिए। नेकपा (माले) ले प्रतिनिधिसभामा एक सिट पनि जित हासिल गर्न नसकेपछि फुटको औचित्य पुष्टि हुन सकेन। बरु माओवादी युद्धप्रति बढी नरम रहेकोले उसलाई ‘भूमिगत नभएको माओवादी’ को आरोप लाग्यो। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित अल्पमतको सरकारले संसदीय व्यवस्थाको इतिहासमै विकास र सामाजिक सुरक्षाका लोकप्रिय कार्यक्रमहरू लागू गरेपश्चात् स्थापित पार्टीको छविमाथि वामदेवहरूको फुटपरस्त प्रवृत्तिले संसद्को प्रमुख शक्ति हुनबाट एमालेलाई धक्का पुग्यो। तर नेतृत्वको पार्टी विभाजन गर्ने कदमलाई रोक्न पहल गर्नुको बदला त्यसको पक्षमा स्पष्ट रूपमा भुसाल उभिएका थिए।

    एमालेको आठौं महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनालको बीचमा भएको प्रतिस्पर्धाताका प्रधानमन्त्री प्रचण्ड थिए। झलनाथ खनाललाई निर्वाचनमा जिताएरै छाड्ने लक्ष्य अनुरूप सत्ताशक्तिको ठूलो दुरुपयोग भएको भन्ने बारे जानकारी नराख्ने कमै होलान्। त्यसबेला माले गठन गर्दाताकाका सबै शक्ति र माधव नेपालसमेतको समर्थनमा केपी ओलीलाई हराइएको थियो। उक्त महाधिवेशनमा घनश्याम भुसाल झलनाथ खनालकै पछि उभिनुले उनी पार्टीमा केपी ओलीलाई मूल नेतृत्व मान्न तयार देखिँदैनथे भन्ने बुझ्न कठिन छैन। त्यससँगै भुसालले मदन भण्डारीले विकास गरेको र नेकपा एमालेको पाँचौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यक्रमको रूपमा स्वीकार गरेको जनताको बहुदलीय जनवादलाई सधैंजसो आलोचना गर्दै आए। तर जबजको रक्षा, विकास र व्याख्या गर्ने सम्बन्धमा पार्टी महासचिव शंकर पोखरेल सतिशाल झैं उभिए।यसरी पार्टीको मार्गदर्शन सिद्धान्त बन्ने क्रममा रहेको वा बनिसकेको र पार्टीको राजनीतिक पुँजीमाथि निरन्तर आलोचना गर्ने जिम्मेवारी भने भुसालले नै बहन गर्दै आए। पार्टीका प्रायः आन्तरिक बैठकहरूमा भुसालले काउन्टर प्रस्ताव लैजाने गरेको विषयमा सबै जानकार छन्। त्यससँगै एमाले र नेकपा (एमाओवादी) को बीचमा २०७५ साल जेठमा पार्टी एकतापश्चात् बनेको नेकपा अनेक आरोह अवरोहका बीच तीन वर्षमै विघटन भयो। नेपालमा एकीकृत कम्युनिस्ट शक्तिको विकास गरी राजनीतिक स्थायित्व दिने, लोकतन्त्रको रक्षा गर्ने, समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाइमा पु¥याउने र राष्ट्रियताको संरक्षण गर्ने सम्बन्धमा ओली सरकारको कार्यले लय समात्दै गर्दा अनेकौं षड्यन्त्र गरी सरकार ढालियो। त्यसबेला ओली सरकार ढाल्ने, नेकपाको विभाजन गर्ने र सर्वोच्चको फैसलासँगै एमाले ब्युँतिएपछि पनि भुसालका क्रियाकलापहरू पार्टीको अनुशासन र नैतिकता अनुकूल देखिँदैनथे। प्रायः पार्टीभित्र र बाहिर अरूलाई राजनीतिक सिद्धान्त, विधि, पद्धति, आचरण र जनवादी केन्द्रीयताको उपदेश दिने भुसाल आफू भने पार्टीको एउटा असल सिपाहीको भूमिकामा बसेको देखिँदैन।

    निर्वाचनपश्चात् घनश्याम भुसाल र प्रभु साहहरूले पुनः कम्युनिस्ट सिद्घान्त, दर्शन र राजनीतिक आचरणका बारे कार्यकर्ताहरूलाई पाठ पढाउने छन्। तर वामपन्थी आन्दोलनमा त्यो अर्को भद्दा मजाकबाहेक केही हुने छैन।माओवादीको सशस्त्र युद्धबाट राष्ट्रिय राजनीतिमा आएका प्रभु साहले एमालेलाई उम्मेदवारी दर्ताको दिन अन्तिम क्षणमा घात गरे जस्तो परिघटना विरलै घट्ने गर्छन्। उनको यो व्यवहार ब्वाँसोको चरित्रसँग तुलना गर्दा उपयुक्त ठहर्छ। नेकपाको विघटनपश्चात् एमालेको कित्तामा उभिएका साहले नेकपा (एमाले) रौतहट जिल्ला कमिटी गठनमा एकलौटी कब्जाको धृष्टता गरेका थिए। पार्टीको आधिकारिताबिना आईटी आर्मी घोषणा गरे। पार्टी महाधिवेशनपछि हिस्सेदारी खोज्दै एकपछि अर्को बार्गेनिङ गरिरहे। जबकि एमाले विरोधी शक्तिहरूसँग उनी निरन्तर सम्पर्कमा थिए। त्यसबाट पुष्टि हुन्छ, उनी स्वचालित खेलाडी होइनन्। एमालेका विरुद्धमा कसैले प्रयोग गरेका परिचालित पात्र हुन्। योजना मुताबिक नै उनको एमालेबाट बहिर्गमन भएको हो। एमालेमा उकुसमुकुस गरी बसेका र संस्थापन ध्रुवको विपरीत धारको राजनीति गर्दै आएका भुसाल अनि योजनाबद्ध एमालेमै रहेका साह पार्टीलाई कमजोर पार्ने नियोजित षड्यन्त्र अनुरूप उपयोग भएका पात्रको रूपमा चित्रित गरिनु अनुचित होइन। यद्यपि आगामी दिनमा उनीहरूको राजनीतिक यात्रा कसरी अघि बढ्छ र कसरी प्रस्तुत हुँदै जान्छन् भन्ने कुराले उनीहरूमाथि सार्वजनिक वृत्तमा उठेका विषयहरूले आकार गर्ने नगर्ने कुराको निर्धारण गर्नेछ।संसदीय राजनीतिमा निर्वाचन भनेको सबैभन्दा जटिल र महत्त्वपूर्ण क्षण हो। एमालेमाथि सर्वाधिक चुनौतीपूर्ण घडीमा पार्टीभित्र र बाहिरबाट घेराबन्दी घेर्ने दुष्प्रयास भइरहेको छ। घटनाक्रमहरूले एमालेलाई परिबन्धमा पार्न गरिएका यी कार्यहरू परिस्थितिजन्य, स्वतस्र्फूत र एक पक्षबाट मात्र भएको देखिँदैन। दीर्घकालदेखि निश्चित मिसनअन्तर्गत केन्द्रित रही योजनाबद्ध र बहुपक्षहरूबीचको संलग्नतामा गरिएका सिलसिलाबद्ध परिदृश्यहरू हुन्। यी परिघटनाहरू कसैलाई राष्ट्रपति नबनाउँदाको प्रतिशोध, कोहीलाई पार्टीअध्यक्षमा पराजित हुँदाको रनाहा त कसैलाई प्रधानमन्त्री हुन नपाउँदाका छटपटीहरूको प्रतिक्रिया स्वरूप हिजो एमाले विभाजित गरिएको घटनाकै उपक्रम हुन्।

    केपी ओली सरकारमा हुँदा भारतीय नाकाबन्दी र नेपालको नयाँ नक्सा प्रकाशित गर्दा राष्ट्रियताको पक्षमा लिएको अडान होस् वा देशमा समृद्धिको लहर ल्याउने ऐतिहासिक कार्यक्रमहरू होउन्। त्यसको प्रतिक्रिया स्वरूप सरकारलाई काम गर्न अवरोध गरियो। तर संसद्लाई प्रधानमन्त्रीले विघटन गरिदिएपश्चात् प्रतिगमनको हौवा फिजाइयो। तब अदालतको ढोका ढकढक्याएपछि सर्वोच्चको परमादेशबाट एउटा पक्षसत्ता गठबन्धन निर्माण गर्न सफल भयो। सके निल्ने नसके मिल्ने भन्ने अभिव्यक्ति दिँदै आएका प्रचण्डले माओवादीको विचार, संगठन र व्यवहारमा आएको विचलनबाट पार्टीको शक्ति क्षीण भई निल्ने प्रयास असफल भएपछि रणनीतिक रूपमा एमालेसँग मिलेको देखिन्छ।मनमा विभाजन र मुखमा एकता जपेर एमालेको शक्तिलाई छिन्नभिन्न बनाउन उनी आतुर थिए। सोही योजना अनुरूप एमालेभित्र विभिन्न उपयुक्त पात्रहरूको मनोवृत्तिमा टेकेर उनीहरूका असफल मनोकांक्षा र असन्तुष्टिहरूलाई घुमाउरो तरिकाले आफ्नो स्वार्थानुरूप प्रयोग गर्न सफल भए। परमादेशबाट ब्युँतिएको संसद्ले जन्माइदिएको अप्राकृतिक नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल त्यसैको परिणाम हो। एमालेको शक्तिलाई छिन्नभिन्न नबनाई प्रचण्डले आफ्नो शक्ति आर्जन गर्न नसक्ने ठानेर एमालेभित्र उनलाई सहज हुने पात्रहरूको प्रयोग निरन्तर गरिरहेका छन्। तसर्थ, निर्वाचनको मुखैमा एमाले परित्याग गर्नेहरूको लक्ष्य पदको सौदबाजी गर्नुमा मात्रै सीमित छैन। निर्वाचनपश्चात् अरू कसैको हितमा काम गर्ने कम्फर्टेबल सरकार बनाउने कुरामा प्रतिबद्ध हुने दायित्व पनि निर्वाह गर्नु पर्नेछ। सम्भवतः सत्ता शक्तिप्रति आशक्ति राख्ने तर पार्टीको सैद्धान्तिक राजनीतिबाट विचलित भएकाहरूले निर्वाचनपश्चात् बृहत् धक नमानी घनश्याम भुसाल र प्रभु साहहरूले पुनः कम्युनिस्ट सिद्धान्त, दर्शन र राजनीतिक आचरणका बारे कार्यकर्ताहरूलाई पाठ पढाउने छन्। तर वामपन्थी आन्दोलनमा त्यो अर्को भद्दा मजाकबाहेक केही हुने छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑