• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसरी खाने क्वाँटी ? कसले कति मात्रा खानु राम्रो ?

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार ०७:००
  • २०१७

    वीरगंज । जनैपूर्णिमा हिन्दू धर्मावलम्बीको महान् पर्व हो । रक्षाबन्धन तथा राखी बाँध्ने दिनको नामले समेत चिनिने यो पर्व नेपालको सन्दर्भमा विशेषगरी व्रतबन्ध संस्कार पूरा गरेका हिन्दू धर्मावलम्बी पुरुषले जनै (यज्ञोपवित) परिवर्तन गर्ने तथा अन्य सबै हिन्दू धर्मावलम्बी पुरुष तथा महिलाले रक्षाबन्धन (पुरोहितबाट हातमा बाँधिने डोरो) बाँध्ने पर्वका रुपमा चिनिन्छ ।यद्यपि, पछिल्लो समय जनैपूर्णिमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने र आशीर्वाद लिने–दिने पर्वका रुपमा समेत विकास हुँदै गएको छ । जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत देशका विभिन्न मन्दिरहरूमा जनैपूर्णिमाविशेष मेलासमेत लाग्ने गर्छ । जनैपूर्णिमाको चर्चा गर्दा क्वाँटीलाई छुटाउनै सकिँदैन । जनैपूर्णिमा भन्नेबित्तिकै जसरी जनै वा रक्षाबन्धनको सम्झना हुन्छ, त्यसरी नै क्वाँटीले स्मृतिको अग्रभागमा स्थान बनाउँछ । परापूर्वकालदेखि नै नेपालमा जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन रहिआएको छ । विभिन्न नौ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि खाइने क्वाँटीले शक्ति र स्वाद दुवै प्रदान गर्छ । क्वाँटी धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक, चिकित्सकीय र पोषणका दृष्टिले पनि स्वास्थ्यवर्धक छ । क्वाँटी प्रोटिनको अब्बल स्रोत हो । प्रोटिनका अलावा क्वाँटीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस, मिनरल्सजस्ता मानव शरीरका लागि अति आवश्यक पोषकतत्त्व पाइने अल्का अस्पतालकी पोषणविद् ऋतु महर्जन बताउँछिन् ।जनैपूर्णिमाका दिन अधिकांशको घरमा क्वाँटी खाने गरिन्छ । क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउको मिश्रण नै क्वाँटी हो ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । नेपाल कृषि प्रदान देश भएकाले वर्षायाममा खेतीपातीका कामले थाकेको शरीरमा ऊर्जा प्रदान गर्न र वर्षातको पानीमा काम गर्दा शरीरमा पुगेको चिसो हटाउन क्वाँटी खाने चलन छ । ब्राह्मण समुदायमा समेत लोकप्रिय रहेको क्वाँटी नेवार समुदायमा विशेष महत्त्वका साथ खाने प्रचलन छ ।क्वाँटीका फाइदा, सेवनको प्रभावकारी तरिका, व्यक्तिअनुसार सेवनको उपयुक्त मात्रा, सावधानीका विशेष अवस्थालगायत विषयमा पोषणविद् महर्जनसमेतले दिएको जानकारीका आधारमा यो सामग्री प्रस्तुत गरिएको छ ।

    क्वाँटीका फाइदा
    – रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
    – कब्जियतको समस्या हटाउँछ ।
    – मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउन सहयोग गर्छ ।
    – नियमित सेवन गरेमा स्मरणशक्ति बढाउँछ ।
    – पाचनशक्तिमा सुधार ल्याउँछ ।
    – सौन्दर्यमा निखार ल्याउँछ ।
    – कुपोषण हटाउन सहयोग गर्छ ।
    – सुत्केरी तथा गर्भवती महिलाका लागि विशेष दाभदायक हुन्छ ।
    – शाकाहरीका लागि मासुसरह पोषण प्रदान गर्छ ।

    कसरी खाने क्वाँटी ? कसले कति मात्रा खानु राम्रो ?
    क्वाँटीलाई ४ दिनसम्म भिजाएर टुँसा उमालेर मात्र खानाले त्यसमा प्रशस्त मात्रामा प्रोटिनका साथै भिटामिन सी पनि पाउन सकिन्छ । क्वाँटी प्रोटिनको भण्डार भएकाले चाडपर्वमा मात्रै नभएर दैनिक खानेकुरामा समेत क्वाँटीलाई समावेश गर्नुपर्छ । मानिसको शरीरमा १ केजी तौलबराबर दैनिक १ ग्राम प्रोटिन आवश्यक पर्छ ।शारीरिक रूपमा बढी मिहिनेतको काम गर्ने मानिसको शरीरमा प्रोटिनको मात्रा बढी आवश्यक पर्ने भएकाले उनीहरूले क्वाँटी धेरै खानुपर्ने हुन्छ भने कम मिहिनेत गर्ने मानिसले कम नै खानुपर्ने हुन्छ ।विशेषगरी, मिर्गौलारोगी तथा युरिक एसिडका रोगीले उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।शाकाहारी जीवनशैली अपनाउने मानिसको शरीरमा प्रोटिनको मात्रा कम हुने भएकाले उनीहरूले भने अन्य मानिसभन्दा बढी मात्रामा क्वाँटी खान सक्छन् । क्वाँटीमा प्रोटिनका साथसाथै अन्नमा पाइने खाद्यवस्तुसमेत पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ ।अन्य समयभन्दा जनैपूर्णिमाका दिन क्वाँटी बढी खाने चलन छ । शरीरलाई आवश्यकभन्दा बढी क्वाँटी खानाले शरीरमा प्रोटिनको मात्रा आवश्यकभन्दा बढी हुन जान्छ, जसले युरिक एसिडजस्ता रोग लाग्न सक्नेतर्फ सचेत हुनु जरुरी छ ।

    यस्ता व्यक्तिले क्वाँटी खाँदा विचार पुर्‍याउनुपर्छ
    विशेषगरी, मिर्गौलारोगी तथा युरिक एसिडका रोगीले उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।

    मिलाएर दैनिक खाए अमृत, जथाभावी खाए विष
    कुनै पनि खाद्यान्नलाई मिलाएर ठिक मात्रामा खाएमा त्यो अमृतसमान हुन्छ भने आवश्यकताभन्दा बढी मात्रामा तथा नमिलाईकन खाएमा त्यो विषबराबर हुन्छ र त्यसको प्रतिकूल असर मानव स्वास्थ्य पर्न जान्छ । क्वाँटी सामान्यतया २ देखि ४ दिनसम्म राम्रोसँग टुसा उमालेर खान सकिन्छ । उमारेको क्वाँटीमा प्रोटिनका अतिरिक्त भिटामिन सी पनि पाइने भएकाले उमारेरै क्वाँटीको प्रयोग गर्नु राम्रो हो । सामान्यतया नेपालमा जनैपूर्णिमाका दिन मात्रै क्वाँटी खाने प्रचलन छ । तर, यो त दैनिक खानामा उमेर र अन्य खानाका मेनु हेरर समावेश गर्दा बढी लाभदायक हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑