• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    महिलामा हुने यौन स्वास्थ्य सम्बन्धी समस्या…

  • वीरगंज संजाल
  • Oct 19, 2022, 11:09 pm
  • १५५३

    वीरगंज । यौन जीवनको अभिन्न अंग हो। धेरै महिला विभिन्न यौन समस्याले पीडित हुन्छन्। केही यौन समस्याको समाधान एक्लैले गर्न सकिन्छ भने केहीका लागि चिकित्सकको सल्लाह आवश्यक पर्छ। पुरुषमा भन्दा महिलामा यौन समस्या बढी हुन्छन्। यौन आफैँमा जटिल विषय हो। यसको अल्पज्ञानले यसलाई अरू जटिल बनाइदिन्छ। त्यस्तै, तथाकथित यौन ज्ञाताहरूको अधकल्चो सल्लाह र सुझावले यौन समस्या झन् बल्झिन्छ। यौन पहिले इच्छाबाट सुरु हुन्छ, यौन इच्छाले एराउजल (उत्तेजना) गराउँछ र त्यसपछि अग्र्याजम (चरमोत्कर्ष) मा पुर्‍याउँछ भन्ने विचार व्याप्त छ। पुरुषका हकमा यो कुरा सत्य भएपनि महिलाका हकमा यसो नहुनसक्छ। महिलामा शारीरिक चाहनाबाटै यौनको सुरुआत नहुनसक्छ। यौनको शारीरिक चाहना यौन गतिविधि सुरु भएपछि मात्र पनि हुनसक्छ। धेरै महिलाले सेक्स गर्दा अग्र्याजममा नपुगे पनि आफू सन्तुष्ट भएको बताउँछन्। यौनको भौतिक र भावुक पक्षले चरमसुखसबिना पनि आनन्द दिनसक्छ। तर केही महिलालाई चरमोत्कर्षमा नपुग्दा यौन असन्तुष्टि रहन्छ। यौन सम्पर्कबाहेक चुम्बन, संवेदनशील अंग स्पर्श आदिले उनीहरूलाई बढी उत्तेजनामा ल्याउनुपर्ने हुन्छ। यौन समस्या मुख्यतया चार प्रकारका हुन्छन्, यौन इच्छाको समस्या, यौन उत्तेजनाको समस्या, सम्भोग सुखको समस्या र यौन पीडाको समस्या।

    यौन इच्छाको समस्या
    जब कुनै महिला कुनै पनि यौन गतिविधिमा संलग्न हुन चाहन्नन्, उनलाई यौनको कल्पना या विचार आउँदैन भने उनमा यौन इच्छाको समस्या रहेको हुन्छ। यो चिन्ताको विषय हो।

    यौन उत्तेजनाको समस्या
    यौन उत्तेजनाले शरीरमा भौतिक र भावनात्मक परिवर्तन ल्याउँछ। रक्तचाप, मुटुको धड्कन, सास र शरीरको तापक्रम बढ्नु, स्तन र योनीमा रक्तप्रवाह बढ्नु र योनी चिप्लो हुनु तथा फुल्नु यौन उत्तेजनाका लक्षण हुृन्। केही केही महिलामा यौन उत्तेजनाका यी संकेत देखिँदैनन्। रोग, मानसिक तनाव, रक्सी सेवन, धूमपान आदिका कारण महिलामा यौन उत्तेजनाको समस्या आउनसक्छ।

    सम्भोग सुखको समस्या
    सम्भोग सुखको अनुभव नभएपनि महिलालाई पुरुषको प्रेम र निकटताले सन्तुष्टि दिनसक्छ। तर, कसै कसैलाई चरमसुखको अभावले चिन्तित बनाउँछ। आफ्नो प्रेमी या श्रीमान्लाई विश्वास नगर्ने र बढ्दो उमेरका महिलालाई यो समस्या हुन्छ।

    यौन पीडाको समस्या
    यौन सम्पर्क हुँदा महसुस हुने दुखाइलाई यौन पीडा भनिन्छ। अधिकांश महिलाले जीवनको कुनै न कुनै विन्दुमा यौन पीडा भोगेका हुन्छन्। तर यौन पीडा अत्यधिक र सधैँ भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ।

    यौन समस्याका कारण
    बढ्दो उमेर
    महिलाको यौन चाहना बढ्दो उमेरसँगै घट्दै जान्छ। यसले वैवाहिक जीवनमा समस्या ल्याउन सक्छ। श्रीमान्श्रीमतीले यसबारेमा खुलेर कुरा गर्नुपर्छ र एकअर्कालाई कसरी सन्तुष्टि दिने भन्नेमा ध्यान दिनुपर्छ। स्वस्थ र सुखी जीवन व्यतीत गर्न यौनलाई निरन्तरता दिनसक्नुपर्छ।

    हार्मोनको परिवर्तन
    जीवनका विभिन्न चरणमा महिलाको यौन चाहना र प्रतिक्रिया फरक फरक हुनसक्छन्। गर्भवती हुँदा, महिनावारी रोकिएपछि या महिनावारीका दिन अनुसार यौन चाहनामा परिवर्तन आउँछ। शरीरमा हुने हार्मोनको परिवर्तनले यस्तो हुन्छ। एन्ड्रोजिन हार्माेनले यौन चाहना घटाउँछ भने एस्ट्रोजिन हार्माेनले योनीलाई सुख्खा पार्ने काम गर्छ जसले यौनसम्पर्कलाई कष्टदायी बनाउँछ।

    अन्य कारण
    रोग या कुनै विशेष औषधि सेवनले यौन समस्या हुनसक्छ। पुरुषसँग आत्मीय सम्बन्ध नहुँदा पनि महिलामा यौन समस्या देखिनसक्छ। पुरानो दुखद अनुभव या डिप्रेसनले पनि यौन समस्या हुनसक्छ।

    समाधानका उपाय
    यौन समस्याले चिन्तित पारेको छ भने मात्र यसको समाधान खोज्नु जरुरी हुन्छ। सबैभन्दा पहिले महिला र उनका प्रेमी या पतिले समस्यालाई बुझ्नुपर्छ। सिधा यौनसम्पर्कबाहेक अरू गतिविधिले पनि यौन अनन्द दिनसक्छ भन्ने बुझ्नुपर्छ। संवेदनशील अंगमा छुनु, हस्तमैथुन (मास्टरबेसन), मुखमैथुन (ओरल सेक्स) गर्नु आदि पनि सम्भोग सुख प्राप्त गर्ने उपाय हुन्। लागूपदार्थको लत छ भने यौन समस्याबाट मुक्त हुन यसको परित्याग अत्यावश्यक छ। चिकित्सकको सल्लाह लिनुअघि यी प्रयास गरेमा यौनसमस्याबाट पार पाउन सकिन्छ : –महिलामा यौन इच्छा जगाउन या बढाउन उनको प्रेमी या पतिसँग आत्मीय सम्बन्ध हुनुपर्छ। कुनै पनि समस्यामा खुलेर कुरा गर्नुपर्छ। सम्भोगमा भन्दा आत्मीयतामा बढी ध्यान दिनुपर्छ। यौन ज्ञान र सम्भोग कला महिलाका यौन समस्या हटाउन उपयोगी हुन्छन्।

    –पर्याप्त आराम गरेर, प्राक्क्रिडा (फोरप्ले)को अवधि बढाएर, योनीका मांसपेशीको कसरत (केगेल एक्सरसाइजेज) गरेर यौन उत्तेजना बढाउन सकिन्छ।
    –यौन उत्तेजना बढाउने क्रियाकलाप गर्नु, सम्भोगमा एकाग्र हुनु र यौनसम्बन्धी कल्पना गर्नु सम्भोग सुख बढाउने उपाय हुन्।
    –विभिन्न सम्भोग आसन प्रयोग गर्नु, पर्याप्त फोरप्ले गर्नु, तातो पानीले स्नान गर्नु, सम्भोगअघि पिसाब फेर्नु आदि उपाय अपनाएर सम्भोग पीडा घटाउन या हटाउन सकिन्छ। यी प्रयासहरूले यौन समस्या समाधान भएनन् भने चिकित्सकसँग परामर्श गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑