• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ?

  • वीरगंज संजाल
  • २ कार्तिक २०७९, बुधबार २३:४०
  • ३८५७

    वीरगंज । विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन।मानिसमा कौतुहलता हुन्छ। ऊ नयाँ अनुभव सँगाल्न चाहन्छ। यस क्रममा पहिलो पटकको यौन सम्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौनकर्मीसँग हुनसक्छ।उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन। केही समयपछि म विवाह गर्ने योजनामा छु। पहिलो यौन सम्पर्कलाई लिएर के–के कुरामा ध्यान दिनु राम्रो हुन्छ ? के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ ? नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ। किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने गरेको हुनाले विशेषतः प्रेमिल सम्बन्धमा रहेका जोडीले लिंग योनि सम्पर्कलाई विवाहपछिको लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ। तर, पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन।मानिसमा कौतुहलता हुन्छ। ऊ नयाँ अनुभव सँगाल्न चाहन्छ। यस क्रममा पहिलो पटकको यौन सम्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौनकर्मीसँग हुनसक्छ।उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन। डर, त्रास, हतार, हतास तथा असुरक्षित वातावरणमा यौन सम्पर्क राख्नु पर्दा यौन सम्पर्क पूर्वको तयारीमा खासै ध्यान जाँदैन।

    विवाहपूर्वको यौन सम्पर्क
    विवाहपूर्व यौन सम्पर्क राखिएको कुरा थाहा पाउन गाह्रो छ। पुरुषलाई महिलाको यौनांगबारे सामान्य जानकारी हुने भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन। त्यसैले सामान्य तवरले यौन सम्पर्क राखिसकेको अथवा नराखेको योनि छुट्याउन गाह्रो हुन्छ। हाइमेन (योनिच्छद) को आधार लिन सकिन्छ तर यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ। कौमार्य भंग भए पनि लचिलो योनिच्छद नच्यातिएको हुनसक्छ भने यौन सम्पर्क वेगरको अन्य शारीरिक क्रियाकलाप (साइकल चढ्दा, घोडा चढ्दा, खेलकुद) ले पनि पातलो योनिच्छद च्यातिएको हुनसक्छ। धेरैजसो विवाहपूर्वका यौन सम्पर्क योजनाबद्ध नहुन सक्छन्। यसका कारण प्रजनन जटिलता भने निम्तिन सक्दछ। सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। सम्भोग व्यवस्थापनको क्रममा कतिपय कुरामा ध्यान दिनुपर्छ। जस्तै कि तनावरहित अवस्थामा मात्र यौन सम्पर्क गर्ने, अनावश्यक दबाबका बेला यौन सम्पर्क नराख्ने, गोप्यताको निश्चितता तथा एकान्त वातावरणमा मात्र यौन सम्बन्ध राख्ने, हतार वा थकानपछि क्रमशः शीघ्र वा ढिलो स्खलनको समस्या हुनसक्छ त्यसैले यथेष्ट आरामपछि पाकक्रीडामा पर्याप्त समय दिई यौन कार्य गर्ने, थप मादकता दिने हुनाले हल्का संगीत बजाउने त्यसै गरी दुवैका लागि स्वीकार्य पफ्र्युम लगाउने, मधुरो प्रकाशको व्यवस्था गर्ने, डर, चिन्ता र थकान मेटाउने हुनाले दुवैले हल्का मद्यपान गर्ने, यौन कार्यको केही घण्टाअघि हल्का मिष्ठान्न भोजन गर्ने, यौन कार्यअघि र पछि शारीरिक सरसफाईमा ध्यान दिने।

    पहिलो पटकको यौन सम्पर्कका बेला पुरुष यौनसाथीमा लिंग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुनसक्छ भने महिला यौनसाथीमा गर्भ रहला कि, यौन सम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टि प्राप्त गर्र्न गाह्रो हुन्छ। यस्तो परिस्थितिमा पहिलो यौन सम्पर्कको क्रममा हाइमेन (योनिच्छद) च्यातिई हल्का रक्तस्राव वा रगत मिसिएको योनिस्रावले झन् त्रास उत्पन्न गराउँछ।मानव यौन प्रतिक्रिया चक्रको सम्पूर्ण चरणहरू, यौन संवेदनशील अंगहरू, पाकक्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय दिई यौन सम्पर्क नगरिँदा तालमेल नमिली पार्टनर दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन्। यसरी पहिलो गाँसमै ढुंगाको अनुभव सँगाल्नुपर्ने हुन्छ। यसै गरी सुरक्षित सेक्स, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोध तथा गर्भपतनको कानुनी मान्यताको पर्याप्त जानकारी नहुँदा डरैडरमा यौन सम्पर्क राख्नुपर्ने हुन्छ। विभिन्न आसनको उपयोग, योनिमार्ग तथा पुरुष लिंग चिप्लो बनाउने तरिकाको जानकारीको अभावमा यौन कार्य कष्टप्रद हुन्छ।यौन जोडीबीच एकआपसमा आफ्नो यौन चाहना, यौनेच्छा साटासाट नगरे वा एकले अर्कालाई यौन कार्यमा सहयोग नगरे पहिलो पटकको यौन सम्पर्कमा शारीरिक पक्ष बढी हाबी हुनसक्छ अर्थात् यौन कार्य केवल यान्त्रिक मात्र हुनसक्छ। तर, सफल सम्भोग कार्यमा मानसिक पक्षको भूमिका पनि उत्तिकै हुन्छ। विवाह इतरको यौन सम्बन्धमा विशेषतः महिला यौनसाथीको गोप्यताको उच्च कदर गर्नुपर्दछ।आफ्नै प्रेमिका वा परिचित व्यक्तिसँग पहिलो पटकको यौन सम्पर्कपछि निरन्तर सम्पर्कमा रहनुपर्छ। यस क्रममा महिनावारी, यौनांगमा पीडा वा कुनै यौन समस्या वा पहिलो पटकको यौन सम्पर्कपछि कुनै तनाव, पिर, चिन्ता तथा उदासीपना छ/छैन बुझ्नु पर्छ। कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौनसाथीलाई भरपूर सहयोग गर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने ढाडस दिनुपर्छ।यस्तो कार्यबारे सम्बन्धित अभिभावकले थाहा पाएको खण्डमा गालीगलौज गर्ने, डर त्रास देखाउनेभन्दा पनि आफ्ना सन्तानलाई निश्चिन्त बनाई तिनीहरूलाई परेको समस्याको समाधान गोप्य तवरले गरिदिनुपर्दछ। यसबाट पाठ सिकी भविष्यमा नैतिक मूल्य, मान्यता कायम राख्न सल्लाह दिनुपर्छ। पहिलो पटकको यौन सम्पर्क तुलनात्मक रूपमा असुरक्षित हुनसक्छ। त्यसैले सदैव सुरक्षित सेक्सको पालना गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑