वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ का उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार पनि मतदातासंग भेटघाट गरेका छन् । लौरो चुनाव चिन्ह रहेको प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा भेटघाट गरेका हुन् ।
भेटघाटको क्रममा स्वस्फूर्त रुपमा भेला भएकी महिलाहरुले आफुलाई जितको लागि अशिर्वाद दिएको उम्मेदवार सर्राफलाई वताए । उनले महिला दिदी, बहिनी, आमाहरुको अशिर्वादले आफ्नो आत्मबाल बढेको वताए । उनले भने “आमा, दिदिबहिनीबाट आशीर्वाद ग्रहण गरियो । निश्चल र पबित्र शक्ति नारी शक्तिको हृदय देखिको आशीर्वादले न्याय, समानता र समृद्धिको लागि भ्रष्टाचार विरुद्धको युद्धमा अवस्य सफलता पाउने छु ।”
भेटघाट कै क्रममा उम्मेदवार सर्राफले एक वर्ष भित्र यस क्षेत्रलाई पुर्ण साक्षर बनाउने संकल्प लिएको वताए । चुनाव नजिकिएसंगै उम्मेदवार सर्राफले मतदाता भेटाघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । उनी आफु समाजको लागि गरेको योगदानको मुल्यांकन गरेर भएपनि यसपाली आफुलाई मतदाताहरु मतदान गरेर विजयी गराउनेमा विश्वसत छन् । साभाल : यात्रा डेली