वीरगंज । नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् । एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई जिताउन आग्रह गर्दै एमालेका नेता कार्यकर्ताहरु जनताको घरदैलोमै पुगिरहेका छन् ।
पर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा प्रतिनिधीसभा सदस्य उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी संगै एमाले नेता कार्यकर्ताहरु भेटघाट गर्दै मतदाताको घरदैलोमा पुगेर अधिवक्ता कुर्मीलाई अत्याधिक मतले विजयी बनाउन आग्रह गरेका छन् । एमाले नेता एंव उम्मेदवार हरेराम पटेलसंगै रहेका एमालेका नेता कार्यकर्ताले पनि अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको पक्षमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् । जसपा एमाले गठबन्धनले बुधबार वीरगञ्ज महानगरपालिका अलौ, श्रीसिया, बिन्दवासनी, रामगढवा, बहुदरमाई नगरपालिकाको पिपरा, बैरिया, सियियाडीमा जनतासंग भेट घाट गरेका छन ।
भेटघाटका क्रममा मतदाताको घरदैलोमा पुगेका दुवै उम्मेदवारले जसपा–एमालेको पबित्र गठबन्धप्रति स्थानीय जनताले दर्शाएको आत्मियता र समर्थनले आफुहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । उनिहरुले मधेस र समग्र देशको हितमा यो चुनावी गठबन्धन बनेको यथार्थ जनताले बुझिसकेकाले आसन्न निर्वाचनमा आफुहरुकोे जित सुनिश्चित हुदै गएको पन जिकिर गरे ।