• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नगरपालिकाको सक्रियतामा गौ संरक्षण केन्द्र सञ्चालन

  • वीरगंज संजाल
  • २ कार्तिक २०७९, बुधबार १४:००
  • १८२९

    वीरगंज । नहुँको व्यास नगरपालिका–१० स्थित मादी नदी किनारमा गाईका भीड चरिरहेका देखिन्छन् । झट्ट हेर्दा यति धेरै गाई कसले पाल्यो भन्ने मनमा उब्जिन्छ । मादी नदी किनार भतेरीमा गाई संरक्षण केन्द्र बनाइएको छ । गाई संरक्षण केन्द्रमा एक सय गाई छन् । छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित यहाँ व्यास नगरपालिकाको सक्रियतामा संरक्षण केन्द्र सञ्चालन गरिएको छ । केन्द्रमा व्यास नगरपालिकाभित्रका विभिन्न ठाउँहरूबाट ल्याउने गरिएको केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए । ‘केन्द्रमा व्यास नगरपालिकाभित्रका गाई संरक्षण गर्दै आएका छौँ, केहीले झुक्याएर अन्यत्रबाट पनि ल्याएका होलान्, त्यो अब थाहा हुने कुरा पनि भएन’, सापकोटाले भने ।

    केन्द्रमा रहेका गाईलाई खुवाउन परालको व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ । केन्द्रमा तीन कर्मचारी खटाइएको छ । उनीहरूको पारिश्रमिकको व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ । तीन जनामध्ये एक जनाले घाँस काट्ने काम गर्दै आएका छन् भने दुई जनाले केन्द्रभित्रै काम गर्ने गरेका छन् । केन्द्रमा गाई ल्याउँदा एउटा गाईको रु दुई हजार शुल्क लिने गरिएको छ । केन्द्रमा संकलन भएको रकम थप पराल खरिदका लागि खर्च गर्ने गरिएको छ । बर्खाका बेला गाईलाई घाँसे मैदानमा चराउने गरिएको छ । ;मादी नदी किनारमा हरियो घाँसे मैदान छ, त्यही मैदानमा गाई चराउने गरिएको छ’, सापकोटा भन्छन्, ‘हिउँदमा पराल खरिद गर्छौँ ।’ केन्द्रमा दूध दिन छाडेका, थुनेलो भएका, बूढा भएका र बेवारिसे भएका गाई ल्याउने गरिएको छ । ‘बूढा भएका गाई मरे केन्द्र नजिक ५० मिटर तल रहेको खाल्डो नजिक राखिदिने गरेका छौँ, मरेको गाई खान गिद्ध आउने गरेका छन्’, उनले भने, ‘एउटा गाई एक दिनभरमा गिद्धले खाइसक्छ, हड्डी खाल्डोमा हालेर पुर्ने गरेका छौँ ।’दुई सय रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका कारण यहाँ आसपास गिद्ध देखिन थालेका छन् । केन्द्रका कारण विगत केही वर्षयता लोप हुँदै गएको गिद्ध यहाँ आउने गरेका छन् ।

    ‘गिद्ध देख्नै रहर भइसकेको थियो, अहिलेका युवापुस्ताले त गिद्धका बारेमा जान्ने अवसर पनि पाउँदैनथे होला’, उनले भने, ‘एउटा गाई मरेका बेला यहाँ दुई सयभन्दा बढी गिद्ध आउँछन् ।’ केन्द्र आसपास सात किसिमका गिद्ध देखिन्छन् । जिल्लाकै शुक्लागण्डकी नगरपालिकाले पनि छाडा चौपाया व्यवस्थापनमा लागि केन्द्र सञ्चालन गर्दै आएको छ । नगरपालिका क्षेत्रभित्र जथाभावीरूपमा चौपाया छाड्दा दुर्घटनाको जोखिम बढेपछि नगरपालिकाले केन्द्र सञ्चालन गरेको हो । शुक्लागण्डकी नगरपालिका–९ घारीमा १७ लाखको लागतमा केन्द्र बनाएर गाई संरक्षण गर्दै आइएको छ । संरक्षण केन्द्र सञ्चालनका लागि गीता महतको संयोजकत्वमा गौ संरक्षण समिति गठन गरिएको छ । दूध दिन छाडेपछि कृषकले जथाभावी गाईबस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट गाईबस्तु कालिगण्डकीमा भित्रिन थालेको थियो । स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयवासीले नगरपालिकालाई पटक-पटक आग्रह गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑