• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै स्टेजमै रोइन् रचना रिमाल

  • वीरगंज संजाल
  • २ कार्तिक २०७९, बुधबार ०९:००
  • १७८१

    वीरगंज । सामाजिक सञ्जालको सूचीमा टिकटक नेपालमा पनि धेरै प्रयोग गरिने एपभित्र पर्छ । सामाजिक सञ्जाल जति उपयोगी सावित भएको छ, त्यति नै जोखिमपूर्ण पनि छ । टिकटकमा फलोअर बढाउनदेखि गिफ्ट पाउन अनावश्यक तथा अश्लील हर्कत गर्नेहरूको सूची बनाई साध्य छैन । केही व्यक्तिले गरेका यस्ता हर्कतको असर अन्य व्यक्तिलाई समेत परेको छ । जसको ज्वलन्त उदाहरण हो सोमबार पोखराको हल्लनचोकमा भएको कार्यक्रम । शीघ्र प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महापुरूष’को प्रचार कार्यक्रममा यही विषयलाई लिएर व्यङ्ग्य गरिएको थियो । सो कार्यक्रममा हास्यकलाकार हरिवंश आचार्य, राजाराम पाैडेलसहित कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाल लगायत सहभागी थिए ।

    अन्य कलाकारजस्तै कार्यक्रमलाई रोमाञ्चक बनाउन कमेडियन विकास अर्याल स्टेजमा गए । त्यसपछि उनले टिकटक प्रयोग गर्ने नेपाली कलाकारलाई लक्षित गर्दै व्यङ्ग्य गर्न थाले । सोही कार्यक्रममा सहभागी गायिका रिमालले पनि टिकटकबाट इज्जत बेचेको भन्दै अर्यालले व्यङ्ग्य गरे । आफू लक्षित व्यङ्ग्य सुनेपछि रिमाल निराश हुँदै स्टेजबाट बाहिरिइन् । अर्यालले उनलाई लक्षित गर्दै गरेको व्यङ्ग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै हिँड्न लागिन् । रचनाले त्यसरी सार्वजनिक रूपमा चित्त दुःखाएपछि माहोललाई शान्त पार्न अर्यालले रचनाको नाम लिएर माफी मागे ।टिकटकमा सक्रिय हुने नेपाली सेलिब्रेटीमध्ये गायिका रिमाल पनि एक हुन् । गीत रिलिज भएको समयका साथै बेलाबखत आफ्ना समर्थकसँग अन्तर्क्रिया गर्न उनी टिकटकमा लाइभ जाने गर्छिन् । साथै आफू सम्बन्धित कन्टेन्ट पनि अपलोड गरिरहेकी हुन्छिन् ।

    त्यस्तै नेपाली सेलिब्रेटीहरू टिकटकमा लाइभ बसेर गिफ्टको अपेक्षा गरेको भन्दै सामाजिक सञ्जालमा थुप्रै आलोचना भइरहेको हुन्छ । पछिल्लो समय नेपालमा विभिन्न व्यक्तिहरू टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने प्रचलन बढेको छ । विशेषगरी टिकटकमा फलोअर बढाइदिने आश्वसन दिँदै कतिपय क्रियटरले लाइभमार्फत गिफ्टको अपेक्षा गरेका हुन्छन् । जसले गर्दा व्यक्तिगत रूपमा आफ्नै प्रयोजनका लागि टिकटक प्रयोग गर्ने प्रयोगकर्ता पनि यस्ता आलोचनाको सामना गरिरहेका छन् । सोही कार्यक्रममा हास्य कलाकार राजाराम पौडेलले पनि आफ्नो टिकटक अनुभव सुनाए । केही टिकटक प्रयोगकर्ताले लाइभ बसेको समयमा माग्न आएको भनेपछि लाज लागेर लाइभ बस्नै छोडेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑