• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीवनसँग खुसी रहँदैनन् सामाजिक सञ्जालको लत लागेका बालबालिका

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार २३:१३
  • १४५३

    वीरगंज । सामाजिक सञ्जाल आज विश्वभरका मानिसको दैनिकी बनिसकेको छ। बालबालिकादेखि वयस्कसम्मका मानिसहरु सामाजिक सञ्जालविना बाँच्नै नसक्ने स्थितिमा पुगेका छन्। तर यसको अत्यधिक प्रयोग हानिकारक पनि हुनसक्ने एक अध्ययनले देखाएको छ। विशेषगरी सामाजिक सञ्जालमा बढी समय बिताउने किशोर उमेरका बालबालिकाको सोच र व्यवहारमा असर पर्ने देखिएको छ।

    बेलायतको नेचर कम्युनिकेशनले गरेको एक अध्ययनमा अलग–अलग उमेरका बालबालिकाले सामाजिक सञ्जाल बढी प्रयोग गर्दा उनीहरुको मस्तिस्क, हार्मोन र व्यवहारमा असर परेको देखिएको छ। यद्यपि वैज्ञानिकहरुले किशोरकिशोरी र बालबालिकामा पर्ने सामाजिक सञ्जालको असरबारे थप अध्ययन जरुरी रहेको बताएका छन् ।यो अध्ययन विगत १२ महिनामा सामाजिक सञ्जालको प्रयोग बढाएका ११ देखि १३ वर्ष उमेरका बालिकामा गरिएको थियो। अध्ययनमा ती बालिकाहरुले जति बढी सामाजिक सञ्जालमा बिताएका थिए, एकवर्षपछि उनीहरु आफ्नो जीवनसँग सन्तुष्ट हुने सम्भावना उति नै बढी पाइएको थियो।अध्ययनका क्रममा १६ देखि २१ वर्षसम्मका प्रयोगकर्तामा पनि अध्ययन गरिएको थियो। जसमा दैनिक ३ घण्टा र दैनिक ७ घण्टा सामाजिक सञ्जालमा बिताउनेहरुबीच तुलनात्मक अध्ययन गरिएको थियो। सामाजिक सञ्जालमा बढी समय बिताउने किशोरहरु आफ्नो जीवनसँग सन्तुष्ट नरहेको अध्ययनमा पाइएको थियो।

    कसरी हानी गरिरहेको छ सामाजिक सञ्जालले?
    किशोरकिशोरीमात्र नभई आजकाल बालबालिका पनि सामाजिक सञ्जालको कूलतको शिकार बनिरहेका छन्। यसको असर उनीहरुको पढाइमा देखिइरहेको छ। सामाजिक सञ्जाल अक्सर हिंसात्मक हुन्छ र अश्लील सामग्री पनि राखिएको हुन्छ। यस्ता दृश्य, तस्बिरले बालबालिकाको मानसिक स्वास्थ्य र व्यवहारमा असर पारिरहेको हुन्छ।

    नेपालको स्थिति
    नेपाल दूरसञ्चार प्राधिकरणको गत जुलाईको तथ्यांकअनुसार नेपालमा कूल जनसंख्याको ९१ प्रतिशत मानिसमा इन्टरनेटको पहुँच छ। जुन १४, २०२१ सम्मको तथ्यांकअनुसार २ करोड ७७ लाख ६० हजार मानिसमा इन्टरनेटको पहुँच छ। गत अप्रिलदेखि मे मध्यसम्ममात्र ३ लाख ३१ हजार ४ सय २२ इन्टरनेट प्रयोगकर्ता थपिएका थिए।

    अधिकांशले मोबाइलमार्फत् इन्टरनेट प्रयोग गर्ने प्राधिकरणको तथ्यांक छ। मोबाइल इन्टरनेटप्रयोगकर्ताको संख्या ६५.६८ छ। अर्को तथ्यांकअनुसार जनवरी २०२२ सम्म नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या १ करोड ३७ लाख छ। यो संख्या १ वर्षअघि १ करोड ३० लाख थियो। २०२१ जनवरीसम्म कूल जनसंख्याको ४४.२ प्रतिशत जनसंख्या सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको अनुमान छ। त्यसमध्ये कति बालबालिका छन् भनेर भने हालसम्म अध्ययन भएको छैन।भारतमा कूल जनसंख्याको ३१ प्रतिशत इन्टरनेट प्रयोगकर्ता छन्, जसमा बालबालिकाको हिस्सा ठूलो रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑