वीरगंज । सिरहाको गोलबजार नगरपालिका–४, निपनियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा सप्तरीको खडक नगरपालिका–१ का अन्दाजी २५ वर्षीय हरेराम भण्डारी छन् । उनको सिरहाको धनगढीस्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते भण्डारी इलाका प्रहरी कार्यालय सप्तरीमा कार्यरत म्यादी प्रहरी रहेको खुलेको जनाइएको छ ।
गए राति करिब पौने १० बजे स११प ३४०७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै ट्रकसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।