वीरगंज । भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित सातजनाको मृत्यु भएको छ । घटना केदारनाथबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा भएको हो । गुप्तकाशीबाट उडेको हेलिकप्टर केदारनाथ जाँदै थियो ।
आर्यन एभिएसनको हेलिकप्टर गुप्तकाशी फाटा हेलिप्याडबाट केदारनाथतर्फ उडेको इन्डिया टुडेले जनाएको छ । हेलिकप्टरले ३३ किलोमिटरको दूरी तय गरेको थियो । रिपोर्टका अनुसार गरुड चट्टीमाथि हेलिकप्टरमा आगो लागेको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन । उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र छिट्टै अनुसन्धान सुरु हुने बताइएको छ ।
उच्च उचाइमा अवस्थित केदारनाथ तीर्थ क्षेत्रको मौसम प्रायः अप्रत्याशित हुने गर्छ । अधिकांश तीर्थयात्रीहरू गुप्तकाशीदेखि केदारनाथसम्मको कठिन मार्ग पदयात्रा गर्छन् । तर, तीर्थयात्रीहरु विभिन्न हेलिकप्टर सेवाहरू प्रयोग गरेर त्यहाँ जाने गरेका छन् ।