• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नुहुन्छ?, यदि गर्नुहुन्छ भने तपाईं मृत्युको जोखिममा हुनुहुन्छ

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार २३:००
  • १७६५

    वीरगंज । विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय श्रम संगठनको अध्ययनअनुसार हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्दा हृदयाघात र स्ट्रोकबाट मृत्यु हुने जोखिम बढ्छ। विश्व लगातार दोस्रो वर्ष कोरोना भाइरससँग जुधिरहेको अवस्थामा यो प्रतिवेदन सार्वजनिक भएको छ। मानिसहरू घरबाट काम गरिरहेका छन् र काम गर्ने तरिकामा पनि परिवर्तन आएको छ। सन् २०२० देखि नै विश्वभरका मानिसको जीवनशैलीमा अचानक परिवर्तन भएको छ। यसको मुख्य कारण कोरोना भाइरस नै हो। लकडाउन र प्रतिबन्धका कारण मानिसहरू घरबाटै काम गरिरहेका छन्, जसका कारण धेरै पटक कामको लागि बढी समय निकाल्नु परेको छ।इन्भाइरोमेन्टल इन्टरनेशनल जर्नलमा प्रकाशित यो अनुसन्धान लामो समयसम्म काम गर्दा जीवन र स्वास्थ्यमा पर्ने जोखिमहरूको पहिलो विश्वव्यापी विश्लेषण पनि हो। अनुसन्धान महामारीअघिको अवधिमा ध्यान केन्द्रित गरिएको थियो र अनुसन्धानका लेखकहरूले लाखौं मानिसहरूमा गरिएका दर्जनौं अध्ययनहरूबाट प्राप्त डाटा प्रयोग गरेका छन्।

    विश्व स्वास्थ्य संगठनको वातावरण, जलवायु परिवर्तन र स्वास्थ्य विभागकी निर्देशक मारिया नेइराका अनुसार हप्तामा ५५ घण्टा वा सोभन्दा बढी काम गर्नु स्वास्थ्यका लागि गम्भीर खतरा हो। ‘यसमा हामी सबै देशका सरकार, रोजगारदाता र कर्मचारीले ध्यान दिनुपर्ने बेला आएको छ। यो तथ्य हो कि लामो समय काम गर्दा अकालमा मृत्यु हुन सक्छ’, उनले भनिन्।यो अनुसन्धानले हप्तामा ३५ देखि ४० घण्टा काम गर्नेहरूको तुलनामा ५५ घण्टा वा सोभन्दा बढी काम गर्नेहरूमा स्ट्रोकको जोखिम ३५ प्रतिशत र मुटुसम्बन्धी रोगको जोखिम १७ प्रतिशतले बढी पाइएको देखाएको छ।विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् २०१६ मा हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्ने ३ लाख ९८ हजार व्यक्तिको मृत्यु स्ट्रोक र ३ लाख ४७ हजार व्यक्तिको मृत्यु हृदय रोगका कारण भएको अनुमान गरेको थियो।सन् २००० र २०१६ को बीचमा लामो समयसम्म काम गर्नेहरुमा हृदय रोगका कारण हुने मृत्युमा ४२ प्रतिशतले वृद्धि भएको पाइएको थियो भने स्ट्रोकबाट हुने मृत्युमा १९ प्रतिशतले वृद्धि भएको पाइएको थियो।रेकर्ड गरिएका मृत्युमध्ये धेरै जसो ६० देखि ७९ वर्ष उमेर समूहका मानिसहरू थिए।

    उनीहरुले ४५ देखि ७४ वर्षको बीचमा प्रतिहप्ता ५५ घण्टा वा सोभन्दा बढी काम गरेका थिए।लामो समयसम्म काम गर्नेको संख्या बढ्दै गएकाले यो प्रवृत्तिप्रति डब्लुएचओ चिन्तित छ। हाल विश्वको जनसङ्ख्याको ९ प्रतिशतले लामो समय काम गरिरहेका छन्।डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस भन्छन्, ‘कोभिड-१९ ले धेरै मानिसहरूको काम गर्ने तरिकामा उल्लेखनीय परिवर्तन ल्याएको छ। धेरै उद्योगहरूमा टेलिवर्किङ एक सामान्य बनिसकेको छ। जसले प्रायः घर र काम बीचको सीमाहरू धमिलो पार्छ। धेरै व्यवसाय वा उद्योगले पैसा बचाउन थोरै जनशक्तिमा धेरै काम पनि गराइरहेका छन् भने सञ्चालन समय पनि कम गरेका छन्। जसले गर्दा धेरै घण्टा काम गर्नेहरुको संख्या पनि बढिरहेको छ र यसले उनीहरुको स्वास्थ्य जोखिम पनि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑