वीरगंज । सोमबार सेयर कारोबार ५१ करोड ५८ लाख रुपैयाँमा खुम्चिएको छ । आइतबारको तुलनामा २९ करोडले कारोबार रकम खुम्चिएको हो । आइतबार ८० करोड ३५ लाखको कारोबार भएको थियो । बजारको परिसूचक नेप्से भने २.६ अंक घटेर १८५८ अंकमा झरेको छ ।
कुल ५३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १, होटल १०, निर्जीवन बीमा १२, अन्य ४ र ब्यापार उपसमूह १ अंक बढे । माइक्रोफाइनान्स ६, उत्पादन १८, जीवन बीमा २६, जलविद्युत् १४, विकास बैंक २७ र फाइनान्स १७ अंक घटेका छन् ।
अभियान लघुवित्त र सयपत्री हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स पावरको मूल्य १० प्रतिशत नै घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, प्रभु बैंक, रिडी पावर, हिमालयन डिस्टिलरी र प्राइम कमर्सियल बैंक क्रमश: अगाडि रहे ।