वीरगंज । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता हुने भएका छन् । निर्वाचन आयोगले नामावलीलाई अन्तिम रुप दिएर प्रत्येक मतदान केन्द्रमा पठाउँनका लागि फोटोसहितको मतदाता नामावली पनि छापेर ढुवानी थालिसकेको छ।आयोगकाअनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन्। मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना, वाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता छन्। आयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र तोकिएका छन्।
कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता?