• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तिहारमा साढे १३ करोडको माला,२० करोडको बत्ती, ४० करोडको भाइमसला आयात

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार १३:२६
  • १५६५

    वीरगंज । विशेषगरी दसैं र तिहारलाई आर्थिक चलायमान हुने पर्वकारूपमा लिइन्छ । यही समयमा वर्षभरीको करिब २० प्रतिशत आर्थिक चलायमान हुने अर्थविद्हरू बताउँछन् । विश्व बैंकले सार्वजनिक गरेको पछिल्ला तथ्यांकअनुसार सन् २०२१ मा औसत परिवारले वार्षिक ३ लाख ८० हजार खर्च गर्ने गरेका थिए । त्यसमध्ये २० प्रतिशत खर्च दसैं र तिहारमै गरेको तथ्यांक पाइएको थियो । यसअनुसार दसैंपछि तिहारलाई सबैभन्दा धेरै खर्च हुने पर्वका रूपमा लिइन्छ । यस समय विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ ।

    ४० करोडको भाइमसला
    नेपालीहरूले तिहारलाई दाजुभाइ र दिदीबहिनीको पर्वकारूपमा मनाउँदै आएका छन् । यस पर्वमा दिदिबहीनीले दाजुभाइको दीर्घायूको कामना गर्दै यमराजको पूजा गर्ने गर्छन् । सोहीकारण, यो पर्वमा दिदीबहीनीले दाजुभाइलाई भाइमसला उपहार दिने गर्छन् । भाइमसलामा काजु, किसमिस, नरिवल, छोकडा, अञ्जिर, ल्वाङ, सुपारी, सुकुमेल, पेस्ता, बदाम, अलैँची, खोरपानी, ओखर, दालचिनी र मिस्री आदि मिसाइन्छ । यस्तै, विभिन्न प्रकारका चकलेट र बिस्कुट समेत यसमा हुने गर्छन् । नेपाल खुद्रा व्यापार संघका निर्वतमान अध्यक्ष पवित्रा बज्राचार्यका अनुसार तिहारको समयमा यी वस्तुको व्यापार ४० करोड रुपैयाँसम्म हुनेगर्दछ । ‘अहिले ती वस्तुको व्यापार अन्य समयमा पनि हुन्छ । तर, विशेषगरी तिहारको समयमा भाइमसलामा मिसाएर बढी खपत हुने गर्छ,’ उनको भनाइ छ । तिहारको समयमा मात्रै करिब ४० करोड रुपैयाँभन्दा बढीको भाइमसला खपत हुने बज्राचार्यको भनाइ छ । भाइमसलामा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । र, ती वस्तुको आयात छुट्टाछुट्टै हुने गर्छ । आयातकर्ताले तिहारलाई नै लक्षित गरेर सबै प्रकारका वस्तु आयातमा करिब ४० करोड रुपैयाँ बराबर खर्च गर्ने गरेको संघको भनाइ छ । सबै वस्तु आयात गर्नुपर्ने भएकाले गत वर्षको तुलनामा यी वस्तुको मूल्य कम्तिमा २० प्रतिशतसम्म बढेको संघले जनाएको छ ।

    २० करोडको झिलिमिली बत्ती, मूल्य बढ्ने
    नेपाल विद्युतीय व्यवसायी महासंघले यो वर्षको तिहारमा करिब २० करोड रुपैयाँ हाराहारीको झिलिमिली बत्ती बिक्री हुने अपेक्षा लिएको छ । यो आँकलन सही भएमा गत वर्षको तिहारको तुलनामा ५० प्रतिशतले माग घटेको हुनेछ । गत वर्षको तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत भएको महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए । उनले रातोपाटीसँग भने, ‘अघिल्ला वर्षहरूभन्दा यो वर्ष आयात र बजारको खरिदबिक्री पनि छैन । अघिल्ला वर्षहरूमा जस्तो चहलपहल देखिएको छैन ।’ तिहारको चहलपहल लक्ष्मीपूजादेखि सुरू हुने भएकाले पनि व्यापार विस्तारै बढ्नेमा पौडेल आशावादी छन् ।’उज्यालोको चाड मानिने भएकाले तिहारमा अलि बढी झिलिमिली बत्तीको कारोबार हुने उनको भनाइ छ । तर, गत वर्षको तुलनामा बजारको माग ५० प्रतिशतले घटेको उनको भनाइ छ । कोरोना महामारीको अघिल्लो वर्षमा तिहारको समयमा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत हुनेमा पछिल्लो समय यसको माग घट्दै आएको महासंघको भनाइ छ । खासगरी, चीनतर्फका नाका बन्द हुँदा समुद्री मार्गमार्फत आयात गनुपर्ने बाध्यता छ । यस्तै, नेपाल राष्ट्र बैंकले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा समेत आयात घटेको र आयातित वस्तु महँगो हुँदा खपत घट्ने भएको पौडेलले बताए । यो वर्ष झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगो बन्नसक्ने अनुमान महासंघले गरेको छ । गत वर्ष समेत अघिल्लो वर्षको तुलनामा ३० प्रतिशले यस्ता वस्तुको मूल्य बढेको थियो ।

    साढे १३ करोडको माला
    यसैगरी, नेपाल फ्लोरिकल्चर एसोसिएशनले यो तिहारमा साढे १३ करोड रुपैयाँ बराबरको माला किनबेच हुने बताएको छ । यस वर्ष ११ करोड रुपैयाँ बराबरको २० लाख सयपत्री माला खपत हुन्छ । यस्तै, १ करोड ७० लाख रुपैयाँ बराबरको र ८० लाख रुपैयाँ बराबरको गोदावरी माला खपत हुन्छ । यो वर्ष गत वर्षको तिहारको तुलनामा १० प्रतिशतले मालाको खपत बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले यस वर्ष नेपालमा सबै प्रकारको फूलको उत्पादन बढेकाले आयात नबढ्ने बताए । ‘नेपालमा प्रत्येक तिहारमा सयपत्री फूलका माला मात्रै आयात हुँदै आएको छ,’ तामाङले भने, ‘गत वर्ष १८ लाख माला खपत हुँदा ३ लाख माला भारतबाट ल्याइएको थियो ।’ यस वर्ष २० लाखको माला खपत हुँदा समेत सोही मात्रामा माला आयात हुने उनको भनाइ छ । यो वर्ष ४ लाख २५ हजार मखमलीका माला र २० हजार गोदावरीका माला खपत हुने बताएको छ । एसोसिएसनले गत वर्षको तुलनामा यस वर्ष मालाको मूल्य बढ्ने जनाएको छ । यो वर्ष सयपत्री फूलको मालाको मूल्य स्थिर भएपनि मखमली र गोदावरी फूलको मालाको मूल्य बढ्ने एसोसिएसनले बताएको छ । मखमलीको फूलको मालाको मूल्य प्रतिगोटा १० रुपैयाँ र गोदावरी फूलको मालाको मूल्य प्रतिगोटा ५० रुपैयाँसम्म बढ्ने एसोसिएसनको आँकलन छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑