• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार ०६:४५
  • १९३७

    वीरगंज । तौल घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको कम खाने हो। तर, मोटोपनको समस्या भएका मानिसको लागि कम खानु सहज भने हुँदैन।उनीहरुलाई जति खाँदा पनि भोक नमरेको जस्तो लाग्छ, त्यसैले दिनानुदिन उनीहरुको मोटोपन घट्नुको सट्टा झन् बढ्दै जान्छ। यो समस्या समाधानको लागि शोधकर्ताहरुले एक तरिका फेला परेका छन्। जसले बढी तौल भएका मानिसलाई कम खाना खाँदा नै अघाएको जस्तो बनाउन सहयोग गर्छ। हङकङ बापटिस्ट युनिभर्सिटीको टोलीको नेतृत्वमा गरिएको अध्ययनमा उनीहरुले भोक मेटाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने इन्जाइम पत्ता लगाएका हुन्। यसको आधारमा आगामी दिनमा मोटोपन घटाउने औषधि पनि विकास गर्न सकिने उनीहरुले बताएका छन्। नेचर मेटाबोलिज्म जर्नलमा प्रकाशित उक्त निष्कर्ष बढ्दो क्रममा रहेको मोटोपनको समस्या समाधानको लागि निकै महत्वपूर्ण हुन सक्ने शोधकर्ताहरुले बताएका छन्।

    अधिक तौलले मानिसहरूलाई हृदयाघात, मधुमेह र क्यान्सरजस्ता प्राणघातक रोगको जोखिम बढाउँछ। त्यसैले मोटोपन कम गर्न वैज्ञानिकहरु नयाँ उपायको खोजीमा लागेका हुन्। डा जेभियर वोङ होइ–लेओङ र प्रोफेसर बियान झाओक्सियाङको नेतृत्वको वैज्ञानिकको टोलीले मानिसको मस्तिष्कमा भोक मेटिएको संकेत दिने इन्जाइम पत्ता लगाएका हुन्। यसलाई मेम्ब्रेन–टाइप १ म्याट्रिक्स मेटालोप्रोटिनेज ९एमटी१–एमएमपी० भनिन्छ। वोङले अनुसन्धानको क्रममा मानिसको भोकको नियमनको लागि एमटी१–एमएमपीको भूमिका रहने गरेको पाइएको बताए। यो अनुसन्धानले मोटोपनको उपचारको लागि यसले आशालाग्दो संकेत दिएको पनि उनले बताए। एमटी१–एमएमपीको प्रयोग गरेर औषधि विकास गर्नु व्यावहारिक परिवर्तन हुन सक्ने उनको भनाइ छ। विश्वव्यापीरुपमा गरिएको यो अनुसन्धान टोलीमा हङकङ युनिभर्सिटी, चाइनिज युनिभर्सिटी अफ हङकङ, युनिभर्सिटी अफ टेक्सास र हेल्सिन्की युनिभर्सिटीका वैज्ञानिक पनि सामेल थिए। वैज्ञानिकहरूले मोटो मुसाहरूको समूह बनाए र उनीहरूलाई फ्याटयुक्त आहार खुवाए र तिनीहरूको भोक मेटाउने संकेत दिने मस्तिष्कको नसामा एमटी१–एमएमपी घटाउँदै लगे र सोही खाना सामान्य मुसालाई पनि खुवाए।

    त्यसको १६ सातापछि एमटी१–एमएमपी घटाइएका मुसाले १० प्रतिशत कम खाना खाए। सो क्रममा उनीहरुको तौल पनि अन्य मुसाको भन्दा ५० प्रतिशत कम बढ्यो। यो अध्ययनले एमटी१–एमएमपीको मात्रा घटाउँदा मुसालाई मोटोपनबाट बचाउन सकिने देखाएको हो। शोधकर्ताको समूहले मोटो मुसाको मस्तिष्क पाइने एमटी१–एमएमपीको मात्रा पनि बढ्ने गरेको पत्ता लगाएको थियो। यसले पनि मोटोपन बढी भएका मानिसको तौल बढ्नुको कारण आफैं एमटी१–एमएमपीको मात्रा बढ्नु पनि हुन सक्ने अध्ययनको निष्कर्ष छ। यो अध्ययनको अबको चरण भनेको एमटी१–एमएमपीलाई आधार बनाएर औषधि विकास गर्नु हो। अध्ययनको क्रममा मुसाहरुले एमटी१–एमएमपीलाई रोक्ने विशेष तटस्थ एन्टिबडी विकास गरिएपछि भने मुसाहरुले कम खाएका थिए। यो अध्ययनको निष्कर्षले आगामी दिनमा एमटी१–एमएमपीलाई रोक्ने प्रक्रिया अपनाएर औषधि वा उपचार पद्धतिको विकास गर्न सकिने देखाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑