• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जमराको जुस: फाइदा छ तर औषधि होइन

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार ०६:२१
  • १९८९

    वीरगंज । दसैंको दिन नेपालीको निधारमा टीका र कानमा जमरा सिउरिएको देखिन्छ। धार्मिक महत्व बोकेको जमरा दसैंमा लगाउने मात्र होइन, जुस बनाएर सेवन गर्न पनि लाभदायी मानिन्छ। यद्यपि, जमराको जुसका विषयमा विभिन्न समयमा बहस हुँदै आइरहेको छ।जमराको जुसले फाइदा गर्छ भन्ने सुनेको भरमा जुस खान लाइन बस्नेहरु पनि भेटिएका छन्। कतिपयले जमराको जुस खानु शरीरका लागि हानिकारक मान्छन् भने कतिपयले फाइदा। जमराको जुस पिउनु शरीरका लागि हानिकारक हो या फाइदा, यस विषयमा सर्वसाधरण, विज्ञहरुको समेत फरक–फरक धारणा रहेको छ। आखिर जमराको जुस पिउनु शरीरका लागि फाइदा छ कि बेफाइदा ? स्वास्थ्य खबरपत्रिकाले यस विषयमा आयुर्वेद चिकित्सक, आधुनिक चिकित्सातर्फ कलेजो रोग विशेषज्ञ र सर्वसाधारणसँग कुराकानी गरेको छ। सर्वसाधारणले जमराको जुसका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वा आयुर्वेद विभागले नै आधिकारिक जानकारी सार्वजनिक गर्नुपर्ने बताएका छन्। आयुर्वेद चिकित्सकले जमराको जुसमा शरीरलाई फाइदा गर्ने तत्वहरु पाइने भएकाले मात्रा मिलाएर सेवन गर्नु लाभदायक हुने जानकारी दिएका छन्। आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष डा प्रकाश ज्ञवाली भन्छन्, ‘जमराको जुसमा शरीरलाई फाइदा गर्ने धेरै तत्वहरु पाइन्छन्। मात्रा मिलाएर आयुर्वेद चिकित्सकको सल्लाह अनुसार सेवन गर्दा शरीरलाई फाइदा गर्छ। तर यो कुनै रोगको औषधि भने होइन। जमराको जुसलाई औषधिका रुपमा प्रेस्काइब गर्न मिल्दैन।’

    आधुनिक चिकित्सातर्फका चिकित्सकले भने जमराका विषयमा वैज्ञानिक अध्ययन गरेर आधिकारिक जानकारी दिनुपर्ने बताएका छन्। जमराको जुस धेरै मात्रामा मनलाग्दी रुपमा सेवन गर्दा कलेजोमा समस्या भएर उपचारका लागि पुग्ने गरेका बिरामी समेत भेटिएको उनीहरु बताउँछन्। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कलेजो रोग विशेषज्ञ डा रविन हमाल भन्छन्, ‘जमरामा रहेका केही तत्वले शरीरलाई फाइदा पु¥याउला। तर त्यसो भन्दैमा हरेक रोग निको हुन्छ भन्ने मान्यता राखेर जमराको जुस पिउने कुरा गलत हो।’वीर अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा सुधांशुु केसी पनि जमराको जुसले सबै रोग निको हुन्छ भन्दै भ्रममा परेर सेवन गरेका कलेजोका बिरामीमा झन् जटिल समस्या निम्तिरहेको बताउँछन्। उनले यस विषयमा सामाजिक सञ्जालमा नै लेखेर ‘जमराको जुस सबै रोगको औषधि हो र यसको साइड इफेक्ट छैन’ भन्ने कुरामा विश्वास नगर्न आग्रह गरेका थिए। ‘जमराको जुस सेवन गरेर पीडित भएका एक जना कलेजोका बिरामी अस्पताल भर्ना भएका छन्। जमराको जुसले सबै रोग ठिक पार्छ र यसको साइड इफेक्ट छैन भनेर प्रचार गर्नेलाई केही त गर्नैपर्ने भयो। नत्र थुप्रै बिरामी सहिद हुनेवाला छन्। लिभर सिरोसिस भएका व्यक्तिले खाँदा बेहोस भएर यसै हप्ता मात्र दुई जना बिरामी अस्पताल भर्ना भइसके। एक जना अहिले आइसियुमा छन्,’ डा केसीले भने। आयुर्वेद चिकित्सक डा ज्ञवाली पनि कलेजोको रोग तथा अन्य दीर्घ रोग वा समस्याको उपचार जमराको जुस नभएको बताउँछन्। ‘आयुर्वेद चिकित्सकले जमराको जुसलाई कुनै उपचारका लागि प्रेस्काइब गर्दैनन्। यो कुनै रोगको उपचारका लागि होइन,’ उनी भन्छन्, ‘जमराको जुसमा एन्टिअक्सिडेन्ट पाइने हुँदा यसले शरीरमा भएका बिकारहरुलाई बाहिर निकाल्छ। जमरामा एन्टिअक्सिडेन्टसहित केही खनिज तत्वहरु हुने भएकाले ती तत्व स्वास्थ्यका लागि लाभदायक मानिन्छन्। तर यसो भन्दैमा आफ्नो स्वास्थ्य अवस्था राम्रो छैन। जस्तै– लिभर सिरोसिस जस्ता समस्या छ भने सेवन गर्नु हुँदैन। दीर्घ रोगी र अरु बिरामीले पनि चिकित्सकसँग सल्लाह गरेर मात्रै पिउनु पर्छ।’

    जमरा के हो, के–के पाइन्छ ?
    जौ र गहुँबाट उम्रिएको लामो पात जस्तो आँकुरालाई जमरा भनिन्छ। सामान्यतया जमरा दसैंमा धेरैको घरमा उमारिन्छ। तर पछिल्लो समय स्वस्थ रहन जमराको जुस बनाएर बिक्री गर्ने व्यापारीले समेत नियमित रुपमा उमार्ने गरेका छन्। जौ र गहुँको जमराको जुसमा शरीरलाई फाइदा गर्ने धेरै तत्व पाइन्छ। रोगको उपचारका लागि भन्दा पनि शरीरका बिकार फाल्न, पाचन शक्ति राम्रो बनाउन, शक्ति प्रदान गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन यसको सेवन गर्ने प्रचलन बढेको आयुर्वेद चिकित्सकहरु बताउँछन्।

    विशेषगरी गहुँको जमरा नियमित सेवन गर्नु लाभदायी हुने बताइन्छ। गहुँको जमराको रसमा एमिनो एसिड, भिटामिन र प्रोटिनको मात्रा पर्याप्त पाइने हुनाले शरीर सन्तुलन कायम गर्न र स्फूर्ति बढाउन उपयोगी रहन्छ। गहुँको जमराको रसमा क्लोरोफिल बढी हुन्छ जसले हेमोग्लोबिन बढाउँछ र रगतमा अक्सिजन सञ्चार राम्रो बनाउन सहयोग गर्छ। जसका कारण रातो रक्त कोषिका र सेतो कोषिका निर्माणमा सहयोगी भूमिका रहन्छ। गहुँको जमराको रसमा भिटामिन ‘ए’को मात्रा बढी हुने हुनाले आँखाका लागि पनि उपयोगी रहन्छ। गहुँको जमरामा प्राकृतिक पोषण तत्व र एन्टिअक्सिडेन्टको मात्रा बढी हुने हुनाले यौवनमा बढावा ल्याउँछ। यति मात्र नभई कपालमा चाया पर्ने समस्याका लागि गहुँको जमराको रसले कपाल धुने र १५ मिनेटपछि पखाल्ने हो भने फाइदाजनक हुन्छ।

    गहुँको जमराको जुसले रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्छ। यसमा हुने एन्टिअक्सिडेन्टले शरीरबाट बिकारहरु बाहिर निकाल्न मद्दत पु¥याउँछ। जमराको जुसमा क्लोरोफिल र फाइबरको मात्रा बढी हुने हुनाले पाचन क्रियामा अत्यन्तै उपयोगी रहन्छ। गहुँको जमराको जुसले दाँत र गिजालाई मजबुत राख्नुका साथै मुख गन्हाउने, गिजाबाट रगत बग्ने समस्यामा समेत उपयोगी रहन्छ। यसमा एन्टिसेप्टिक गुणसमेत हुने हुनाले कुनै घाउ वा किराले टोकेको स्थानको विष सफा गर्न समेत प्रयोग गर्न सकिन्छ।

    जमराको जुस कति पिउने?, कहिले पिउने?
    आयुर्वेद र आधुनिक चिकित्सकहरुका अनुसार जमराको जुस कुनै पनि रोगको उपचारका लागि भनेर सेवन गर्ने औषधि होइन। बिरामीले आफ्नो रोग तथा समस्या निको हुन्छ भनेर जुस सेवन गने तर्फभन्दा पनि चिकित्सकको सल्लाह–सुझाव मान्नु उपयुक्त हुने उनीहरु सुझाव दिन्छन्। रोग प्रतिरोधात्मक क्षमता बढाउन, शरीरमा रहेको विषाक्त पदार्थ फाल्न आयुर्वेद चिकित्सकसँगको सल्लाहमा कुनै दीर्घ रोग नभएकाले यसको सेवन गर्न सकिने बताइएको छ। सामान्यतया बिहानै खाली पेटमा गहुँको जमराको जुस पिउनु फाइदाजनक रहन्छ र अरु समयमा पिउँदा आधा घन्टा अगाडि र आधा घन्टा पछाडि केही पनि खानु हुँदैन।

    के भन्छन् कलेजो रोग विशेषज्ञ
    जमराको जुस नखान सल्लाह दिन्छु
    डा रविन हमाल
    जमरामा केही तत्वहरु छन् जसले शरीरलाई फाइदा पु¥याउला तर त्यसो भन्दैमा हरेक रोग निको हुन्छ भन्ने मान्यता राखेर जमराको जुस पिउने कुरा गलत हो। मेडिकल साइन्समा अहिलेसम्म जमराको जुसको विषयलाई लिएर खास कुनै परीक्षण भएको छैन। कतिपय मानिस कलेजोको बिरामी भएर आउने गरेका हुन्छन्। उनीहरु– जमराको जुस खानु फाइदा कि बेफाइदा भनेर सोध्ने गर्छन्। हामी एउटै उत्तर दिन्छौँ, ‘मेडिकल परीक्षण नभएकाले शरीरलाई कति राम्रो, कति नराम्रो भनेर भन्न सकिने अवस्था छैन। ल्याब परीक्षण नभएको भएर नखाँदा नै राम्रो होला। जमराको जुसमा हुने एलर्जिक तत्वका कारण पेटको खराबी हुने, झाडाबान्ता हुने समस्या देखिन सक्छ। हरेक हरियो बिरुवामा केही न केही तत्व हुन्छ। जस्तै– एन्टिअस्सिडेन्ट। तर पनि जमराको जुस खाँदा शरीरलाई सबै किसिमले राम्रो हुन्छ भन्ने कुनै आधार नै छैन।’ म एउटा कलेजो विशेषज्ञको नाताले यथेष्ट कुनै आधार नभएको हुनाले जमराको जुस नखान सल्लाह दिन्छु। क्यान्सरदेखि कुनै पनि दीर्घरोग निको हुन्छ भन्ने ठान्छौं भने त्यो भ्रम हो।

    मेडिकल प्रमाण नभएकोले भन्न गाह्रो छ
    डा रमेशसिंह भण्डारी
    जमरा बाहेक अन्य फलफूल जस्तै– मौसम, सुन्तलाको जुसमा एन्टिअक्सिडेन्ट हुने र मेडिकल साइन्सले पनि यस्ता फलफूलजन्य जुस खाँदा शरीरमा रोग प्रतिरोधी क्षमता राम्रो हुने र शक्तिबद्र्धक हुने बताउँछ। तर कुनै मेडिकल प्रमाण बिना यो भन्न गाह्रो छ कि, जमराको जुस खानु शरीरलाई फाइदा छ या बेफाइदा। कतिपय चाइनिज आर्टिकलमा जमराको जुस खानु शरीरलाई फाइदा छ भनेर लेखेको पाइएको छ। तर हामी आधुनिक मेडिसिन अभ्यास गर्ने डाक्टरले कुनै पनि वैज्ञानिक आधार नभई यो राम्रो भन्न सक्ने अवस्था छैन। जमराको जुस पिउनेहरुलाई एउटै सल्लाह के हुन सक्छ भने, जुन कुराको कुनै प्रमाण छैन त्यो नखाँदा नै राम्रो होला। भोलिका दिनमा कुनै ठोस वैज्ञानिक आधार आउँदाको दिन खानु राम्रो या नराम्रो भनेर त्यहीँ छुट्टिएला।

    जमराको जुस पिउँदा यी कुरा ख्याल गरौं
    डा प्रकाश ज्ञवाली
    आयुर्वेद चिकित्सक
    जमराको जुसले सबै रोगलाई निको पार्दैन। तर जमराको जुसमा एन्टिअक्सिडेन्ड हुनाले शरीरमा भएका बिकारहरुलाई बाहिर निकाल्छ। यो विज्ञानले पनि प्रमाण गरेको कुरा हो। जमरामा एन्टिअक्सिडेन्ड र केही खनिज तत्वहरु हुने भएकाले ती तत्व स्वास्थ्यका लागि लाभदायी मानिन्छ।तर, हामीले जमराको जुुस कसरी प्रयोग गर्दैछौँ भन्ने कुरामा विषेश ध्यान दिनुपर्छ। जमरा कसरी उत्पादन गरेका छौं, जुस कसरी बनाएका छौँ, प्रयोग कसरी गर्दैछौं, जमराको जुस बनाउँदा र पिउँदै गर्दा उपयोग गर्ने सामान जस्तै– जुस बनाउने मेसिन, पिउने ग्लास, जमरा उमार्दा प्रयोग गरिने पानी, माटो र मल जस्ता कुराले फरक पार्छ। जमराको जुस आफैंमा राम्रो हो। तर हामीले जमराको जुस उमार्ने बेला कुनै विषादी मलको प्रयोग गर्नु भएन। पानी र माटो शुद्ध हुनुप¥यो। बनाउने मेसिन र खाने भाँडा सफा हुनुपर्‍यो। भारत तथा युरोपेली देशमा जमराको जुसबारे धेरै अनुसन्धान भएका छन्। जसमा शरीरलाई जमराको जुस फाइदाजनक मानिएको छ। कुनै पनि विषादी प्रयोग नगरी शुद्ध रुपमा उमारिएको जमराले स्वास्थ्यलाई फाइदा गर्ने कुरा अध्ययनले नै देखाएको छ।कुनै आर्युवेद चिकित्सकले जमराको जुसलाई कुनै उपचारका लागि प्रेस्काइब गर्नु हुँदैन। यो कुनै रोगको उपचारका लागि होइन। तर स्वस्थ रहन प्रकृतिमा पाइने धेरै चिजमध्ये जमराको जुस स्वास्थ्यका दृष्टिकोणले आफैंमा राम्रो रहेको छ। तर यसो भन्दैमा आफ्नो स्वास्थ्य अवस्था राम्रो छैन, जस्तै– सिरोसिस जस्ता समस्या छ भने यसको सेवन गर्नु हुँदैन। दीर्घ रोगी र अरु बिरामीहरुले पनि आफ्नो स्वास्थ्यका विषयमा चनाखो रहेर चिकित्सकसँग सल्लाह गरेर मात्रै पिउनु पर्छ। शरीरमा रहेको मन्द प्रकारको विषलाई पखालेर रगत शुद्धीकरण गर्न जमराको जुस राम्रो मानिन्छ। जसले गर्दा शरीरका अन्य अंगहरु प्रकृतिक हिसाबले सुचारु हुन्छन्। लामो समयसम्म कुनै औषधि प्रयोग नगरी स्वस्थ रहन पनि जमराको जुसको महत्व छ। रोग रोकथामका लागि जमराको जुस प्रयोग गर्न सकिन्छ तर उपचारका लागि होइन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑