• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विराटनगरमा डेंगुबाट महिला बढी संक्रमित

  • वीरगंज संजाल
  • ३० आश्विन २०७९, आईतवार १८:२३
  • १६३७

    विराटनगर । विराटनगरमा डेंगुबाट पुरुषको तुलनामा महिला बढी संक्रमित बनेको पाइएको छ। महिला बढी संक्रमित हुनुलाई विज्ञहरूले अनौठो मानेका छन्। विराटनगर महानगरपालिकामा हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। महानगरका अनुसार संक्रमित हुनेमध्ये ५० जना महिला र ४० जना पुरुष छन्। तथ्यांकले महिला धेरै संक्रमित भएको पुष्टि गर्छ। विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरूले उपलब्ध गराएको विवरणका आधारमा महानगरले तथ्यांक संकलन गरेर आइतबार सार्वजनिक गरेको हो। विज्ञका अनुसार प्रकोपका रूपमा फैलिइरहेको डेंगुबाट अन्य स्थानमा पुरुष बढी संक्रमित भइरहेको तथ्यांक छ। तर विराटनगरमा भने महिला धेरै प्रभावित बनेका हुन्। विराटनगरको डेंगुको तथ्यांक अन्यत्रको भन्दा विपरीत र भिन्न खालको आएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डा. सुरेन्द्रकुमार उराँवले जानकारी दिए। ‘मुलुकका अरू स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै छ। विराटनगरमा धेरै महिला हुनु अनौठो विषय हो,’ उनले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक खालको छ। गहिरो अनुसन्धान गरेर यसको कारण पत्ता लगाउन आवश्यक देखियो।’

    डा. उराँवले लामखुट्टे (मच्छर)को टोकाइबाट हुने डेंगुको संक्रमणबाट महिला बढी प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको बताए।’काम वा अन्य कुनै सिलसिलामा महिलाभन्दा पुरुष बाहिरफेरो बढी जान्छन्। हर्मोनका कारण पुरुषमा बढी लामखुट्टे आकर्षित हुन्छ,’ उनले भने, ‘त्यो हिसाबले पुरुष बढी संक्रमित हुनुपर्ने हो। तर महिला बढी संक्रमित हुनु एउटा नयाँ खोज एवं अनुसन्धानको विषय बनेको छ।’ उनको विचारमा घरमै सक्रिय भएका बेला लामखुट्टेको टोकाइका कारण धेरै महिलामा संक्रमण पुष्टि भएको हुनसक्छ। महानगरका अनुसार विराटनगरमा अस्थायी रूपमा बसोबास गर्नेहरू डेंगुबाट बढी संक्रमित भएको पाइएको छ। विराटनगरमा घर नभएका र डेरामा बसोबास गरिरहेकाहरू डेंगुबाट धेरै संक्रमित भइरहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए। यसले बाहिरफेरो धेरै आवतजावत गर्नेहरू बढी संक्रमित भएको पुष्टि हुने उनको भनाइ छ। अलीका अनुसार विराटनगरको १, ३, ४ र ५ नम्बर वडा डेंगुका कारण सबैभन्दा बढी प्रभावित बनेका छन्। विराटनगरका १९ वटा वडामध्ये हालसम्म ६, १२, १३, १५ र १८ नम्बर वडामा डेंगुका संक्रमित भेटिएका छैनन्। अन्य १४ वटा वडा डेंगुबाट प्रभावित बनिसकेको उनले बताए।

    ‘डेंगु नियन्त्रणका लागि सबै वडामा स्प्रे (औषधि छिर्किने) गर्नेदेखि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नेसम्मका काम भइसकेको छ,’ अलीले भने, ‘आवश्यक सामग्रीको व्यवस्थापन गर्दै महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामार्फत निःशुल्क जाँचको व्यवस्था मिलाइएको छ।’ साथै निःशुल्क रूपमा पारासिटामोल र जीवनजल वितरण पनि भइरहेको जानकारी उनले दिए। डेंगु नियन्त्रणका लागि प्रत्येक आइतबार बिहान १० देखि १०:३० बजेसम्म लामखुट्टेका लार्भा र प्यूपा ‘खोज तथा नष्ट’ (सर्च एन्ड डिस्ट्रोए) अभियान सञ्चालन गरिने अलीले बताए। डेंगु नियन्त्रण अभियानअन्तर्गत मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले आइतबार सरोकारवाला निकायहरूसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो। विराटनगरका विभिन्न स्वास्थ्य संस्था, क्लिनिक र ल्याब (प्रयोगशाला)हरूमा डेंगुको परीक्षण हुने गरेको प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका प्रमुख जयबेन्द्र यादवले बताए। तर, यकिन तथ्यांक भने कसैले पनि उपलब्ध नगराउने गरेको उनको भनाइ छ। यादवले आधिकारिक तथ्यांक उपलब्ध भएमा मात्रै डेंगु नियन्त्रण सहज हुने स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑