वीरगंज । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दिएको रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले ‘स्वतन्त्र उम्मेदवार जिताउँ अभियान’ सुरु गरेका छन् ।
मधेश प्रदेशका आठ जिल्लामा स्वतन्त्र उम्मेदवारीहरूको जित आवश्यक रहेको भन्दै साहले प्रदेशका आठै जिल्लामा जिल्ला संयोजक तोकेका छन् । साहले पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई संयोजक बनाएका छन् ।
एमालेले जसपासँग तालमेल गरेपछि साहले रौतहट- ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पक्षीय नेताहरूले मधेस प्रदेशका विभिन्न जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरूलाई जितनउनका लागि भन्दै साहले यो अभियान सुरु गरी जिल्ला संयोजक तोकेका हुन् ।