वीरगंज । बितेको ६अप्रिल २०२२ मा अमेरिकी साइबर सुरक्षा फार्म रिकार्डेड फयुचरले एउटा आश्चर्यजन कुरा खुलासा गरेको थियो । उसको आरोप थियो ,चीनीया राज्यसत्ताले आफ्ना प्रायोजित हैकर्सको माध्यमबाट लद्दाखमा भारतको बिजली ग्रिडहरुलाई नै निशाना बनाएको छ । यी बिजली ग्रिडहरुमा माथीको आक्रमण चीनको साइबर जासूसी अभियानको एउटा टेलर मात्र थियो । उक्त जासुसी अभियानको मुख्य उदेश्य भारतको इलेक्ट्रोनिक संजाल माथीको अक्रमणसंगै त्यभित्र रहेको संकलित डाटालाई हत्याउनु नै मुख्य उदेश्य भएको भारतीय बुझाइ थियो । यसका साथै पुन भविष्यमा युद्धको समय आइपर्यो भने त्यसलाई पुर्णरुपले निश्कृय पार्नसकिन्छ कि ?को तैयारी पनि हो । साइबर जासूसी मुहिम चीनको ठुलो वैश्वीक जासुसीको ठुलो रणनीतिको मुख्य भाग पनि हो । मुख्यत लगभग एक दशक देखि चिन आफ्ना प्रतिद्धन्दि भारत, अमेरिक,जपान बृटेन लगायतका मुलुकहरुमाथी व्यवस्थित रूपले आक्रामक साइबर अप्रेशनहरु चलाउदै आएको उनीहरुको आरोप छ । यती मात्र होइन नीदरलैंड्स, यूनाइटेड किंगडम, आस्ट्रेलिया र अमेरिका जस्ता कतिपय मुलुक, वोडाफÞोन र माइक्रोसाफÞट जस्ता व्यापारीक कम्पनिहरुका डाटा चिनद्धारा संकलित गरिएको आरोप छ ।अमेरिका र चिन दुबैले एक अर्का माथी साइबर आक्रमण गरिएको अरोप प्रतयारोप लगाउदै आएका छन् ।अमेरिकले चीन वैश्विक स्तरमा नै सघन रूपले से हैकिंगसंग सम्बन्धित हरेक गतिविधिमा लागेको आरोप लगाउदै आएको छ ।
यति मात्र होइन सुरक्षा बाहेक चिनले स्वास्थ्य र संचार क्षेत्र लगायतका जनसेवी संरचना माथी पनि आक्रमण गर्दे आएको आरोप छ ।जसका माध्यमबाट व्यक्तिगत गपनियताहरुलाई समेत चिनले चोर्ने गरेको अमेरिकि कम्पनिहरुको गम्भिर आरोप छ । सन् २०२०को सुरुमा लिटिल पान्डाजÞ वर्ल्ड एडवेंचर नामको एउा वीडियो गेम गुगलको प्ले स्टोर र एप स्टोरबाट हटाउनु पर्यो ।यो वीडियो गेम को निर्माण चीन स्थित झी योंग इन्फार्मेशन टेक्नोलोजीले गरेको थियो ।यस्तैं ड्रीमवर्क्स एनिमेशन र शंघाई स्थित पर्ल स्टूडियोद्वारा निर्मित फिल्म एबामिनेबललाई फिल्महाउनहरुबाट उटाउनु पर्यो ।यी दुबै घटनामा साउथ चाइना समुन्द्रमा चीनको दावेदारी हुने नाइन डैश लाइन दिखाइएको थियो ।यस्तै नेटफ्लिक्सको एउटा अर्को शो– पुट योर हेड आंन माय शोल्डरलाई पनि सेन्सर गर्नु किनकि त्यसमा पनि समुन्द्रमा नाइन डैश लाइन भएको नक्शा देखाइएको थियो । यसो त हुन सक्छ कि जनताको बीच लोकप्रिय संस्कृतिमा राजनैतिक कुराको कुनै खास असर नपर्न सक्छ ।तर,यसता कुनै झुठो कुरालाई पटक पटक प्रेशित गरियो भने गÞैर–कÞानूनी दाबी पनि सांचो बनाउने कुरालाई ठुलो सहयोगी बन्न सक्छ । तर पटक पटक यस्तो गैरकानुनी दाबीलाई साचो बनाउनु नै नेटफ्लिक्सको मुख्य उदेश्य हो ।यो अंतरराष्ट्रीय समुद्री कÞानूनको खुला उल्लंघन हो ।फैशन र जन संस्कृतिको माध्यमका यस्ता सांकेतिक भ्रमिति जानकारी जनताको मनाबिज्ञान र इतिहास तथा भूगोलको जानकारीलाइ प्रभावित गर्ने राष्ट्रिय जासुसी रणनिति हो । सैन्य बल होस वा त्यसको तटीय रक्षासंग सम्बन्धित कानून यो सबै कुरा मुख्य रुपमा चिनको त्यो उदेश्यका प्रमाणित गर्दछ जसको आधारमा आफ्नो क्षदम जासुसि अभियान चलाइ रहेको छ ।उक्त अभियान चीनले छिमेकमा मात्र नभइ उसले हिंद प्रशांत क्षेत्रमा र आफ्नो बेल्ट एन्ंड रोड इनिशिएटिव (बीआरआइ)को माध्यमबाट पुरै यूरेशियामा आफ्नो प्रभाव क्षेत्र विस्तार अभियानमा लागेको छ ।‘प्रभाव क्षेत्र स्वरूप’ को मुख्य उदेश्य चीन आफ्नो राजनीतिक र कूटनीतिक असर मात्रै बढाइरहेको छैन ।त्योभन्दा पनि उसले आफ्ना अत्याधिक संसाधन, सेना, नौसेना र त्यसमा प्रयोग गरिने साइबर प्राविधिकमा प्रयोग गरिरहेको छ ।जसको माध्यमबाट उसको जासुसी सयन्त्र बनिलो बनेको छ ।चीन ठुलो रणनीतिक रुपले आफ्नो क्षेत्रीय महत्वाकांक्षाहरुलाई तिब्र गतिमा अगाडि बढाउदै आक्रामक रुपमा अघी बढेको छ ।जसमा दक्षिणी पूर्वी एशिया, चीन को लागी सबै भन्दा सजिलो लक्ष्य बनेको छ ।यसमा हिन्ंद प्रशांत क्षेत्रीय मुलकहरु होउन वा अन्य देश यसमा चीन आफ्नो जासुसी पकड बढाउदै गएको छ ।
कुनै बेला स्लोमोसन कथानकमा आधारित फिल्मको एक उत्कृष्ट उदाहरण, तर एकै समयमा एक निश्चित अपराधी साजिश सोभियत जासूसी फिल्ममा पहिला खुबै देखिन्थे । निस्सन्देह, त्यहाँ धेरै मनपर्ने विशेष जासुसीय प्रभावहरू र अविश्वसनीय घटनाहरु एक्कासी सृजना हुन्थ्यो , तथापि, यी फिल्मीचित्रहरू, सोभियत युगीन छायांकनको अन्य उदाहरण, आराम र निरपेक्ष रूपमा भोग्ने एक उत्साहित राम्रो तरिका हुन्थ्यो । ठिक यसै गतिमा अहिले चिनीया जासुसीकरण छिमेकमा बढेको छ । जुन एशियाकै राजनैतिक समिकरणलाई उथल–पुथन पार्ने नराम्रो संकेतको सुचक पनि हो ।
भारत र चीनको द्विपक्षीय सम्बन्ध राजनैतिक समयको तापक्रम अनुसार शत्रुता, मित्रवत प्रतिस्पर्धा र सहकार्यको ढाँचाबाट अघि बढेकोलाई अन्यथा ठान्नु हुँदैन । तर दक्षिण एशियामा बढेको चिनीया हस्तक्षेपले राजनैति समिकरणमा अप्रत्यासित परिवर्तन ल्याउन सक्ने स्वभावीत दाबीलाई नकार्न सकिदैन । यो अभियान अन्तर्गत चिनको कतिपय षडयन्त्र मुलक सैन्य तथा कुटनैतिक रुचिलाई छिमेकमा स्थापित गराउने कार्यमा लागेको छ , चीनी इंटेलिजेंस सर्विसेज(सीआईएस)। कुनै पनि मुलुक आर्थिक, समाजिक र सांस्कृतिक उन्नतीको दिशामा प्रयास गर्छ र यो अधिकार पनि छ, उसलाई । तर त्यसको लागि छिमेकि मुलुकको सम्ंप्रभुता लत्याउने कुरा असहय हुन जान्छ । अरु मुलुकमा आफ्नो सैनिक वा कुटनैतिक सम्प्रभुता जमाउन खोजनु कुनै पनि अर्थमा उचित होइन । चिनको नेपाल,पाकिस्तान,बंगलादेश,श्रीलंका लगायतका छिमेकमा बढेको नांगो हस्तक्षेपका कारण भारत र चीन सम्बन्धमा पश्चिमा शक्ति प्रवेश गर्दै गएको परिदृश्यलाई नकार्न सकिदैन ।जसका कारण नेपाल लगायत साना मुलुकहरु वैदेशिक बिषय तथा राष्ट्रिय हितका मुदाहरु बढी जटिल बन्नु समय सपेक्ष लिन सकिन्छ । चीनको दक्षिण एशिया लगायत छिमेकमा बढको गुप्तचरी उदेश्यले छिमेकि माझ ठुलो ‘त्रासदी’ उत्पन्न हुनु स्वभावीक हो । चीनले बढाएका बाछिटा एसिया मात्रै होइन विश्वका अधिकांस लोकतान्त्रि शक्तिहरुलाई एक थलोमा आउने बाध्यात्मक परिस्थिती पनि हो । यो गुप्तचरी मायाजाललाई समझिदै, सुरक्षित रूपमा मान्न सकिन्छ कि चाइनिज गुप्चर संस्था सीआईएस भारतलाई टार्गेट गर्दै नेपाल लगायत दक्षिण एसियाको साना तथा छिमेकि मुलुकहरुमा आफ्नो ध्यान केंद्रित गर्दै अगाडि बढेको छ । जसको परिणाम स्वरुप उसका केहि अपरेशनहरु बिगतका समयमा एकस्पोज भएका समाचार आउन थालेपछि सिआइएस केहि स्टेप पछाडि हटे पनि, त्यो उसको वास्वकिताको ट्रेलर मात्रै भएको कुरालाई नर्कान सकिदैन ।
साभाल : मधसखबर