• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

  • वीरगंज संजाल
  • Oct 15, 2022, 11:17 pm
  • १३६१

    वीरगंज । गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो । गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने दम्पतीले शारीरिक सम्बन्ध बनाउन मिल्छ । तर यदि गर्भावस्थाको बेलामा रक्तस्राव भइरहेको छ, साल तल बसेको छ, पहिलो बच्चा समय अगावै जन्मिएको छ भने शारीरिक सम्बन्ध नराख्नु नै उचित हुन्छ । गर्भवती भएको ९ महिनासम्म महिलाको इच्छा छ भने जुनसुकै समयमा पनि सम्बन्ध राख्न सकिन्छ । यदि सम्पर्क राख्दा महिलालाई अत्यधिक पेट दुख्ने, यौनांग चिलाउने वा उसलाई इच्छा छैन भने चाहिं सम्बन्ध नराख्नु नै उचित हुन्छ ।

    गर्भको बच्चालाई असर पर्दैन
    गर्भवती महिलालाई कुनै पनि समस्या छैन भने गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा गर्भको बच्चामा पनि कुनै असर हुँदैन । गर्भावस्थाको बेलामा अल्ट्रासाउन्ड गराउँदा बच्चा तथा आमाको स्वास्थ्यमा कुनै समस्या छैन भने सम्बन्ध राख्दा बच्चामा कुनै असर गर्दैन ।

    गर्भावस्थाको कुन महिना जटिल ?
    पहिलो तीन महिना र अन्तिम तीन महिना यौन सम्बन्ध बनाउन हुँदैन भनेर पनि हामीले सुन्छांै । तर त्यसको कुनै पनि वैज्ञानिक आधार छैन । यदि गर्भवती महिलाको स्वास्थ्यमा कुनै पनि समस्या छैन भने र उनमा यौन इच्छा छ भने आठौं, नवौं महिनामा शारीरिक सम्बन्ध रह्यो भने त्यसको कुनै पनि असर हुँदैन । कहिलेकाहीं श्रीमानको वीर्यमा संक्रमण भइरहेको छ भने श्रीमतीलाई पनि संक्रमण सर्छ कि भन्ने जोखिम हुन्छ । तर श्रीमान् एकदमै स्वस्थ छन् भने सम्बन्ध राख्दा आमा बच्चा दुवैलाई केही पनि असर गर्दैन ।

    यौन सम्बन्ध बनाउँदा यौन स्वास्थ्यमा असर
    गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउँदा प्रजनन् स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यो बेला यौन सम्बन्ध राख्दा परिवार नियोजनको केही साधन पनि प्रयोग गर्नु पर्दैन । अनिश्चित गर्भ रहन्छ कि भन्ने चिन्ता पनि भएन । यो बेला झन् चिन्तामुक्त भएर सम्बन्ध बनाउन सकिन्छ ।

    गर्भावस्थामा कस्तो यौन आसन ?
    शारीरिक सम्बन्धको क्रममा विभिन्न आसन प्रयोग गर्न सक्छन् । जस्तो आसन प्रयोग गरे पनि गर्भवती महिलालाई अप्ठ्यारो नहुने खालको अपनाउनुपर्छ । श्रीमतीलाई कुन आसनमा सहज हुन्छ त्यो आसन अपनाउनु उपयुक्त हुन्छ ।

    सुत्केरीपछि शारीरिक सम्बन्ध
    सुत्केरी भएको ६ हप्तासम्म शारीरिक सम्बन्ध बनाउनु हुँदैन । डेलिभरीको बेलामा पाठेघर ठूलो भएको हुन्छ । पाठेघरलाई आफ्नो अवस्थामा फर्किन र घाउ निको हुन समय लाग्ने तथा संक्रमण हुने सम्भावना धेरै हुन्छ । त्यसैले सुत्केरी भएको ६ हप्तापछि मात्र शारीरिक सम्बन्ध बनाउन मिल्छ । सुत्केरी भएपछि महिलाको पाठेघर ठूलो हुने, रगत बग्ने, प्रजनन् अंगमा घाउ हुने भएकाले त्यसमा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले सुत्केरी भएलगत्तै शारीरिक सम्बन्ध बनाउनु हुँदैन । लगत्तै सम्बन्ध बनाउँदा घाउ ठूलो हुने पाठेघरमा संक्रमण हुने जस्ता समस्या देखा पर्न सक्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑