वीरगंज । पर्सामा सत्ता गठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ जिताउन एकजुट भएर लाग्ने नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । प्रेस युनियन , काँग्रेसको शुभेच्छुक संगठन हो । शनिबार वीरगन्जमा आयोजित पर्साका काँग्रेसका उम्मेदवार र प्रेस युनियनमा आबद्ध पत्रकाहरुको भेलामा सहभागी पत्रकारहरुले लोकतन्त्रको रक्षाका लागि मियोको रुपमा रहेको काँग्रेसका उम्मेदवारहरुलाइ विजयी बनाउने अभियानमा सकृयताका साथ लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
उनिहरुले मुलुकमा आइपरेका हरेक राजनीतिक संकटबाट पार लगाउने काम काँग्रेसले नै गरेको र काँग्रेस बलियो रहे मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले काँग्रेसका उम्मेदवारहरुलाइ जिताउने नैतिक दायित्व आफुहरुको बताए ।मधेसका हरेक मुद्धा र सवालमा काँग्रेसले वकालत गर्दै आएकाले मधेसका बाँकी रहेका मुद्धा सम्बोधन गराउने दायित्व पनि काँग्रेसकै रहेको र काँग्रेसले नै त्यो काम गर्ने उनिहरुको भनाइ थियो । कार्यक्रममा सहभागी पर्सामा काँग्रेसका उम्मेदवार र अगुवा नेताहरुले आसन्न निर्वाचनमा प्रेस युनिययनको भूमीका महत्वपूर्ण भएकाले काँग्रेसका उम्मेदवारको पक्षमा दृढ भएर लाग्न अनुरोध पनि गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजाल ,जिल्ला सभापति एंव पर्सा ३ (ख)का उम्मेदवार जनार्दन सिंह क्षेत्री, जिल्ला उपसभापति एंव पर्सा १ (ख) का उम्मेदवार रामनारायण कुर्मी , संविधानसभा सदस्य अनिल रुंगटा , जिल्ला सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव,क्षेत्रीय सभापति अरविन्द गुप्ता , नेताहरु राकेश सिंह, राजु गुप्ता , अनिल सिंह, किरण सरकारका साथै प्रैस युनियनका अग्रज एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी , केन्द्रिय सदस्यद्वय श्रीराम रायमाझी र नलिमा पौडेल , जिल्ला अध्यक्ष रामनारायण कुर्मी , जिल्ला सचिव लालकिशोर सिंह लगायतको सहभागीता थियो ।