वीरगंज । राजन कुमार बानिया । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभाका उम्मेदवार जालिम मियां र प्रदेश सभा (क) का उम्मेदवार जयप्रकाश थारुलाई जिताउन जनतामा उत्साह देखिएको छ । शुक्रवार जिराभवानी गाउपालिकाको जितपुरमा सम्पन एमालेको प्रदेश सभा स्तरिय भेलामा सहभागीहरुको उपस्थिती तथा उत्साहले जालिम र जयप्रकाशको बिजय यात्रा सहज हुने देखियो ।
ठोरी , जिराभवानी तथा जगरनाथपुर गाउपालिकाका अगुवा कार्यकर्ताहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार जालिम मियां तथा प्रदेश सभा (क) का उम्मेदवार जयप्रकाश थारुलाई एकजुट भएर जिताउन संकल्प लिए । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले क्षेत्र नम्बर ४ का जनताले विगत लामो समय देखी अन्याय अत्याचार,शोषण र मुद्दा मामिला गराएर जनतालाई तर्साउनेलाई पराजति गर्दै आएको र फेरीपनि प्रस्त गर्ने बताए । एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजराले एममाले विजयले शोषणको अन्तगरि गाउ गाउमा शान्ति ल्याउने बताए ।
क्षेत्र नम्बर ४ को जनता सदैव परिवर्तन र विकाशको पक्षमा मतदान गर्दै आएकोले यस पटक पनि एमाले कै पक्षमा मतदान गर्न आतुर रहेको वक्ताहरुले बताए । एमालेको अगुवाईमा नै मुलुक अग्रगति लिने कुरा प्रमाणित भइसकेकोले देशको निकाशकालागि पनि एमालेको पक्षमा मतदान गर्न उत्साहित अवस्था रहेकोले एकजुट भएर कार्यकर्तालाई लाग्न निर्देशन दिनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मला देवकोटा, प्रतिनिधी सभा उम्मेदवार जालिम मिया, प्रदेश सभा उम्मेदवार जयप्रकाश थारु,प्रदेश सदस्य ,जिल्ला सदस्य,गाउपालिका कमिटीका अध्यक्षहरु,पालिकाका अध्यक्षहरु लगायतका नेता कार्यकर्ताले मन्तव्य राखेका थिए ।