• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनुहारलाई सक्रिय र सफा राख्ने फेसियल कसरी गर्ने? कहिले गर्ने?

  • वीरगंज संजाल
  • २९ आश्विन २०७९, शनिबार ०७:१३
  • २२३७

    वीरगंज । सामान्य भाषामा फेसियल भनेको अनुहारको हेरचाह हो। फेसियलले अनुहारलाई सुन्दर बनाउनुका साथै व्यक्तित्वमा निखार ल्याउन सहयोग गर्छ। आजकलका महिला धेरै कामकाजी छन्। विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिलाहरु आफूलाई सुन्दर र स्मार्ट देखाउनसमेत चाहन्छन्। विषयगत क्षेत्रमा सक्षम हुनाका साथै व्यक्तिले लगाउने कपडा, शृंगार र चालचलनले अन्य व्यक्तिमा प्रभाव पार्छ। मानिसको जीवनशैलीमा परिवर्तन आइरहेको छ। खानपान, रहनसहनका साथै दिनभरको भागदौडले तनाव बढाएको छ। जसको असर शरीर र अनुहारमा समेत देखिन्छ। धुलोधुँवा, गर्मी र जाडोकोे प्रत्यक्ष असर अनुहारमा देखिन्छ। जसका कारण अनुहारमा चायापोतो आउने, घामले डढेर कालो देखिने, उमेर नै नपुगी अनुहारमा चाउरीपन आउने, दागधब्बा आएर अनुहारको सुन्दरता हराउन सक्छ। त्यसैले अनुहारको विशेष हेरचाह गर्नु आवश्यक छ। अनुहारको हेरचाह गर्नु भनेको आफैंलाई माया गर्नु हो। आफ्नो अनुहारलाई माया गर्न बिरामी हुन वा अनुहारमा कुनै असर देखिइराख्नु पर्दैन। अनुहारलाई बेलाबेलामा केयर गरिरहनुपर्छ। राम्रो देखिन सबैलाई मन लाग्छ। त्यसैले आफ्नो लागि समय दिएर हेरचाह गर्नुपर्छ। अनुहारलाई माया गरियो र हेरचाह भयो भने सुन्दर देखिन्छ। जसले आफूलाई आत्मविश्वास समेत दिन्छ। धेरै मेकअप गर्ने, महँगो क्रिम लगाउँदैमा मात्र अनुहार सुन्दर हुँदैन। बेलाबेलामा अनुहारको सफाइ गर्ने, मसाज गर्ने, किलंजिङ गर्ने र फेसियल गराउनुपर्छ। फेसियलले अनुहारलाई सफा राख्नुका साथै अनुहारका अंगलाई सक्रिय राख्छ। फेसियल गरेपछि अनुहारको छाला मुलायम, ग्लोइङ देखिन्छ।

    नियमित रुपमा फेसियल गराउँदा चाउरीपन, चायापोतो वा अन्य अनुहारमा देखिने समस्यालाई रोक्न सकिन्छ। तर विचार गर्नुपर्ने कुरा के छ भने हामीले गरेको फेसियल ठिक छ कि छैन, त्यसमा प्रयोग हुने क्रिमहरु आफ्नो अनुहारलाई मिल्दो छ कि छैन, फेसियल गर्दा गरिएका मसाज स्टेप ठिक छ कि छैन भनेर थाहा पाउन जरुरी हुन्छ। ती कुरा मिलेनन् भने हामीले खोजेको नतिजा पाउन सक्दैनाँै। र, अनुहारमा असर समेत देखिन सक्छ।
    अनुहारको प्रकृति हेरेर कुन फेसियल गर्दा ठिक हुन्छ भन्ने थाहा हुन्छ। सबैको अनुहार एकै खालको हुँदैन। कसैको अनुहार चिल्लो खालको हुन्छ भने कसैको सुक्खा हुन्छ। कसैकसैको अनुहार भने चिल्लो र सुक्खा दुवै प्रकृतिको हुन्छ। यस्तो अनुहारलाई विशेष हेरचाह गर्नुपर्छ। कसैकसैको अनुहार सामान्य खालको हुन्छ। जसलाई हेरचाह गर्न सहज हुन्छ। त्यसैले सौन्र्दयकर्मीहरुले सेवाग्राहीको अनुहारको प्रकृति हेरर कुन फेसियल गर्दा उचित हुन्छ भनेर सल्लाह दिन्छन्। हाम्रो समाजमा १४ वर्षको व्यक्तिले फेसियल गर्नुहुन्न, उमेर सानै छ भनेर धेरैले भन्छन्। तर यो गलत हो। हामीकहाँ त अझ २५, ३० वर्ष हुँदा पनि मेरो फेसियल गर्ने बेला भएको छैन भनेको पाइन्छ। फेसियल गर्नुलाई बुढी भएपछि गरिने केयरका रुपमा बुझिन्छ। तर यस्तो होइन। फेसियल भनेको पछिसम्म सुन्दर देखिन, अनुहारलाई सधैं राम्रो, सुन्दर र मुलायम राख्न गरिने केयर हो। पछिल्लो समय पुरुषहरु पनि फेसियल गराउन थालेका छन्। उनीहरु राम्रो र सुन्दर देखिन चाहन्छन्। महिला र पुरुषका लागि गरिने फेसियलमा खासै अन्तर हुँदैन। अनुहारको केयर आफूलाई गर्ने केयर भएकोले यो उमेरमा गर्न हुन्छ वा यो उमेर गर्नुहुँदैन भन्ने हुँदैन। विदेशतिरको कुरा गर्ने हो १० वर्षको उमेरदेखि केटीहरुलाई क्लिजिङ गराउन सुरु गरिन्छ भने १५, १६ वर्षको उमेरमा फेसियल सुरु गराइन्छ।

    फेसियल गर्दा ध्यान दिनुपर्ने कुरा
    फेसियल सकेसम्म साँझको समयमा गर्दा राम्रो हुन्छ। साँझको समयमा गर्दा अनुहारले आराम पाउँछ। रातभरिमा त्यसको असर राम्रो देखिन्छ। सबैभन्दा पहिलो काम भनेको फेसियल गर्ने कोठा, त्यहाँ प्रयोग हुने टाबेल, अन्य सामान सफा हुनुपर्छ। फेसियल गर्ने व्यक्ति पनि सफासुग्घर हुन जरुरी छ।त्यसपछि फेसियल गर्न प्रयोग हुने सामग्री सबै छ कि छैन जाँच गर्नुपर्छ। फेसियल गर्दा प्रयोग हुने सामग्री सेवाग्राहीको अनुहारको प्रकृति हरेर छनोट गर्नुपर्छ। आजकल अनुहारको छालाको प्रकारअनुुसार फेसियल प्रोडक्ट पाइन्छन्। सामान्य, चिल्लो, सुक्खा वा मिश्रित छालाका लागि छुट्टाछुट्टै फेसियल क्रिम पाइन्छन्। मुख्यतयाः फेसियल गर्दा पहिलो अनुहार सफा गर्नका लागि क्लिजिङ गरिन्छ। जसले अनुहारमा भएको धुलोमैलो फोहोरलाई सफा गर्छ। फेसियल क्लिजिङ छालाको प्रकृति र अवस्था हेरेर गर्दा राम्रो हुन्छ। त्यसपछि स्क्रब हुन्छ। स्क्रब अनुहार हेरेर गरिन्छ। संवेदनशील अनुहारमा स्क्रब गर्नु हुँदैन। त्यसपछि मसाज क्रिमले मसाज गर्नुपर्छ। अन्त्यमा फेसियल प्याक लगाउनुपर्छ। फेसियल प्याकले अनुहारको ट्रिटमेन्ट पूरा गर्छ।

    फेसियलका प्रकार
    फेसियल पनि विभिन्न प्रकारका हुन्छन्। सेवाग्राहीले आफ्नो बजेट, आवश्यकता अनुसारको फेसियल गराउन सक्छन्। छिटो नतिजा चाहिएको छ भने गोल्ड, ब्राइडल फेसियल गराउन सकिन्छ। अन्य समयमा नियमित रुपमा एक महिना वा २० दिनको अन्तरमा फेसियल गराउन सकिन्छ।

    – ओइली कन्ट्रोल फेसियल (चिल्लो छालाका लागि)
    – हाइडेलिङ फेसियल (सुक्खा छालाका लागि)
    – वाइटिनिङ फेसियल (गहुँगोरो वा कालो छालाका लागि)
    – गोल्ड फेसियल
    – एन्टिएजिङ फेसियल (३० वर्ष उमेर कटेका व्यक्तिका लागि)

    फेसियल गरेपछि त्यसले राम्रो असर गर्‍यो भनेर थाहा पाउन सकिन्छ। उदाहरणका लागि वाइटिनिङ फेसियल गरेको केही दिनपछि अनुहारमा गोरोपन आउन थाल्छ भने अनुहार सफा देखिन्छ। सुक्खा वा ड्राइ स्किन छ भने अनुहारमा मोइस्चरिङ दिन्छ। फेसियल गरिसकेपछि पनि छालालाई केयर भने गरिरहनुपर्छ। फेसियल गरेर अन्य समयमा छालाको केयर गरिएन भने त्यसको रिजल्ट राम्रो हुँदैन। त्यसैले फेसियल गरेपछि पनि अनुहारमा सन ब्लक, सनस्किन क्रिम लगाउने, मोइस्चराइजर लगाउने, मेकअप गर्दा टोनर प्रयोग गरेर मोइस्चराइजर लगाएर सनस्क्रिन क्रिम लगाउने अनि बल्ल डे क्रिम लगाउनुपर्छ। टोनर भनेको मेकअपको बेस हो। जसले मेकअपलाई टिकाउन मद्दत गर्छ। बेलुकामा नाइट क्रिम लगाउने गर्नुपर्छ। सुत्नुअघि दिनभरको मेकअप सफा गर्ने र नाइट क्रिम लगाउनुपर्छ। नाइट क्रिमले अनुहारलाई राम्रो राख्न विशेष काम गर्छ। किनकि राति सुतेको समयमा क्रिमले राम्ररी काम गर्छ पाउँछ। हामीले गर्मी मौसममा मात्र सनस्किन क्रिम प्रयोग गर्छौं तर जाडोमा पनि चिसोले अनुहारलाई असर गरिरहेको हुन्छ। जति चिसो भयो अनुहारमा उति नै असर गर्छ। बाहिर घाममा ननिस्के पनि कोठाभित्र बत्तिको उज्यालोमा काम गर्दा प्रकाशका किरणले अनुहारमा असर पुर्‍याइरहेको हुन्छ। त्यसैले कोठाभित्र बसेर काम गर्दा पनि सनस्किन क्रिम आवश्यक पर्छ। फेसियल आफनो आर्थिक क्षमताअनुसार गर्न सकिन्छ। बजारमा सस्तोदेखि महँगो फेसियल उपलब्ध छन्। फेसियलको मूल्य प्रयोग गरिने प्रोडक्टअनुसार फरक पर्छ। यदि ब्रान्डेड प्रोडक्ट प्रयोग भएको छ भने बढी मूल्य हुन सक्छ। सामान्य प्रोडक्ट भएमा कम मूल्य पर्छ। महँगो क्रिमले फेसियल गर्दा छिटो रिजल्ट देखिन्छ भने ठिकैको क्रिमले गर्दा ढिला देखिन्छ। अरु अन्तर केही हुँदैन। बरु छाला अनुसारको क्रिमले फेसियल गराउनुपर्छ। फेसियल गरेपछि अनुहार धुनु हुँदैन भन्ने भ्रम छ। राति फेसियल गरेको छ भने त ठिकै हो। तर दिउँसो गरेको छ भने घरसम्म पुग्दा अनुहारमा धुलोधुँवाले असर गरिसकेको हुन्छ। त्यसैले घर पुगेर फेसवासले मुख धोई नाइट क्रिम लगाएर सुत्नु उत्तम हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑