• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको तराई अस्पताल, पाठेघरको शल्यक्रिया गराउन गएकी महिलालाई मृत्युको मुखमा पु-यायो

  • वीरगंज संजाल
  • २८ आश्विन २०७९, शुक्रबार ११:०३
  • ६०६१

    वीरगंज । समयसमयमा विवादमा आइरहने वीरगञ्जस्थित तराई हस्पिटलको लापरवाहीका कारण एकजना महिलाको ज्यान जोखिममा परेको छ । आफूलाई वीरगञ्जकै ठूलो र राम्रो बताउने तराई अस्पतालकी चिकित्सक डा. तरुन्नुम खातुनले लापरवाही पूर्वक शल्यक्रिया गर्दा महिलाको ज्यान जोखिममा परेको हो । वीरगञ्ज महानगर वडा नम्बर १४ पिपरा निवासी रामबालक पण्डितकी ४३ वर्षीया पत्नी सीमा देवीको पाठेघरको शल्यक्रिया गर्ने क्रममा चिकित्सक डा. खातुनले मूत्रथैली काटिदिएकी पछि महिलाको ज्यान जोखिममा परेको छ । अहिले उनि मृत्युसँग युद्ध लडिरहेकी छन् । डा. रोशन कुर्मीद्वारा सञ्चालित अस्पतालमा महिलाका आफन्तजनले बुधबार विवाद पनि गरेका छन् । विवाद पश्चात त्यहाँ प्रहरी पनि पुगेको थियो । आफन्तका अनुसार पाठेघरको शल्यक्रिया गर्ने क्रममा डा. खातुनले सीमा देवीको पिसाब नली काटी दिएकी छन् ।

    हाल महिलालाई थप उपचारका लागि काठमाडौँस्थित मेडीसिटी अस्पताल लगिएको छ । सीमा देवीलाई पाठेघरको शल्यक्रियाको लागि तराई अस्पतालमा मंगलवार दिउँसो १० बजे भर्ना गरिएको र त्यसको साढे नौ घण्टापछि शल्यक्रिया गरिएको थियो । शल्यक्रिया भएको १८ घण्टापछि पनि सीमा देवीलाई पिसाब नभएपछि उनको मूत्रथैली काटिएको रहस्योद्घाटन भएको हो । यसबारेमा अस्पतालका डा. जमीनले सीमा देवीको मिर्गौलाको आकार घटबढ भइरहेकाले अविलम्ब काठमाडौं लैजान सुझाव दिएको बताए । उनलाई काठमाडौं लगिएको छिमेकी कमसुलले बताए । यसबारे डा खातुनले माइक्रोस्कोपबाट चेकजाँच गर्दा समस्या देखिएपछि काठमाडौं लैजान सुझाव दिएको प्रतिक्रिया दिएकी छन् ।

    सोही रिपोर्ट वीरगञ्जका एकजना सर्जनले हेरेपछि सीमादेवीको शल्यक्रिया गरिएको पाठेघरको नली पिसाबकै नलीमा बाँधिएकोले समस्या भएको बताएको सीमाका छोरा कृष्णमुरारी प्रजापतिले बताए । छोरा प्रजापतिले अस्पतालका तीन/चारजना चिकित्सकले पनि शल्यक्रियाको क्रममा गलती गरेको स्वीकारेको दाबी गरेका छन् ।अस्पतालका मार्केटिङ र प्रशासनिक शाखाका कर्मचारी दिलीपराउत कुर्मीले शल्यक्रियाको बेलामा पिसाबको नली बाँधिएको बताए । उनले पिसाबको नलीको बनावट अलि गाह्रो खालको रहेकोले शल्यक्रिया गर्न पनि धेरै समय लागेको भन्दै अस्पतालको लापरवाहीबारे ढाकछोप गर्न खोजे । उनले एक/दुईवटा मामिलामा यस प्रकारको समस्या देखा परिरहेको प्रतिक्रिया दिँदै घटना सामान्य रहेको बताए ।

    यो पनि पढ्नुहोस् – तराई अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु, परिवारजनद्वारा प्रदर्शन
    अस्पतालको लापरवाहीका कारण डेढ वर्ष पहिला पनि एकजना विरामीको मृत्यु भएको थियो । ग्याँसबाट पिडित भएर अस्पताल भर्ना भएका एकजना विरामीको अस्पतालले ज्याननै लिएको थियो । देखिने संरचना बनाएर आफूलाई ठूलो र राम्रो दावी गर्ने तराई अस्पताल ज्यानमारा बन्दै गएको स्थानीय बताउँछन् । सानो समस्या लिएर भर्ना भएपनि अस्पतालले ठूलो बताएर रकम ठग्ने, जबर्जस्ती लामो समयसम्म भर्ना गर्ने, अनावश्यक जाँच गराउने, महँगो औषधी दिने गरेको त्यहाँबाट उपचार गराएर फर्केका विरामीले बताउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑