वीरगंज । चोरी गरेको मोबाईल किनबेच गर्ने दुईजनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । मोबाईल चोरी गर्ने र चोरी गरेको मोबाईल बेच्ने दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित प्रवक्ता प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले बताए ।
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको विशेष प्रहरी टोलीले लहान नगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मिति र समयमा मोबाईल चोरी गर्ने र चोरीको मोबाईल किनबेच गर्ने युवकलाई मोबाईलसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका २३ बस्ने भरत कुमार यादव र २४ वर्षीय जिवछ कुमार यादव रहेका छन् ।
भरतले मोबाईल चोरी गर्ने गरेको र जिवछले सो मोबाईल बेच्दै आएको प्रहरीले जनाएका छन् । प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डको ६ वटा फोन बरामद गरेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक चौधरीले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।