वीरगंज । मकवानपुरको थाहा नगरपालिका-२ गैरी गाउँको भित्री सडक खण्डमा बिग्रेर रोकी राखेको बा.प्र.०१–००६ ख ३२८९ नम्बरको मिनिट्रकमा आगलागी भएको छ ।
आगलागिबाट गाडीको अगाडीको सम्पुर्ण भाग क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको उनले बताए ।