• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार १७:०९
  • २८०९

    वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् । सिदार्थ बैंकको आर्थिक सहयोगमा राउण्ड टेबल नेपाल मार्फत नारायणी अस्पतालमा भवन मर्मत सम्भारका लागि सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । महानगरपालिकाले वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन संघ र प्रदेश सरकारको मुख ताकेर नहुने स्थिति देखिएको बताउँदै उनले युवा उद्यमीले सहयोग गर्नुपर्ने बताए । ‘ हामी ट्रान्सपोर्ट नगर बनाउन चाहान्छौं, त्यसका लागि ठूलै आकारको बजेट चाहिन्छ । संघ सरकारले पनि दिँदैन, प्रदेश सरकारले पनि दिँदैन, महानगरको आम्दानीले पुग्दैन ।’ उनले भने ‘ बरु व्यापारिक हिसाबले नै निजी क्षेत्रले लगानी गर्दा हुन्छ, के कति वर्षमा लगानी उठ्छ ? मिलेर काम गरौं । संघ र प्रदेशको मुख ताकेर मात्रै भएन ।’

    वीरगन्जको विकासका लागि सबैको साथ आवश्यक रहेको उनको भनाइ छ । ‘ मेयरमा राजेशमानलाई जिताई दिएका छौं, उसले नै वीरगन्जको विकास गर्छ भनेर हुँदैन ।’ उनले भने ‘ हाम्रो वीरगन्ज कसरी राम्रो बन्छ ? महानगर युवा उद्यमीसँग हातेमालो गर्न चाहन्छ ।’ अस्पताल र विद्यालयको विकास राजनीति भन्दा माथि उठेर गर्नुपर्नेमा उनले जोड दिए । साथै आफूले गरेको लगानीको सदुपयोग भए नभएको ध्यान दिन पनि उनले आग्रह गरे ।‘ नारायणी अस्पतालमा यति न धेरै इक्युपमेन्ट भईसक्यो कि राख्ने ठाउँ समेत छैन ।’ उनले भने ‘ सरकारी अस्पतालमा सहयोग गरेर मात्रै हुँदैन, निमुखाले राम्रो सेवा पाईरहेका छन त ? दिएको सामानको सदुपयोग भएको छ कि छैन अनुगमन पनि गर्नुपर्छ ।’

    नारायणी अस्पतालको भवन मर्मतका लागि ५५ लाख दिने सम्झौता

    नारायणी अस्पतालको आईसीयू कक्षको माथिल्लो तल्लामा अधुरो भवन निर्माणका लागि सिदार्थ बैंक लिमिटेडले ५५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । राउण्ड टेबल नेपाल मार्फत काम गर्नेगरि त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल, राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विरेन्द्र बहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि बैंकले अधिकतम ५५ लाख रुपैयाँसम्म सहयोग गर्ने सम्झौतामा उल्लेख छ । अस्पतालको आईसियु कक्ष माथि एक तला थपिएपनि प्रयोग गर्न मिल्ने अवस्थामा छैन ।

    जाने बाटो समेत नबनाई हल जस्तो कोठा तयार गरेर काम अलपत्र पारेर छोडिएको छ । प्रयोगमा ल्याउन नमिल्नेगरि अलपत्र छोड्दा सरकारी बजेटबाट भएको कामको सदुपयोग हुन सकिरहेको थिएन । बैंकले शुरुमा १५ लाख रुपैयाँ दिएर काम शुरु गराउनेछ । शुक्रबारबाटै काम शुरु गरेर नोभेम्बर महिना भित्र सक्ने योजना बनाईएको छ । भवन तयार भईसकेपछि त्यसमा डायलायसिस वार्ड सञ्चालन गर्ने अस्पतालका निमित्त मेसु डाक्टर प्रधानले जानकारी दिए । ‘ १२ थान हेमो डायलायसिस मेसिन हामीले किनेका थियौं, ५ थान स्वास्थ्य सेवा विभागले दिएको छ ।’ उनले भने ‘जडान गर्ने ठाउँको अभावमा त्यतिकै राख्नु परेको छ । भवन मर्मतको काम सकिएपछि त्यसबाटै सेवा प्रवाह गर्छौ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑