• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन चाहिन्छ मानिसलाई भिटामिन ए? कमी हुँदा कस्ता स्वास्थ्य समस्या आउँछन्?

  • वीरगंज संजाल
  • २७ आश्विन २०७९, बिहीबार ०९:२५
  • १९४९

    वीरगंज । भिटामिन ए आँखा, शरीरको विकास र मजबूत रोग प्रतिरोधी प्रणालीका लागि आवश्यक पोषक तत्व हो। या प्रभावशाली एन्टिअक्सिडेन्ट हो। भिटामिन ए को कमीका कारण आँखाको देख्ने क्षमता कम हुन्छ र छालामा घाउ देखिन थाल्छ। भिटामिन एको कमीका कारण बालबालिकाहरु दृष्टिविहीन हुनसक्छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार भिटामिन ए को कमीका कारण हरेक वर्ष साढे २ लाखदेखि ५ लाख बालबालिकाहरु अन्धोपनको शिकार हुन्छन्। यसको कमीले हुने पखालाजस्ता स्वास्थ्य समस्याले बच्चाको ज्यानै पनि जान सक्छ। त्यसैले हरेक मानिसलाई भिटामिन ए आवश्यक हुन्छ, विशेषगरी आमा र शिशुका लागि। भिटामिन एजन्य खाद्यपदार्थ नखाँदा पनि शरीरमा यसको कमी हुन्छ। दृष्टि कमजोर हुनु, आँखामा आँसु नबन्नु, रुखो छाला, ओठ फुट्ने र मुखमा घाउ बन्ने समस्या पनि भिटामिन एको कमीका कारण हुन्छ। यसका साथै घाउ चाँडै निको नहुने, मूत्रासयमा संक्रमण हुने सम्भावना पनि हुन्छ। शरीरमा रगतको जाँचबाट भिटामिन एको स्तर पत्ता लगाउन सकिन्छ। यसको कमीबाट बँच्नका लागि भिटामिन एयुक्त खाद्यपदार्थहरु कलेजो, पनीर, मख्खन खान सकिन्छ। भिटामिन एले रक्तअल्पता रोगबाट बचाउँछ। संक्रमणको सामना गर्न मजबूत प्रतिरोधक क्षमता तयार गर्छ। गर्भको शिशुको मुटु, फोक्सो, मिर्गौला, हड्डी र आँखा बनाउन मद्धत गर्छ।

    प्रतिदिन कति चाहिन्छ भिटामिन ए?
    बच्चाका लागि
    ६ महिनासम्मका बच्चालाई दैनिक ४०० माइक्रोग्राम भिटामिन ए आवश्यक हुन्छ। ७ महिनादेखि एक वर्षसम्मका बच्चालाई दैनिक ५ सय माइक्रोग्राम दिन सकिन्छ भने १ देखि २ वर्षसम्मका लाई दैनिक ३ सय माइक्रोग्राम भिटामिन ए आवश्यक हुन्छ। ४ देखि ८ वर्षसम्मका लाई ४ सय माइक्रोग्राम, ९ देखि १३ वर्षसम्मका बच्चालाई ६ सय माइक्रोग्राम भिटामिन एक दैनिक दिनुपर्छ। १४ देखि १८ वर्ष उमेरका किशोरलाई दैनिक ९ सय माइक्रोग्राम र किशोरीलाई ७ सय माइक्रोग्राम भिटामिन ए दिनुपर्छ।

    वयस्कका लागि
    १९ वर्ष या त्योभन्दा बढी उमेरका पुरुषलाई दैनिक ९ सय माइक्रोग्राम र त्योभन्दा बढी उमेरका महिलालाई ७ सय माइक्रोग्राम भिटामिन ए लिनुपर्छ।

    कसलाई चाहिन्छ अतिरिक्त भिटामिन ए ?
    गर्भवती महिला र स्तनपान गराइरहेका महिलालाई अतिरिक्त भिटामिन ए आवश्यक हुन्छ। १४ देखि १८ वर्ष उमेरका गर्भवती युवतीलाई ७५० माइक्रोग्राम र १९ वर्षभन्दा माथिका गर्भवती महिलालाई ७७० माइक्रोग्राम भिटामिन ए आवश्यक हुन्छ।
    स्तनपान गराइरहेका १४ देखि १८ वर्षका युवतीले १२०० माइक्रोग्राम भिटामिन ए लिनुपर्छ। १९वर्षभन्दा माथिको उमेरका स्तनपान गराइरहेका महिलाले १३ सय माइक्रोग्राम भिटामिन ए लिनु आवश्यक हुन्छ।

    भिटामिन ए कमीको लक्षण कस्तो हुन्छ?
    भिटामिन एको कमीको पहिलो संकेत दृष्टि कमजोर हुने हुन्छ। रातको समयमा स्पष्ट देख्न नसक्ने हुन्छ। (जस्तो रातको समयमा गाडी चलाउन समस्या हुनु, बाथरुम जाने बाटो सजिलै नदेख्नु, या साँझको समयमा चाँडै नै बत्ती बाल्नुपर्ने) यस्तै, अँध्यारोमा देख्न नसक्ने रतन्धोको समस्या हुन्छ। रतन्धोबाट पीडित मानिसहरु अँध्यारोमा ठीकसँग देख्न सक्दैनन् र पर्याप्त प्रकाशमा भने सामान्य तरिकाबाट देख्न सक्छन्। भिटामिन एको कमी बढ्दै जाँदा आँखाको कर्निया ज्यादै सुख्खा हुन्छ र यसबाट रेटिना र कर्नियामा क्षति पुग्छ र आँखा नदेख्ने हुन्छ। आँखामा आँसु नबन्दा कचेरा बाहिर निस्कन्छ। यसका कारण आँखामा सजिलै संक्रमण हुन्छ। बच्चा र वयस्कको श्वासप्रश्वास प्रणाली या पिसाबमा संक्रमण हुने सम्भावना हुन्छ। बच्चाको शारीरिक विकास रोकिन्छ, छाला सुख्खा हुन्छ। भिटामिन एको कमीका कारण जण्डिस, लिभर सिरोसिस सिस्टिक फाइब्रोसिस हुने सम्भावना पनि हुन्छ।

    कसरी रोक्न सकिन्छ?
    खाद्यपदार्थमा गाढा हरियो सागसब्जी, पाकेका फल, सुन्तला, मेवा, गाँजर, फर्सीजस्ता पहेंला फलफूल समावेश गर्नुपर्छ। दूध, कलेजो, अण्डा, माछाको तेल लाभदायक हुन्छ। नवजात शिशुलाई दूधले एलर्जी हुन्छ भने फर्मुला दूधमार्फत् पर्याप्त भिटामिन एक दिन सकिन्छ। भिटामिन ए को कमी रोक्न स्तनपानलाई प्रोत्साहन गर्नुपर्छ। बालबालिकालाई समय–समयमा भिटामिन ए युक्त खाद्यपदार्थ दिनुपर्छ। भिटामिन ए युक्त खाद्यपदार्थमा पालुंगो, ब्रोकाउली, हरिया सागसब्जी, सखरखण्ड, गाँजर, दूध, कलेजो, माछाको तेल आदि हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑