वीरगंज । सत्ता गठबन्धनले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधवार विज्ञप्ति जारी गर्दै सर्लाही २ मा यादव आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको हो । त्यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेश सभातर्फ २(१)मा सुनिल साह र प्रदेश सभा २(२) मा कौशल किशोर राय यादव उम्मेदवार भएको विज्ञप्ति उल्लेख छ ।
विज्ञप्तिमा शीर्ष नेतृत्वको आग्रहलाई पालना गर्दै बागी उम्मेदवारी दिएर नाम फिर्ता लिएकालाई धन्यवाद दिइएको छ ।