वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नम्बर ३ काे (क) मा सत्ता गठबन्धनबाट विद्राेह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता मनाेज यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।
सत्ता गठबन्धनमा पर्सा क्षेत्र नम्बर ३ काे (क) नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । माओवादीबाट याे क्षेत्रमा छाेटेलाल यादवले उम्मेदवारी दिएका छन् ।
बुधबार उम्मेदवारी फिर्ता लिदै काँग्रेस नेता मनाेज यादवले गठबन्धनका साझा उम्मेदवार छाेटेलाल यादवलाई समर्थन गरेकाे बताएका छन् ।