• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सत्ता गठबन्धनमा दरार : एउटै क्षेत्रमा काँग्रेस र नेकपा एसका उम्मेदवार

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १७:३७
  • १९०१

    वीरगंज । आगामी मंसिर ४ का लागि सिटबाँड गरेर उम्मेदवारी दिएका सत्तागठबन्धन दलहरु बिच नै चर्को विवाद देखिएको छ । जसका कारण ठाँउ ठाँउमा सत्तागठबन्धन दलहरुले गठबन्धन तोडेर एउटै क्षेत्रमा एक अर्का विरुद्ध उम्मेदवारी दिएका छन् । केहि क्षेत्रमा सत्तागठबन्धन दलहरुले गठबन्धन नै तोडेको घोषणा पनि गरेका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) सत्तागठबन्धन दल नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले गठबन्धनको सहमति तोडेर उम्मेदवारी दिएका छन् । सत्तागठबन्धन बिच भएको सहमतिमा पर्सा ३ को (ख) काँग्रेसको भागमा परेको भएपनि त्यहा नेकपा एकिकृत समाजवादीले पनि उम्मेदवारी दिएका छन् । गठबन्धनको सहमति अनुसार , त्यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि काँग्रेसबाट जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले आइतबार मनोनयन दर्ता गराए । तर त्यहि क्षेत्रमा गठबन्धनकै अर्को दल नेकपा एकिकृत समाजवादीबाट प्रहलाद गिरिले पनि उम्मेदवारी दर्ता गरे ।

    काँग्रेस उम्मेदवार क्षेत्रीले सत्तँगठबन्धनको आधिकारीक र साझा उम्मेदवार आफु नै भएको दाबी गर्दै आएका छन् भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार गिरीले पनि गठबन्धनको आधिकारीक उम्मेदवार आफु भएको जिकिर गर्दै आएका छन् । २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका गिरि, लोसपा हुदै केहि महिना मात्रै एमालेमा प्रवेश गरेका थिए ।तर एमालेले टिकट नदिएपछि उनि मनोनयनकै दिन नेकपा एसमा प्रवेश गरि त्यहि पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । एउटै क्षेत्रमा यी दुवैको उम्मेदवारीका कारण त्यस क्षेत्रमा गठबन्धनका दलहरु बिच अविश्वासको वातावरण सृजना भएको छ । यस्तै काठमाडौं–१० मा त नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा नै गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार काठमाण्डौ १० कांग्रेसको भागमा परेको छ । त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी केन्द्रकी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् ।

    यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएकोमा प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ । काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाकी माओवादी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताएकी छन् । उनले भनेकि छन् ‘हामीले गठबन्धन तोडिसक्यौं ,स्वच्छ प्रतिस्पर्धा गर्ने, कहिलेकाहीँ यसरी प्रतिस्पर्धा गर्दा पनि रमाइलो हुन्छ ।’अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए । साभाल : मधेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑