• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा १ मा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीकाे इन्ट्रीले राेचक भिडन्त

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १६:५४
  • ३९३३

    वीरगंज । आगामि मङ्सिर ४ गते हुने निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ मा त्रिपक्षीय भिडन्त हुने भएको छ । पर्साको सदरमुकाम वीरगन्ज महानगरपालिकाको १९ वटा वडा पर्ने यस क्षेत्रमा जिल्लाका राजनीतिक दिग्गजहरुले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा एमालेको गठबन्धनबाट वन तथा वातावरणमन्त्री प्रदीप यादव, पाँच दलीय सत्ता गठबन्धनबाट पूर्वमन्त्री लक्षमणलाल कर्ण र नेपाल काङ्ग्रेसबाट रुष्ट भएका संविधानसभा सदस्य अजय द्विवेदीले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएपछि यहाँ त्रिपक्षीय भिडन्त हुने भएकाे छ । अन्य केही साना दल र स्वतन्त्रहरुले पनि उम्मेदवारी दिएका छन् । यद्दपी उनीहरु प्रतिस्पर्धामा छैनन् । यस निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम नेपालकी करिमा बेगम निर्वाचित भएकी थिइन । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काङ्ग्रेसका राजेन्द्र बहादुर अमात्य विजयी भएका थिए । यस्तै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा-१ बाट तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट प्रदीप यादव विजय भएका थिए । पूर्वप्रधानमन्त्री कृष्णा प्रसाद भट्टराईसमेत निर्वाचित भएको यस क्षेत्रबाट दोहोरिएर आजसम्म कोही पनि विजयी भएको छैन । त्यसैले पनि यस क्षेत्रको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

    यी हुन् पर्सा क्षेत्र नम्बर १ का मुख्य प्रतिश्पर्धी :

    प्रदीप यादव (जनता समाजवादी पार्टी, नेपाल) : अन्तिम समयमा आएर नेकपा एमालेसँग गठबन्धन गरेको जसपाले वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई यस क्षेत्रको आफ्नो उम्मेदवार बनाएको छ । वनमन्त्री यादव यसअघि यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनि दोस्रो पटक निर्वाचित भएर इतिहास रच्ने प्रयासमा छन् । बहालवाला मन्त्रीसमेत रहेका यादवले पाँच वर्षसम्म निरन्तर जनताको बीचमा रहेर काम गरेका छन् । क्षेत्रमा आवश्यक पूर्वाधार विकास जस्तै सडक, नाला, पूल, विद्यालय, धर्मशाला लगायत निर्माणलाई प्राथमिकता दिएका यादवले सदनमा पनि समय-समयमा जिल्लाको समस्याका बारेमा आवाज उठाएका छन् । केही महिना अगाडि मात्रै वन मन्त्रालयको जिम्मेवारी पाएका उनले वीरगन्जमा प्राकृतिक चिडियाखाना (पर्सा प्राणी उद्यान) स्थापना गर्ने जस्तो ऐतिहासिक काम पनि अगाडि बढाएका छन् । मुलुकको मूख्य प्रवेशद्वारा शंकराचार्य द्वारमा देशकै ठूलो राष्ट्रिय झण्डा स्थापना गर्ने र वीरगन्जको घण्टाघरमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएहरुको स्मरणमा शहिद स्मारिका निर्माण गर्ने उनको काम राष्ट्रियस्तरमै उदाहरण दिने गरिएको छ । कोरोना महामारीका बेला पनि उनले अस्पताल व्यवस्थापनदेखि सङ्क्रमितहरुका लागि आवश्यक औषधीदेखि अक्सिजनको जोहोसम्म आफैले खटेर गरेका थिए । तेस्रो मधेस आन्दोलनबाट राजनीतिमा उदाएका यादवले गत निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिल रुङ्टालाई ५ हजार भन्दा पनि बढी मतको अन्तरले पराजित गरेका थिए । एमालेको साथ पाएका यादवले आगामी निर्वाचनमा जनताले आफूलाई पुन: निर्वाचित गराउने कुरामा विश्वत छन् । मनोनयन दर्ता गराउने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका थिए, “पाँच वर्षसम्म जनताको सेवामा निरन्तर खटेको छु, अब जनताले भोटका रुपमा मलाई ज्याला दिएर जिताउने छन् ।”यादव राजनीतिक धुरन्धर पनि हुन् । गत स्थानीय तहको निर्वाचनमा उनले खेलेको राजनीतिक खेलकै कारण मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जमा दोस्रो पटक जित हासिल गर्दै जसपा जिल्लाकै पहिलो पार्टी बनायो । स्थानीय तहको मतलाई आधार मान्ने हो भने पनि उनले गरेको दावी सार्थक हुने धेरै सम्भावना छन् ।

    लक्षमणलाल कर्ण (लोसपा) : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनको तर्फबाट पूर्वमन्त्री लक्ष्मणलाल कर्णलाई प्रतिस्पर्धामा उतारेको छ । अतिम समयमै पाँच दलीय गठबन्धनमा समावेश भएको लोसपाले यसअघि पर्सा-४ बाट निर्वाचित भएका कर्णलाई यसपटक पर्सा-१ बाट उम्मेदवार बनाएको हो । कर्ण पूर्व कानून व्यवसायी पनि हुन् । २०४८ मा पहिलो पटक चुनाव लडेका कर्ण त्यसबेलादेखिनै निर्वाचनमा भिड्दै आएका छन् । २०४८ सालमा उनले पर्सा १ बाट उम्मेदवारी दिएका थिए । २०४८, २०५१ र २०५६ मा उनी नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बने । २०७० को निर्वाचनमा उनी समानुपातिकतर्फ संविधानसभा सदस्य भए भने २०७४ मा पर्सा-४ बाट निर्वाचित भए । कर्णले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश रिजाललाई ठूलो मतको अन्तरले पराजित गरेका थिए । यद्दिप कर्णलाई त्यो बेला मधेश आन्दोलनको राँप र गठबन्धनले ठूलो सहयोग पुगेको थियो । जिते पनि निर्वाचित क्षेत्रमा पुगेर खासै काम नगरेको उनीमाथि आरोप लाग्दै आएको छ । संसदीय विकास कोषको रकमसमेत फ्रिज हुँदा क्षेत्रका जनता कर्णसँग रुष्ट नै रहन्छन् । कोरोना महामारीको समयमा पनि उनले आफ्नो क्षेत्रको जनताको राहतका लागि खासै कुनै काम गर्न सकेनन् । त्यसैले पनि पर्सा-१ मा उनलाई जनताले पत्याउने कुनै आधार छैन । गठबन्धनबाट पनि उनलाई सहयोग पाउने न्यून सम्भावना छ ।

    अजय द्विवेदी (स्वतन्त्र) : नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य अजय द्विवेदीले यस पटक स्वतन्त्रबाट पर्सा-१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँडमा टिकट खोसिए पछि असन्तुष्ट बनेका उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । विद्यार्थी जीवनदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय द्विवेदी २०६४ को संविधानसभा निर्वाचनमा पर्सा-२ बाट जितेका थिए । त्यसअघि उनि तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको उपमेयर समेत भइसकेका व्यक्ति हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि वीरगन्ज महानगरको मेयरका दावेदार रहेका द्विवेदी पूर्वमेयर विजयकुमार सरावगीसँग पराजित भएका थिए । उनि गत स्थानीय तहको चुनावमा पनि वीरगन्ज महानगरमा मेयरको दावेदार थिए । तर गठबन्धनका कारण वीरगन्जमा काङ्ग्रेसको कोटामा उपमेयर पर्यो र उनले निर्वाचन लड्न पाएनन् । यसपटक टिकट नपाउने सङ्केत पाएपछि द्विवेदीले एमालेबाट निर्वाचन लड्ने मनसाय पनि बनाएका थिए । तर, जसपा र एमालेको गठबन्धनका कारण उनको उनले स्वतन्त्रबाट उम्मेदवारी दिनु परेको हो । द्विवेदी एक ताका जिल्लामा काङ्ग्रेसका सबैभन्दा ठूलो नेता थिए । यद्दपी उनले लिएका केही राजनीतिक निर्णय र पार्टीको आन्तिरक कलहका कारण कारण पछिल्लो समय उनको कद घट्दै गएको छ । पछिल्लो पटक कुनै निर्वाचन नजितेका र जनताको बीचमा खासै समय नबिताउने प्रवृतिका कारण द्विवेदीलाई पर्सा-१ का जनताले पत्याउने कुनै खास आधार छैन । काङ्ग्रेसबाट छुट्टीएपछि उनिसँग रहेको पार्टीगत समर्थन पनि गुमेको छ । अर्कोतर्फ द्विवेदीले उम्मेदवारी फिर्ता लिने चर्चा पनि चलिरहेको छ । सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणला कर्णसँग बार्गेन गरेर उनले उम्मेदवारी फिर्ता लिने विषयमा छलफलसमेत भइरहेको स्रोतको दावी छ । द्विवेदीले यादव र कर्णलाई टक्कर दिएपनि स्वतन्त्र बनेका कारण उनले अपेक्षा गरे अनुसारको भोट पाउन कठिन हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

    यस्तो छ अघिल्लो चुनावमा दलहरुले पाएको मत अवस्था : गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा सबैभन्दा धेरै मत जसपाले पाएको थियो । यो निर्वाचन क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकाको १९ वटामा जसपाले १५ हजार ७०३ मत ल्याएको छ भने, नेकपा एमालेले १३ हजार २६३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली काङ्ग्रेसले १२ हजार २६३, नेकपा माओवादी केन्द्रले ३ हजार ७४६, नेकपा एसले १ हजार ६०३ र लोसपाले २ हजार ८६ मत मात्र प्राप्त गरेको छ । यो मतका आधारमा जसपा-एमालेको गत जोड्दा २८ हजार ९ सय ६९ मत हुन्छ भने सत्ता गठबन्धन कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र लोसपाले पाएको मत जोड्दा २० हजार ४ सय २८ हुन्छ । यस आधारमा जसपा-एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा ८ हजार ५४१ मत अगाडि देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑