वीरगंज । मुलायम सिंह यादवलाई भारतीय राजनीतिमा ‘पहलमान राजनीतिज्ञ’ भन्ने गरिन्थ्यो । उनी सन् १९९०, सन् १९९३, सन् २००२ मा गरी तीनपटक भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशको मुख्यमन्त्री भएका थिए । सोमबार ८३ वर्षको उमेरमा उनको निधन भएको छ। यादव सन् १९८० को दशकका उदीयमान तथा ‘ट्रेन्ड सेटर’ राजनीतिज्ञ थिए। उनले उत्तर प्रदेशको राजनीतिमा डा. राममनोहर लोहियाको अनुप्रेरणा र विचारधारामा आधारित समाजवादी आन्दोलन र पार्टीलाई बलियो बनाउन निर्णायक भूमिका गरेका थिए। मुलायम सिंह यादवले स्थापना गरेको समाजवादी पार्टीको नेतृत्व आज उनकै छोरा अखिलेश यादवले गरिरहेका छन्। समाजवादी पार्टी उत्तरप्रदेशको विधानसभामा प्रमुख प्रतिपक्षी दल हो । अलिखेश सन् २०१२–२०१७ यही पार्टीको तर्फबाट मुख्यमन्त्री रहे । मुलायम सिंह यादवले निर्वाचनमा निर्वाचनमा जित हासिल गर्ने अनौठो अभिलेख कायम गरेका थिए । उनीले १० पटक उत्तरप्रदेश विधानसभा सदस्य र ७ पटक लोकसभा सदस्यको चुनाव जितेका थिए । सन् १९६७ मा पहिलोपटक विधान सभा सदस्य निर्वाचित हुँदा उनी २८ वर्षका थिए। यादवले पिछडावर्ग र मुस्लिम समुदायलाई एक ठाउँमा ल्याए, जसलाई भारतीय राजनीतिमा ‘वाई–एम फर्मुला’ भनिन्छ । यसको सूत्रपात मुलायम सिंह यादवले गरेका थिए । यादव भारतीय समाजवादी आन्दोलनका महान चिन्तक तथा सम्मानित नेता डा. राममनोहर लोहियाले ‘ग्रुमिङ’ गरेका युवा नेता थिए । सोही वर्ष यादवका राजनीतिक ‘मेन्टर’ लोहियाको निधन भएको थियो। त्यसपछि उनी ‘जेपी आन्दोलन’सँग जोडिएका थिए । इन्दिरा गान्धीले लगाएको आपतकालको समयमा यादवलाई पक्राउ गरिएको थियो।उनी १९ महिना जेल बसेका थिए । यादवले ‘जनता पार्टी परिवार’ का विभिन्न समूहमा काम गर्दै अघि बढे । सन् १९९२ मा भने उनले आफ्नै नेतृत्वमा ‘समाजवादी पार्टी’ बनाए । त्यसअघि, उनी चन्द्र शेखर नेतृत्वको जनता दल ( समाजवादी) मा थिए । यादवले राजनीति शुरु गर्दा उत्तर प्रदेशमा ‘उच्च जात’ र कांग्रेस पार्टीको बलियो प्रभाव थियो । त्यसका विरुद्ध पिछडावर्ग र दलित आन्दोलन बलियो हुँदै गइरहेको थियो । यादवले पिछडावर्ग र मुस्लिम समुदायलाई एक ठाउँमा ल्याए, जसलाई भारतीय राजनीतिमा ‘वाई–एम फर्मुला’ भनिन्छ । यसको सूत्रपात मुलायम सिंह यादवले गरेका थिए ।
अर्कोतिर काशीरामले दलित आन्दोलनलाई राजनीतीकरण गर्दै ‘बहुजन समाजवादी पार्टी’ बनाए । समाजवादी पार्टी गठन गरेको एक वर्षभित्रै यादवले सपा– बसपाको गठजोडबाट बलियो राजनीतिक शक्तिको निर्माण गर्दै दोस्रोपटक मुख्यमन्त्री भएका थिए। सन् १९९६ मा उनी उत्तरप्रदेशको मैनपुरी निर्वाचन क्षेत्रबाट पहिलोपटक लोकसभा सदस्य निर्वाचित भएका थिए । एच.डी. देवेगौंडा सरकारमा रक्षामन्त्रीको रूपमा केन्द्रीय राजनीतिमा उनको जोडदार प्रवेश भएको थियो यादवलाई ‘पहलमान राजनीतिज्ञ’ का अतिरिक्त ‘धरती पूत्र’, ‘नेताजी’ ‘एक्लो लोहियावादी’, समाजवादी ‘आन्दोलनको चिराग’ जस्ता अनेक उपनाम दिने गरिएको थियो। उनलाई ‘पहलमान राजनीतिज्ञ’ भनिनुका तीनवटा कारण थिए, जुन उनका लागि निकै सुहाउँदो उपनाम थियो । उनी घर छोडेर महिनौं साइकल यात्रा गर्थे । गाउँ-गाउँमा गएर स्थानीय समस्यालाई राजनीतिक मुद्दा बनाउँथे । जब पार्टी गठन गरे, उनले चुनाव चिह्न पनि साइकल नै रोजे । साइकल यात्रा गर्दा उनी गाउँमा खुल्ला चौतारोहरूमा सुतेर रात बिताउने गर्थे । पहिलो त ग्रामीण यादव परिवारबाट राजनीतिमा आएका थिए, गाउँमा उनको खानदानी परिचय पहलमानी खेलसँग जोडिएको थियो । दोस्रो– उनी पहलमानजस्तौ बलिष्ठ शरिरका थिए । उनी सन् १९६७ पछि जतिपटक चुनाव लडे, सबै जिते । नहार्ने अर्थमा उनलाई ‘पहलमान राजनीतिज्ञ’ भनिन्थ्यो । यादवलाई कांग्रेस र भाजपा धारमा राजनीतिक नेता, कार्यकर्ताले समेत उत्तिकै सम्मान गर्थे ।
यादवको प्रारम्भिक राजनीतिक–संघर्ष असाध्यै कष्टकर थियो । उनी घर छोडेर महिनौं साइकल यात्रा गर्थे । गाउँ-गाउँमा गएर स्थानीय समस्यालाई राजनीतिक मुद्दा बनाउँथे । जब पार्टी गठन गरे, उनले चुनाव चिह्न पनि साइकल नै रोजे । साइकल यात्रा गर्दा उनी गाउँमा खुल्ला चौतारोहरूमा सुतेर रात बिताउने गर्थे । सन् १९९० पछि भने यादवको परिवार भारतको एक शक्तिशाली राजनीतिक परिवारमा परिणत भयो । उनका भाई, छोरा र बुहारीको हालीमुहाली उनको पार्टीमा बढ्दै गयो । भाइ शिवपाल यादव, छोरा अखिलेश यादव , बुहारी डिम्पल यादव र भतिजा रामगोपाल यादवको पार्टीमा पहुँच बढ्दै गयो । त्यसपछिका दिनमा यादवकमाथि परिवारवादको आरोप लाग्न थाल्यो । तथापि उनी उत्तरप्रदेशको राजनीतिमा एक शक्तिशाली राजनीतिज्ञमा रूपमा स्थापित रहे । सन् २०१७ पछि यादव परिवारभित्रको झगडा बढ्दै गयो । विशेषतः भाई शिवपाल यादव र छोरो अलिखेश यादव बीचको शक्ति संघर्षले पार्टी कमजोर हुँदै गयो । तथापि समाजवादी पार्टी उत्तर प्रदेशमा अहिले पनि दोस्रो ठूलो दल हो । मुलायम सिंह भाइ छोरो बीचको झगडामा प्रारम्भमा भाई शिवपाल सिंह यादवको पक्षमा थिए । उनले आफ्नै छोरो अखिलेश यादवलाई पार्टीबाट कारबाही गरेर निकालेका थिए । तर, पार्टीभित्र युवा कार्यकर्ताको दबाबपछि समाजवादी पार्टी मुलायम सिंह र भाइ शिवपाल सिंहको शक्ति कमजोर हुँदै गयो । त्यसको शक्ति छोरा अखिलेश यादवले हत्याए । मुलायम सिंहलाई उत्तरी भारतको राजनीतिमा ‘समाजिक न्याय’ को मुख्य अभियन्ता मानिन्छ । उनले ग्रामिण गरिब र विपन्न परिवारका लागि विभिन्न प्रकारका सामाजिक सुरक्षा कार्य सुरुवात गरेका थिए । उनले बनाएको नारा–‘रोटी कपडा सस्ता हो, पढाइ दबाइ मुफ्त हो’ निक्कै लोकप्रिय मानिन्छ। सन् २०१९ को चुनावमा उनी अन्तिमपटक मैनपुरी निर्वाचन क्षेत्रबाटै लोकसभा सदस्य निर्वाचित भएका थिए।
जीवनको उत्तरार्द्धमा उनी साधना गुप्ता नामकी एक विधवा महिला कार्यकर्तासँगको व्यक्तिगत सम्बन्धमा बसेका थिए। जसका कारण उनी विवादमा तानिए। तर, त्यसले उनको राजनीतिक जीवनलाई हानी गरेन् । गएको जुलाई महिनामा साधनाको निधन भएको थियो । मुलायम सिंहले चम्बल घाँटीकी कुख्यात डाकुरानी फुलनदेवीलाई पार्टीमा भित्र्याएर लोकसभाको टिकट दिएका थिए । फुलनदेवीले मिर्जापुर क्षेत्रबाट दुईपटक लोकसभा निर्वाचन जितेकी थिइन्। सन् २००१ मा लोकसभा सदस्य भएकै समयमा दिल्लीमा फुलनदेवीको हत्या भएको थियो । फुलनदेवीलाई पार्टीमा भित्र्याएर टिकट दिएवापत मुलायम सिंहको ठूलो विरोध र आलोचना भएको थियो । उच्चजात र ठाकुर समुदाय यादवसँग आक्रोशित भएको थियो । तर, यादवले त्यसको कुनै पर्वाह गरेनन् । जस्तै जटिल राजनीतिक अवस्थामा पनि यादव भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीजस्ता ठूला दल तिर आकर्षित भएनन् । उनले ‘तेस्रो धार’ को राजनीतिमै आफ्नो सम्पूर्ण जीवन समर्पित गरे । उनी भन्ने गर्थे– ‘म डा. लोहियाको उत्तराधिकार हुँ । म उनको विचारधारा मर्न दिन सक्दिनँ । अन्तिम सास रहुन्जेलसम्म लोहियाकै विचारधाराका लागि काम गर्न चाहन्छु। मैले आत्मसमर्पण गरे भने भारतीय राजनीतिमा डा. भीमराज अम्बेडकर र डा. राममनोहर लोहियाको विचार मर्न सक्दछ। म लोहियाको सिपाही हुँ।’मुलायम सिंहका एक मात्र सन्तान छोरो अखिलेश यादव हुन् । जीवनको उत्तरार्द्धमा उनी साधना गुप्ता नामकी एक विधवा महिला कार्यकर्तासँगको व्यक्तिगत सम्बन्धमा बसेका थिए। जसका कारण उनी विवादमा तानिए। तर, त्यसले उनको राजनीतिक जीवनलाई हानी गरेन् । गएको जुलाई महिनामा साधनाको निधन भएको थियो ।