• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषा : प्रतिनिधि सभामा ६ र प्रदेश सभामा १० मात्र महिला उम्मेदवार

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १६:१४
  • १८४९

    वीरगंज । नेपालको संविधानमा हरेक निर्वाचनमा राजनीतिक पार्टीहरुले ३३ प्रतिशत सिटमा नघटाई महिला सिट सुरक्षित गर्नु पर्ने पनि व्यवस्था छ । स्थानीय तहमा भने कम्तीमा पनि ५० प्रतिशत महिला सिट सुरक्षित गर्नुपर्ने व्यवस्था तोकिएको छ । संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । तर, निर्वाचनमा भने त्यसो हुन सकिरहेको देखिदैन । संविधान, ऐन र कानुनले व्याख्या गरेको राजनीतिमा पनि महिलाका अधिकार कसरी र कहिले खोसिन्छ भन्ने कुरा अत्तोपत्तो नै हुँदो रहेनछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको खडेरी देखिएको छ । प्रतिनिधि सभातर्फ धनुषाको चारवटै निर्वाचन क्षेत्रमा १०३ जनाले उम्मेदवारी दर्ता गराएकोमा धनुषा–३ बाहेक अन्य क्षेत्रमा एकजना पनि महिला उम्मेदवार छैनन् । धनुषा–३ मा मात्र ६ जना महिला उम्मेदवारहरुले उम्मेदवारी दिएकी छन् । जसमध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी नै दिएकी हुन् । त्यस्तै, प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ १३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको संख्या १० मात्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जनाले उम्मेदवारी दिएका छन् । जसमा १७ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ । त्यस्तै, प्रदेश सभातर्फ धनुषा–१ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने महिला उम्मेदवार एकजना पनि छैनन् । धनुषा–१ को (ख) मा पनि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये स्वतन्त्र ९ जना रहेका छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।

    प्रतिनिधि सभातर्फ धनुषा–२ मा १६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये आधा अर्थात ८ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने महिलाको संख्या शून्य रहेको छ । प्रदेश सभातर्फ धनुषा–२ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने एक जना पनि महिला उम्मेदवार छैनन् भने २ को (ख)मा पनि १७ जनाले उम्मेदवारी दर्ता गराउँदा ८ जना स्वतन्त्र र महिला उम्मेदवारको संख्या शून्य रहेको छ । यता, सबैभन्दा महत्वका साथ देखिने धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभातर्फ कूल ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा महिला उम्मेदवारको संख्या ६ रहेको छ भने २१ जना स्वतन्त्र उम्मेदवारहरु छन् । यस क्षेत्रमा महिलातर्फ नेकपा एमाले र जसपाबिचको गठबन्धनबाट एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउँदा नेपाल जनता पार्टीबाट पूनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको तर्फबाट प्रविणा कुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । त्यस्तै, ज्योति कुमारी साह, पूजा साह र मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । प्रदेश सभातर्फ धनुषा–३ को (क)मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । २० मध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । जसमध्ये पूनम देवी दास तत्माले मात्र स्वतन्त्रतर्फ आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । धनुषा–३ को (ख) मा प्रदेश सभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा ११ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने यस क्षेत्रबाट ५ जना महिलाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

    प्रदेश सभा सदस्यका लागि यहाँ स्वतन्त्र महिला उम्मेदवारहरु किरण देवी साह, पवन देवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सिता कुमारीबिच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै, प्रतिनिधि सभातर्फ धनुषा–४ मा ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा २० जना स्वतन्त्र उम्मेदवार छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ । प्रदेश सभातर्फ धनुषा–४ को (क)मा १९ जनाले उम्मेदारी दिएका छन् । जसमध्ये नेपाल लोकतान्त्रिक पार्टीबाट आशा देवी साह, जनमत पार्टीबाट मिथलेश देवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिरा कुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छन् । यस क्षेत्रमा ८ जना स्वतन्त्र उम्मेदवारहरु छन् । उता, धनुषा–४ को (ख)मा १३ जना उम्मेदवारहरु प्रदेश सभा सदस्यका लागि प्रतिष्पर्धामा देखिएका छन् । जसमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने जनता प्रगतिशिल पार्टी नेपालको तर्फबाट एकमात्र महिला उम्मेदवार शोभा कार्कीको उम्मेदवारी परेको छ । धनुषामा प्रतिनिधि सभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने ६ जना महिलाले मात्र उम्मेदवारी दिएकी छन् । त्यस्तै, प्रदेश सभाका लागि १३८ जनाले उम्मेदवारी दिँदा महिलाको संख्या १० र स्वतन्त्र उम्मेदवारको संख्या ७७ रहेको छ । आगामी निर्वाचनका लागि धनुषामा ४ लाख ९ हजार ९८५ मतदाता कायम भएका छन् । जसमध्ये महिला १ लाख ९३ हजार १०४ र पुरुष २ लाख १६ हजार ८७५ जना रहेका छन् भने अन्य ६ जना छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑