जनकपुर । सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।