• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनावी दशैंमा बैंकिङ च्यानलबाट बाहिरियो ५७ अर्ब, थपिएको निक्षेप जम्मा ४ अर्ब मात्र

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १३:२९
  • १४८५

    वीरगंज । आगामी ४ मंसिरका लागि आइतवार मनोनयन दर्ता भएसँगै अर्थतन्त्र चलायमान हुने अनुमान गरिएको छ । भर्खर सकिएको दशैंले बजारमा ५७ अर्ब रुपैयाँ प्रवाह भएको छ । दशैं सकिएसँगै अर्थतन्त्र चलायमान गराउने माध्यम बनेर चुनावी माहोल तातिसकेको छ । दशैं र तिहार सकिएसँगै चुनावी रौनक बढेकाले अर्थतन्त्रमा औपचारिक प्रणालीबाट मात्रै थप साढे २१ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने भएको छ । नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल २६ भदौदेखि २३ असोजसम्मको दशैँ अवधिभरको समयमा मात्रै बैंकिङ प्रणालीमार्फत बजारमा पटक–पटक गरेर ५७ अर्ब रुपैयाँभन्दा बढी पठाइसकिएको बताउँछन् । उनले भने, ‘केन्द्रीय बैंकले नयाँ नोटको सटही शुरू गरेदेखिको दशैंभरीमा ५६ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । दशैं सकिएपछिको पहिलो दिन कार्यालय शुरू हुँदा आइतवार थप १ अर्ब रुपैयाँ बजारमा गएको छ ।’ आइतवारसम्म दशैं नै रहेकाले उक्त दिन बजारमा गएको पैसालाई समेत दशैं अवधिभरको खर्च मान्न सकिने नेपालले बताए । यो अवधिमा साना दरका ५ देखि १०० सम्मका नोट १६ अर्ब रुपैयाँ र ठूला दरका ५ सय १ हजार दरका ४१ अर्ब रुपैयाँ बजारमा परिचालन भएको नेपालले बताए । यो रकम अघिल्लो वर्षको दशैं भन्दा ५ अर्बले बढी रहेको उनले जानकारी दिए । चाडबाडले उसै पनि अर्थतन्त्र चलायमान हुने गरेको छ । यसपटक भने नेपालीहरूको महान चाड दशैं तिहार र छट सकिएलगत्तै चुनाव हुने भएको छ । चुनावलाई दशैंजस्तै अर्थतन्त्र चलायमान बनाउने चाडकै रूपमा अर्थतन्त्रले हेर्ने गरेको छ । चुनावले पनि ठूला चाडजस्तै अर्थतन्त्र चलायमान गराउँछ । चाडबाडमा खानपानदेखि किनमेलसम्म हुन्छ । चाडले सामान्य व्यक्तिदेखि हुने खाने उच्च वर्गसम्मको खर्च बढाउँछ । चुनावले भने नेता, कार्यकर्ता र राज्यले गर्ने खर्च मात्रै हुन्छ । चुनावले खासगरी प्रचारात्मक गतिविधिसहित खानपान र भोजभतेरमा बढी खर्च गराउँछ । त्यसैले चाडबाडको बेला चलायमान हुने जत्ति नै चुनावको बेला पनि अर्थतन्त्र चलायमान हुने गरेको अर्थशास्त्रीहरू बताउँछन् ।

    यो वर्ष प्रतिनिधि सभाको चुनावका लागि सरकारले १० अर्ब, पार्टीका उम्मेदवारहरूबाट तोकिएको सीमाभित्रकै खर्च करीब साढे ११ अर्ब र अरु अनौपचारिक प्रणालीबाट हुने सहितको खर्च गरेर करीब ३० अर्बभन्दा बढी पुग्ने अनुमान केन्द्रीय बैंकको छ । औपचारिक खर्चको हिसाब आउने र अनौपचारिकको आउँदैन । चुनावमा उम्मेदवारले पनि तोकिएको सीमाभन्दा बढी खर्च देखाउन नपाउने हुँदा व्यवहारमा धेरै खर्च भएपनि औपचारिक रूपमा हुने जानकारी र प्रणालीमा भने कम मात्रै देखिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको भनाइ छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि प्रतिउम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको छ । यस्तो सीमा प्रदेशसभा निर्वाचनका लागि भने प्रति उम्मेदवार १५ देखि २३ लाख रुपैयाँसम्मको मात्रै छ । अगामी चुनावमा प्रतिनिधिसभामा २५ सय र प्रदेशसभा निर्वाचनको लागि २८ सय उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका यी उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा साढे ११ अर्ब रुपैयाँ हुन आउँछ । यस्तो खर्च स्थानीय तहको चुनावको तुलनामा १५ अर्ब रुपैयाँसम्मले बढी हुने अनुमान गरिएको छ । यसअघि स्थानीय तहको चुनावमा मात्रै बैंकिङ प्रणालीबाटै भएको खर्च १६ अर्ब रुपैयाँ पुगेको थियो । नेपालको अर्थतन्त्र नै ४० प्रतिशत अनौपचारिक प्रणालीमा आधारित रहेको छ । सबै पैसा बैंकिङ प्रणालीबाट नजाने भएकाले औपचारिक प्रणालीबाट ६० प्रतिशत हुँदा अनौपचारिकबाट बाँकी ४० प्रतिशससम्म गरेको छ । यही आधारमा पनि चुनावमा समेत ६० प्रतिशत औपचारिक माध्यमबाट खर्च हुँदा ४० प्रतिशतभन्दा बढी अनौपचारिक रूपमा खर्च हुने अनुमान गरिएको छ । यसअघि २०७४ को प्रतिनिधिसभा चुनावमा पनि करीब २५ अर्ब रुपैयाँ खर्च भएको राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ । बजारबाट माग आएपछि बैंकहरूबाट हुने कारोवारलाई नै खर्च मान्ने गरिएको छ । राष्ट्र बैंकसँग १ खर्ब ५० अर्ब सञ्चित रहेकाले बजारबाट आएको मागलाई बैंकमार्फत मागअनुसार पूर्ति गर्न समस्या नभएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

    दशैंभरीमा बैंकमा थपियो ४ अर्ब

    यो वर्षको दशैंमा बजारमा गएको रकमको तुलनामा बैंकमा थपिएको निक्षेपको हिस्सा भने निकै थोरै छ । बजारमा बैंकहरूमार्फत ५७ अर्ब गएपनि औपचारिक रूपमा निक्षेप भने जम्मा ४ अर्ब रुपैयाँ मात्रै थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दशैंको बिदा शुरु हुनु अघिल्लो दिन १४ असोजमा बैंकिङ प्रणालीमा ५१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तो निक्षेप दशैं अवधिभरको ९ दिनमा ४ अर्ब रुपैयाँले बढेर ५१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप भने जम्मा १ अर्ब रुपैयाँले मात्रै थपिएको छ । वाणिज्य बैंकहरूमा १४ असोजमा ४५ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस्तो निक्षेप दशैंभरीमा १ अर्बले बढेर २३ असोजमा ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
  • अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?
  • नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
  • पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    News

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    News

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    News

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    News

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑