• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीको एकै क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार ११:१३
  • १८४९

    सर्लाही । सर्लाहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकै दुई दलका नेताले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।गठबन्धनभित्रकै नेपाल समाजवादी पार्टीका नेता तथा यस क्षेत्रका निर्वाचित निवर्तमान संसद महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले एकै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका दुई दलका नेताले उम्मेदवारी दर्ता गराएपछि कार्यकर्ता अलमलमा छन् । सदरमुकाम मलंगवासहित जिल्लाको दक्षिणी-पूर्वी क्षेत्र समेटिएको क्षेत्र नम्बर २ मा दुवै नेताले आ-आनो पकड रहेको दाबी गरेका छन् । यादवले गठबन्धनको निर्णय सवै दलले मान्नुपर्ने बताउँदै आधिकारिक रूपमा आफू मात्र उम्मेदवार भएको दावी गरे । उनले गठबन्धनभित्रका नेताले एकको विरुद्धमा उम्मेदवारी दिँदा त्यसको असर अन्य क्षेत्रमा पनि पर्ने भएकाले यो समस्या मिलाउनुपर्ने धारण राखे । ‘गठबन्धनको निर्णयअनुसार आधिकारिक उम्मेदवार म मात्र हो,’ यादवले भने, ‘गठबन्धनबाट अन्य कोही उम्मेदवार हैन, अन्य कसैले दिएको उम्मेदवारी फिर्ता हुनुपर्छ, नभए त्यसको असर अन्य क्षेत्रमा पनि पर्न सक्छ ।’ लोसपाका नेता महतोले क्षेत्र नं. २ मा मित्रवत् प्रतिस्पर्धा हुने बताए । आनो क्षेत्रको जनताको मन जितेर निर्वाचनमा होमिएको उनको भनाइ छ । महतोले अधिकार र पहिचानको लडाइँका साथसाथै विकास निर्माणमा पछाडि परेको क्षेत्रको जनताको उत्थानका लागि पुन: यस क्षेत्रबाट उम्मेदवारी दिएको तर्क गरे ।

    ‘अधिकार र पहिचानका साथ साथै विकास निर्माणमा पनि यो क्षेत्र निकै पछाडि छ, यस क्षेत्रका जनताका चाहनाअनुसार मैले उम्मेदवारी दिएको हुँ,’ महतोले भने, ‘गठबन्धनकै दुई जना उम्मेदवार भए पनि हाम्रो मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’०७० सालको निर्वाचनमा पनि यी दुवै नेता सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । तर त्यसबेला यादव महतोलाई पराजित गर्दै निर्वाचित भएका थिए । ०७४ को चुनावमा भने महतोले धनुषाबाट चुनाव लडे । क्षेत्र नं. २ को प्रदेशसभामा गठबन्धनतर्फबाट सुनिल साह र कौशल किशोर यादवले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं. २ को प्रदेश ‘२’ मा समन्वय समितिका निवर्तमान सभापति मेथुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश ‘१’ मा नेपाली कांग्रेसका नेता जंगीलाल रायले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले पनि आफू गठबन्धनकै उम्मेदवार रहेको दाबी गरेका छन् । यस्तै क्षेत्र नम्बर ४ मा यसअघि कांग्रेसबाट निर्वाचित भएका निवर्तमान सांसद अमरेश कुमार सिंहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले सर्लाही-४ बाट पूर्वसभापति नागेन्द्रकुमार रायलाई टिकट दिएपछि सिंहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    १ सय ८१ जनाको उम्मेदवारी

    राजविराज- चारवटा प्रतिनिधिसभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी र गठबन्धनका बाबजुद केहीले बागी उम्मेदवारीसमेत दर्ता गराएका छन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज अशोककुमार मण्डलले सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा, जसपाका नेता चन्द्रनारायण यादवले क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभामा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएका छन् । यस्तै जसपाका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादव क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा बागी उम्मेदवार बनेका छन् । उक्त क्षेत्रबाट जसपाले पूर्वमन्त्री रेणु यादवका छोरा अभिषेकलाई उम्मेदवार बनाएपछि अनिरुद्र स्वतन्त्र उम्मेदवार भएका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार भएका छन् । उनका भाइ जयकान्त राउत पनि सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
  • अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?
  • नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
  • पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    News

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    News

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    News

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    News

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑