वीरगंज । वालिङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ८ बोगटीडाँडाका ४२ वर्षीय तीलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो ।
सर्पले डसेपछि अस्पताल ल्याएका उनलाई रिफर गरिएको र थप उपचारका लागि लैजाने तयारी हुँदै गर्दा बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।
सर्प करेत प्रजातिसँग मिल्दोजुल्दो रहेको र खाँणका हातका २ ठाउँमा डसेको बताइएको छ।