वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली केन्द्रिय सदस्य रमेश रिजालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । रिजाल सत्ताधारी ५ दलिय गठबन्धनको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् ।
सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले र जसपाको गठबन्धनबाट जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँले उम्मेदवारी दिएका छन् । दुवै नेता दलबलका साथ उम्मेदवारी दर्ता गराउँन क्षेत्र नं. ४ निर्वाचन अधिकृतको कार्यालय लगंडीमा पगेको थियो ।
उम्मेदवारी दर्तापछि दुबै नेताले आफ्नो जित पक्का रहेको दावी गरे ।मनोनयन दर्तापछि संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता रिजालले आफ्नो प्रमुख एजेण्डा भनेको गरिबी निमूल पार्ने रहेको बताए । त्यसैगरी नेता मियाँले आफु युवा उम्मेदवार रहेको दावी गरे ।