वीरगंज । नेकपा एमालेले टिकट नदिएपछि नेकपा एकीकृत समाजवादी बाट प्रहलाद गिरीले उम्मेदवारी दिएका छन् । बर्तमान प्रदेशसभा सदस्य समेत रहेका गिरीले पर्सा निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
टिकटको ग्यारन्टी गरी पार्टी प्रवेश गरेपछि नेकपा एमाले टिकट नदिएपछि उनी नेकपा एसबाट उम्मेदवारी दिएका छन् । मनोनयन दर्ताको एक दिन पहिला मात्र आएर एमालेले जसपासंग गठबन्धन गरेपछि गिरीले दाबी गरेको क्षेत्र जसपाको भागमा परेको थियो ।
जसपाले डा। मधु गुप्तालाई उम्मेदवार बनाएको छ । गिरीले सतारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको नेकपा एस पर्साले जनाएको छ ।