वीरगंज । पर्साको बीरगन्जबाट प्रहरीले २८ लाख ५६ हजार स्रोत नखुलेको भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–७ घर भएका ४५ वर्षीया अनिता तामाङसहित ३ जना छन् ।
आरोपीहरुलाई शनिवार साँझ बीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरिएको पर्साका एसपी रमेश बस्नेतले बताए ।
एसपी बस्नेतले भने–‘आरोपीहरुलाई नगदसहित थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बारामा पठाउँछौं ।’