जनकपुृरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत फेरि प्रदेशसभामै चुनाव लड्ने भएका छन् । जसपाले उनलाई पर्सा १ (ख) मा फेरि टिकट दएको छ ।
२०७४ सालको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्री बनेका थिए । त्यो निर्वाचनमा मुख्यमन्त्री राउत ९ हजार ८ सय ४ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका थिए।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८ सय २९ मत मात्रै ल्याएका थिए।