वीरगंज । मधेस प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
शनिवार मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।
इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मन्त्रिस्तरको निर्णयबाट प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले जानकारी दिएका हुन् ।